Friday, August 21, 2015

घैँटेको पक्ष लिने कांग्रेस सभासद्लाई गृहमन्त्रीको जवाफ


काठमाडौं, ४ भदौं । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’को पक्षमा बोल्दै आएका केही नेता तथा सभासद्लाई उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जवाफ दिएका छन् ।
गृहमन्त्री गौतमले व्यवस्थापिक संसदको आजको बैठकमा घैंटेको पक्ष लिने सत्तारुढ नेपाली कांग्रेसका सभासद्लाई संसदबाटै जवाफ दिएका हुन् ।

जवाफ दिँदै गृहमन्त्री गौतमले फरार अभियुक्त खोज्ने क्रममा सादा पोसाकमा रहेका प्रहरीले गुण्डानाइके कुमार श्रेष्ठ ‘घैँटे’ लाई सामाखुसीमा भेट्टाएपछि श्रेष्ठको समूहबाट प्रहरीमाथि आक्रमण भएको र आत्मरक्षाका लागि गोली चलाउँदै उनी घाइते भएको जानकारी दिए। घैंटेको विहीबार उपचारका क्रममा मृत्यु भएको थियो । उनले भने-‘प्रहरीले घरभित्रै छिरेर मारको भन्ने आरोप गलत हो, घैंटे प्रहरी इन्काउन्टरमै मारिएको हो ।’ घैंटे मारिएपछि यसअघि कांग्रेसका केही सभासद्हरुले प्रहरीले सुनियोजित तरिकाले घरभित्रै छिरेर घैंटेको हत्या गरेको आरोप लगाएका थिए । दोहोरो झडपमा घाइते भएका प्रहरी र श्रेष्ठका सहयोगीको उपचार भइरहेको तथा घटनामा फरार भएको केहीको खोजी भइरहेको पनि बताए ।

0 comments:

Post a Comment