Monday, August 31, 2015

‘सरकारको विबेक नपुग्नुको उपज टीकापुर घटना’


काठमाडौं, भदौ १४ । नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले टीकापुरमा सरकारको विवेक नपुग्दा दुःखद घटना भएको बताएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले अखण्ड सुदूरपश्चिम आन्दोलनकारीलाई संरक्षण र थारुको वर्चस्व रहेको टीकापुरमा मात्र लगाइएको निषेधाज्ञाका कारण सो घटना भएको विचार व्यक्त गरे ।

“कैलाली आन्दोलनमा जसरी सरकार र विभिन्न राजनीतिक दलहरुले घुसपैठ भएको भन्दै विभिन्न खालका आरोप लगाएका छन् त्यो सरासर गलत हो”–गुरुङले भने । “थारु आन्दोलनलाई हाम्रो पार्टीको पूर्ण समर्थन छ, सरकार र स्थानीय प्रशासनको कमजोरीकै कारण टीकापुरमा दुःखद् घटना भएको हो ।”


0 comments:

Post a Comment