Monday, August 31, 2015

मोटरसाइकल दुर्घटनामा मृत्यु



विराटनग-सिरहामा आज अपराह्न दुई मोटरसाइकल ठोकिँदा एकको मृत्यु भएको भने अन्य तीनजना घाइते भएका छन्।

स२प ५२५१ नंको मोटरसाइकल चालक सुखीपुर–६ बस्ने ३० वर्षीय रामदयाल यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

सोही मोटरसाइकलमा सवार मृतकका भाइ २४ वर्षीय रुदल र ना१६प १६३४ नंको मोटरसाइकलमा सवार सोठियाइन–९ जगतपुर बस्ने ३५ वर्षीय सत्यनारायण चौधरी र उनकी श्रीमती प्रवीणदेवी गम्भीर घाइते भएका छन् । तीनै जनाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यादवको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ५२५१ नंको मोटरसाइकल लहानको पडरिया चौकमा ठक्कर खाएपछि उक्त घटना भएको थियो । रासस
तस्बिर-फाइल

0 comments:

Post a Comment