Sunday, August 30, 2015

हङकङमा नेपाली बक्सरले फहराए झण्डा


काठमाडौं, भदौ १४ । नेपालमा साफ यु–१९ च्याम्पियनसिपको खेल भइरहँदा उता हङकङमा नेपाली बक्सर सुरेश गुरुङ (गोर्खाली वारियर) ले बिजयी झण्डा फहराइ सकेका थिए ।
डीएफओ बक्सिङ क्लबले आयोजना गरेको च्याम्पियनसिप– २ प्रोफेसनल बक्सिंगमा सुरेशले विजय हासिल गरेका हुन । सुरेशले खेलमा चाइनिज बक्सर प्रतिस्पर्धीमाथि विजय हासिल गरेका हुन ।
पुर्खौली घर गोरखा भई पोखरामा जन्मेका सुरेस हङकङमा हुर्केका हुन । एक दशक देखि बक्सिङ खेलमा लागेका गुरुङले ब्यबसायी तर्फ ४ खेलमा ३ विजय हात पारिसकेको बताए ।
एमेचरमा भने २५ खेलमा २३ विजय हात पारेका छन । गुराँस एसोसिएसनको बिशेष सहयोगमा प्रायोजित उक्त बक्सिङ खेल तिन हजार दर्शकले अवलोकन गरेका थिए । सम्पूर्ण टिकट निर्धारित मिति भन्दा एक हप्ता अघि नै विक्री भैसकेको थियो ।
खेल हङकङको वानचाई स्थित कन्भेन्सन हलमा भएको हो । हङकङको वानचाई स्थित कन्भेन्सन हलमा भएको खेलमा ३ हजार दर्शकले उक्त खेल अवलोकन गरेका थिए  । हङकङमा गुरुङ पुलिस क्लबसंग आबद्ध भएर खेल्छन ।

0 comments:

Post a Comment