Sunday, August 30, 2015

भारतीय संचारमाध्यममा ‘चंखे शंखे पंखे’ को चर्चा



काठमाडौं, भदौं १४ । आगामी असोज ८ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चंखे शंखे पंखे’ ले भारतीय संचारमाध्यमहरुमा पनि प्रचार थालेको छ ।
चलचित्रले नेपाली मिडियामा मात्र नभई दर्जनौं भारतीय अनलाइन सञ्चारमाध्यममा समेत बिज्ञापन मार्फत ब्यापक प्रचार प्रसार गरेको छ ।
भारतका ‘न्यूज पोर्टल’हरुमा नेपाली चलचित्र चंखे शंखे पंखे’को विज्ञापन देखिएको छ । भारतीय न्यूज साइट ‘दैनिक भास्कर’को सबैभन्दा माथि चलचित्रको विज्ञापन देखिएको छ ।
विज्ञापनमा क्लिक गर्नेहरु चंखे शंखे पंखेको विभिन्न प्रचारात्मक प्रतियोगिताको पेजमा समेत पुग्नेछन ।  नेपालबाट क्लिक हुने अर्को भारतीय अनलाइन ‘अमर उज्याला’मा पनि चंखे शंखे पंखेको बिज्ञापन देख्न पाइन्छ ।
यो साईटको पेजमा ३ ठाउँमा चंखे शंखे पंखेको विज्ञापन गरेको छ । प्रचारलाई नेपालमा पनि व्यापक बनाई रहेको चलचित्र निर्माण टोलीले भारतीय अनलाईन हेर्ने नेपालीलाई केन्द्रित गरेर यस्तो गरेको चलचित्रका निर्माता सन्तोष सेन ठकुरीले बताए ।
अन्तराष्ट्रिय बजारमा पनि नेपाली चलचित्रप्रति आकर्षण बढाउन र चलचित्रहरुलाई अन्तराष्ट्रिय बजारसम्म पकड जमाउनका लागि यसरी प्रचारप्रसार गरिएको सेनको भनाइ छ ।
आसुसेन फिल्मको ब्यानरमा निर्माण भएको चंखे टिम यतिबेला अर्को चलचित्र ‘प्रेमगीत’को सुटिङमा समेत ब्यस्त छ । तर आफ्नो चलचित्रको रिलिज डेट नजिकिदैं जाँदा निर्माता सेन फिल्म ‘प्रेम गीत’ को छायाँकन छोडेर राजधानी फर्किएका छन् ।
अपर मुस्ताङ जाँदै गरेको फिल्म युनिटलाई छोडेर सन्तोष फिल्म ‘चंखे शंखे पंखे’ प्रचारकै लागि उनी राजधानी आएका हुन् । सबैभन्दा मँहगो बजेटमा निर्माण गरिएको यस चलचित्र असोज ८ देखि प्रदर्शनमा आउँदैछ ।
पहिलो फिल्म भएका कारण पनि सन्तोष प्रचार प्रसारको लागि सचेत देखिएका छन ।  देशप्रेमको भावना लाई उठान गरेको फिल्ममा निर्देशक सुदर्शन थापा सहित सुवास थापा, प्रेम पुरी र पूजा शर्माको मुख्य भूमिका रहेका छन् ।
नेपाली चलचित्र बजारमा फरक किसिमका चलचित्र दिएर स्थापित हुन्छु भन्ने सोचका साथ अघि बढेका सेनको यो अन्तराष्ट्रिय सञ्चारमाध्यममा समेत प्रचार गर्नुले कत्तिको फाइदा पुग्छ त्यसका लागि भने असोज ८ कुर्नुको बिकल्प छैन ।

-इमेज खबर बाट

0 comments:

Post a Comment