Monday, August 31, 2015

गिरफ्तार गरिएको विरोधमा कैलालीमा सशस्त्र क्याम्प घेराउ, टीकापुर दोहोरिने खतरा


अपडेट: जोशीपूर सशस्त्र प्रहरी बेसक्याम्प घेरिरहेका महिलाहरुलाई प्रहरीले तपाईका मान्छे भोलीसम्म छोड्छौं भन्दा पनि मानिरहेका थिएनन् । प्रहरीका अधिकृतले आफै आएर समातियका मानिसहरु भोलीसम्म छोडदिने बताएपछि महिलाहरु फर्किएका छन् भने प्रशासनले अहिले जोशीपुर आसपासको क्षेत्रमा कफ्र्यु लगाएको छ  घटना लगत्तै जिल्ला प्रशासन प्रमुख टिकापुर पुगेको हाम्रा संवाददाताले बताएका छन् । टिकापुरको स्थिति अहिले सम्भावित झडपभन्दा बाहिर छ ।  काठमाडाैं । भदौ ७ को टीकापुर घटनाको कहाली साम्य नहुँदै फेरि त्यस्तै घटना दोहोरिने स्थिति देखापरेको छ । बरिष्ठ प्रहरीसहित ८ जनाको ज्यान गएको एक हप्तापछि थारु समुदायले आइतबार सद्भाव र्याली निकालेका थिए । तर, आइतबार दिउँसो निकालिएको र्यालीमा सहभागी भएकाको फोटो खिचेर गए मध्यराती सशस्त्र र जनपथ प्रहरीले केहीलाई गिरफ्तार गरेपछि कैलालीको टीकापुर क्षेत्रमा फेरि तनाव बढ्ने देखिएको हो । स्थानीय एक व्यक्तिका अनुसार आइतबार थापापुरको नवलपुर भन्ने ठाउँमा थारुहरुले सद्भाव र्याली निकालेको र दिउँसो प्रहरीले फोटो खिचेर राती गिरफ्तार गरेपछि उनीहरुको रिहाईको माग गर्दै स्थानीय महिलाहरु सशस्त्रको क्याम्प घेराउ गर्न पुगेका छन् । सद्भाव र्याली निकालेकै भरमा घरघरमा छापा मारेर थापापुरको ५ र ६ का केहीलाई गिरफ्तार गरेपछि उनीहरु आक्रोशित भएको ती स्थानीयले  बताए ।

फोटोकै आधारमा बौनिपुर गाविस ४ का दरवारीलाल चौधरी, थापापुर ५ का सन्तराम चौधरी, किसुनलाल चौधरी, सिलकदाश थारु, थापापुर ६ का जितबहादुर चौधरी, थापापुर ७ नवलपुरका राजेश चौधरी, ब्रिजमोहन चौधरी र राजेश चौधरीलाई प्रहरीले गिरफ्तार गरेको थियो । गएराती घरघरमा छापा मारेर स्थानीयलाई जोशीपुर सशस्त्र वेशक्याम्पमा राखिएको थियो । गाउँलेहरुलाई यसरी बिनाकारण पक्रिएको भन्दै सयौं महिलाहरु अहिले रिहाईको लागि वेशक्याक्पमा घेरा हालेर बसिरहेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी माेहन चापागार्इंले महिलाले वेशक्याम्प घेरा हालेकाे भन्ने बारेमा अाफूलार्इ जानकारी नभएकाे बताए । प्रहरीले तत्काल उनीहरुलाई नछोडे र सशस्त्र क्याम्प घेरिरहेका महिलामाथि दमन गरिए प्रतिरोध गर्ने तयारी स्वरुप गाउँगाउँबाट घरेलु हतियार लिएर थारु समुदाय टोलटोलमा बसिरहेको र तत्काल सचेतता नअपनाए टिकापुरको घटना दोहोरिन सक्ने स्थिति रहेको ति स्थानीयले बताए । खबरडबलीको सम्पर्कमा रहेका स्थानीयका अनुसार प्रहरी तथा सरकारले सचेतता अपनाएन र भिडन्तको स्थितिलाई टारेन भने फेरी ठुलो दूर्घटना हुनसक्छ । उनका अनुसार स्थानीय थारु समुदाय घटनाको उच्चस्तरिय छानविन बिना मानिसहरु पक्रनु र थुन्न नहुने पक्षमा छन् । दोषीमाथि कारवाही गरिनुपर्ने तर निदोर्षहरुलाई अनावश्यक दुःख दिनुनहुने माग उनीहरुको छ ।
-खबर डबली बाट

0 comments:

Post a Comment