Friday, October 16, 2015

कथा लेख्ने राइटरलाइ घरमा बोलायर यस्तो गरे पछी सकिगो नि व्हिदियो हेर्नुस

कथा लेख्ने राइटरलाइ घरमा बोलायर यस्तो गरे पछी सकिगो नि व्हिदियो हेर्नुस https://youtu.be/eXRo4jXflBE

अर्चना पनेरुको अर्धनग्न भएर डान्स गरेको नयाँ भिडियो सार्वजनिक (भिडियो सहित्)

अर्चना पनेरुको अर्धनग्न भएर डान्स गरेको नयाँ भिडियो सार्वजनिक (भिडियो सहित्) https://youtu.be/ZpL2_NZk6uo

Thursday, October 15, 2015

कोठामा एक्लै यस्ती भएर नाचिन् अर्चना पनेरु | भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्

कोठामा एक्लै यस्ती भएर नाचिन् अर्चना पनेरु | भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्

Wednesday, September 30, 2015

रणवीर र दीपिकाको पनि यस्तो भिडियो आएपछि ... | भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् !

रणवीर र दीपिकाको पनि यस्तो भिडियो आएपछि ... | भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् !

Saturday, September 26, 2015

नेपालगंजमा भयो झड़प ५ प्रहरी घाइते

नेपालगजको जमुनाह नाकामा प्रर्दशनकारी र प्रहरीबीच झडप हुुँदा पाँच प्रहरीसहित दर्जन घाइते भएका छन् । मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सिमा नाकामा भएको झड्प नेपाल प्रहरीका पाँच जना सहित दर्जन आन्दोलनकारी घाईते भएका हुन् । नाका बन्द गर्ने क्रममा प्रहरीले मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा आन्दोलनकारीले ढुङ्गामुढा गरेपछि झडप भएको हो । प्रदर्शकारीको ढुंगा लागि नेपाल प्रहरीका सई देवीलाल घर्ती, हवल्दार सुरेश बस्याल, प्रहरी जवान कमल बिक, कमल खनाल घाइते  हुनुभएको छ । यस्तै प्रदर्शनकारी तर्फ जग्दिशबहादुर सिंह, बद्रु जुजा खाँ, अमृतलाल कुर्मी, सामसिंह सोनी, ममता वानियालगायत घाइते हुनुभएको छ । ममताको वाँया खुट्टामा गम्भीर चोट लागेको छ । उहाँको नेपालगञ्ज नर्सिङ होममा उपचार भईरहको बताईएको छ । सिमा नाका जमुनाहामा दुबै तर्फ भारतिय र नेपाल प्रहरी ठूलो सङ्ख्यामा परिचालन गरिएको छ ।

मलेसियामा ६ नेपालीको बेहाल

क्वालालम्पुर: ओखलढुंगाका वीर सिंह तामाङलाई मलेसिया आउँदा राम्रै कमाइ हुन्छ भन्‍ने लागेको थियो। तामाङ १७ महिनाअघि एक कन्स्ट्रक्सन कम्पनीमा कामदार बन्न एक लाख ६५ हजार तिरेर मलेसिया आएका थिए। 
 
उनी अहिले कमाइ गर्नुको साटो समस्यामा परेका छन्। काठमाडौं बुद्धनगरस्थित राज ओभरसिजबाट मलेसिया आएका उनी अहिले तनावमा छन्।तामाङमात्र होइन, उनीसँगै रोजगारीका लागि आएका ६ नेपाली बिहीबार मलेसियास्थित नेपाली दूतावासमा ६ महिनासम्म काम गरेको तलब नपाएको भन्दै गुनासो गरिरहेका थिए। 

 
मलेसियाको क्वालालम्पुरमा रहेको बेगाम कन्स्ट्रक्सनले काम गरेको ६ महिनाको तलब नदिएको भन्दै उनीहरू दूतावासको शरणमा आएका हुन्। तामाङसँगै ओखलढुंगाका हस्तबहादुर तामाङ, खोटाङका कुमार खड्का, गोविन्द आचार्य, इन्द्रबहादुर भुजेल र धनकुटाका ताराबहादुर बुढाथोकी समस्यामा परेको भन्दै दूतावास आइपुगेका हुन्।

काठमाडौं बुद्धनगरस्थित राज ओभरसिजबाट मलेसिया आएका ६ जनालाई ६ महिनादेखि कम्पनीले काम गरेको तलब दिएको छैन।
कन्स्ट्रक्सन कम्पनीले १७ महिनामध्ये पछिल्लो ६ महिनाको तलब नदिएको खोटाङका गोविन्द आचार्यले बताए। 'तलब नपाउँदा समस्यामा परेका छौं, खान पनि साथीहरूसँग माग्नुपरेको छ', आचार्यले अन्नपूर्णसँग भने। समस्यामा परेका पीडितले मलेसियामा नै मर्नुपर्ने बाध्यता आएको बताए। दूतावासमा पुगेका उनीहरूले समस्या समाधान गरिदिन आग्रह गरेका छन्।
 
खाना खान भन्दै कम्पनीले दिएको दुई सय रिंगेट सकिएको र पछिल्लो समय काममा जान छोडेको पीडितले बताए। 'तलब माग्दा पछि दिने भन्दै टार्छन्, खाना नै नखाई कसरी काम गर्ने?', खोटाङका इन्द्र भुजेलले भने। भुजेलका अनुसार कम्पनीले अन्य देशका कामदारलाई तलब दिए पनि ६ नेपालीलाई दिएको छैन।
 
मलेसियामा राम्रो कमाइ हुने भन्दै राज ओभरसिजका निर्देशक पूर्ण राईले त्यो बेला आश्वासन दिए पनि अहिले तलब नै नपाएको पीडित बताउँछन्। पीडितका अनुसार म्यानपावरमा पटकपटक फोन गर्दा समस्या समाधान हुन सकेन। 
 
अहिले म्यानपावरले फोन नै उठाउन छोडको पीडित हस्तबहादुर तामाङले बताए।नेपाली दूतावास मलेसियाले भने पीडितको विषयमा कम्पनीसँग कुरा गरेर समस्या समाधानका लागि पहल गर्ने बताएको छ। 
 
मेलेसियामा राम्रो कमाइ हुने भन्दै पछिल्लो समय धेरै युवा आए पनि कम्पनीबारे प्रस्ट जानकारी नहुँदा नेपाली श्रमिक समस्यामा पर्दै आएका छन्। कामदार पठाउने नेपाली म्यानपावर कम्पनीले श्रमिकलाई दोहोरो कागजात दिने गरेकाले पनि उनीहरू समस्यामा पर्दै आएका हुन्।

मलेसियामा ६ नेपालीको बेहाल

क्वालालम्पुर: ओखलढुंगाका वीर सिंह तामाङलाई मलेसिया आउँदा राम्रै कमाइ हुन्छ भन्‍ने लागेको थियो। तामाङ १७ महिनाअघि एक कन्स्ट्रक्सन कम्पनीमा कामदार बन्न एक लाख ६५ हजार तिरेर मलेसिया आएका थिए। 
 
उनी अहिले कमाइ गर्नुको साटो समस्यामा परेका छन्। काठमाडौं बुद्धनगरस्थित राज ओभरसिजबाट मलेसिया आएका उनी अहिले तनावमा छन्।तामाङमात्र होइन, उनीसँगै रोजगारीका लागि आएका ६ नेपाली बिहीबार मलेसियास्थित नेपाली दूतावासमा ६ महिनासम्म काम गरेको तलब नपाएको भन्दै गुनासो गरिरहेका थिए। 

 
मलेसियाको क्वालालम्पुरमा रहेको बेगाम कन्स्ट्रक्सनले काम गरेको ६ महिनाको तलब नदिएको भन्दै उनीहरू दूतावासको शरणमा आएका हुन्। तामाङसँगै ओखलढुंगाका हस्तबहादुर तामाङ, खोटाङका कुमार खड्का, गोविन्द आचार्य, इन्द्रबहादुर भुजेल र धनकुटाका ताराबहादुर बुढाथोकी समस्यामा परेको भन्दै दूतावास आइपुगेका हुन्।

काठमाडौं बुद्धनगरस्थित राज ओभरसिजबाट मलेसिया आएका ६ जनालाई ६ महिनादेखि कम्पनीले काम गरेको तलब दिएको छैन।
कन्स्ट्रक्सन कम्पनीले १७ महिनामध्ये पछिल्लो ६ महिनाको तलब नदिएको खोटाङका गोविन्द आचार्यले बताए। 'तलब नपाउँदा समस्यामा परेका छौं, खान पनि साथीहरूसँग माग्नुपरेको छ', आचार्यले अन्नपूर्णसँग भने। समस्यामा परेका पीडितले मलेसियामा नै मर्नुपर्ने बाध्यता आएको बताए। दूतावासमा पुगेका उनीहरूले समस्या समाधान गरिदिन आग्रह गरेका छन्।
 
खाना खान भन्दै कम्पनीले दिएको दुई सय रिंगेट सकिएको र पछिल्लो समय काममा जान छोडेको पीडितले बताए। 'तलब माग्दा पछि दिने भन्दै टार्छन्, खाना नै नखाई कसरी काम गर्ने?', खोटाङका इन्द्र भुजेलले भने। भुजेलका अनुसार कम्पनीले अन्य देशका कामदारलाई तलब दिए पनि ६ नेपालीलाई दिएको छैन।
 
मलेसियामा राम्रो कमाइ हुने भन्दै राज ओभरसिजका निर्देशक पूर्ण राईले त्यो बेला आश्वासन दिए पनि अहिले तलब नै नपाएको पीडित बताउँछन्। पीडितका अनुसार म्यानपावरमा पटकपटक फोन गर्दा समस्या समाधान हुन सकेन। 
 
अहिले म्यानपावरले फोन नै उठाउन छोडको पीडित हस्तबहादुर तामाङले बताए।नेपाली दूतावास मलेसियाले भने पीडितको विषयमा कम्पनीसँग कुरा गरेर समस्या समाधानका लागि पहल गर्ने बताएको छ। 
 
मेलेसियामा राम्रो कमाइ हुने भन्दै पछिल्लो समय धेरै युवा आए पनि कम्पनीबारे प्रस्ट जानकारी नहुँदा नेपाली श्रमिक समस्यामा पर्दै आएका छन्। कामदार पठाउने नेपाली म्यानपावर कम्पनीले श्रमिकलाई दोहोरो कागजात दिने गरेकाले पनि उनीहरू समस्यामा पर्दै आएका हुन्।

Friday, September 25, 2015

भारतका प्रहरीले गर्यो निगमका ड्राइभरमाथि कुटपिट पेट्रोलिय पदार्थको आपूर्ति ठप्प,

काठमाडौं- नेपाललाई पेट्रोलियम पदार्थ बिक्रीको एकाधिकार प्राप्त इन्डियन आयल कर्पोरेसन (आइओसी)ले राजनीतिक तहमा समस्या समाधान गरेपछि मात्र नेपाल आयल निगमलाई आपूर्ति गर्ने जानकारी गराएको छ।

भारतले नेपालतर्फ अस्थिरता भएका कारण सामग्री आपूर्ति गर्न नसकेको भने पनि यथार्थमा नाकाबन्दी लगाइसकेको छ। 'माथिबाटै कुरा गरेर आउनु होला,' इन्डियन आयल कर्पोरेसनका पदाधिकारीलाई उदृत गर्दै नेपाल आयल निगमका एक उच्च पदस्त अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा नागरिकन्युजलाई भने, 'हामीलाई तेल दिएकै छैन।'

'हामीले हाम्रा खाली ट्यांकरसमेत पारि (भारत)बाट नेपालमा सुरक्षित ढंगले ल्याउन पाएका छैनौं,' निगम स्रोतले भन्यो, 'हाम्रा ड्राइभरहरूको जीवनकै असुरक्षा भइरहेको छ। भारतीय प्रहरीले उनीहरूमाथि कुटपिट गरेका छन्।'

भारत सरकारकै कम्पनी इन्डियन आयल कर्पोरेसनले राजनीतिक तहमा समस्या समाधान गरेर मात्र तेल दिन सकिने भनेपछि तेल आपूर्ति पूर्णतः ठप्प भएको छ। भारतलाई नेपालकै कारणले रोक लगाएको हो भन्न सजिलो हुनेगरी नाकामा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता बसेका छन्।

'आज सबै नाका बन्द छन्, तेलको आपूर्ति पनि ठप्प छ,' ती अधिकारीले भने।

पञ्चायतका बेलासम्म नेपालले तेस्रो विश्वका मुलुकबाट कच्चा तेल किनेर आइओसीलाई प्रसोधन गर्न दिने गरेको थियो। मुलुकमा प्रजातन्त्र आएपछिका सरकारहरूले आफैं कच्चा पदार्थ नकिनी पूरै आइओसीमा निर्भर हुन थाले।

नेपालले आइओसीबाहेक अर्को कम्पनीबाट तेल किन्न नपाइने गरी सम्झौता भएको तीन वर्ष भइसकेको छ। अझ पछिल्लोपटक तेल पाइपलाइनसम्बन्धी सम्झौता अनुसार आगामी २० वर्षसम्म नेपालले तेस्रो पक्षबाट तेल किन्न नपाउने सम्झौता समेत गरिसकेको छ।

दुई सरकारबीचको सम्झौताअनुसार भइरहेको तेलको कारोबारमा नाकाबन्दी गरेको नभनी भारतीय पक्षले विभिन्न बहानाबाजी बनाएको छ। कहिले कागज मिलेन, कहिले इन्टरनेट डाउन भएकोजस्तो बहाना बनाउँदै आएको थियो।

'हामीलाई त्यहाँ फसेका खाली गाडी र ड्राइभरहरूलाई कसरी रेस्क्यु गर्ने भन्ने समस्या भएको छ,' निगमका ती अधिकारीले भने।

Thursday, September 24, 2015

मोर्चाका कार्यकर्तालाई भन्सारबाट हटाउँदा गोली चल्यो

झडपले वीरगञ्जको दशगजा क्षेत्र तनावग्रस्त
वीरगन्ज : नेपाल–भारतको दशगजा क्षेत्रमा धर्ना बसेर नाका ठप्प पारेका मधेसी दलका नेता कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ ।

वीरगन्ज–रक्सौलबीचमा रहेको मितेरी पुलस्थित दशगजा क्षेत्रमा बिहीबार बिहान १० बजेदेखि धर्ना बसी नाका ठप्प पारेका मधेसी दलका नेता कार्यकर्तालाई प्रहरीले दिउँसो २ बजे बल प्रयोग गरेर तितरबितर पारेको हो ।

मितेरी पुलको दशगजा क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले छुटटाछुटटै धर्ना दिइ नाका ठप्प पारेका थिए ।

धर्नामा बसेकालाई प्रहरीले शुरुमा उठन आग्रह गरेको थियो । तर, उनीहरुले नमानेपछि प्रहरीले भ्यानमा हाल्न खोज्दा झडप शुरु भएको थियो ।

झडपका क्रममा प्रहरीले एक राउण्ड हवाइ फायर र चार राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

प्रदर्शनकारीहरुले ढुंगामुढा प्रहार गरेपछि हवाइ फायर र अश्रुग्यास प्रहार गर्नुपरेको पर्साका प्रहरी नायव उपरीक्षक होमेन्द्र बोगटीले बताए ।

प्रहरीले धर्नामा बल प्रयोग गरेर हस्तक्षेप गरेपछि मधेसी दलका नेता कार्यकर्ताहरु तितरबतिर भएका छन् ।

करिब पाँचको संख्यामा रहेका प्रदर्शनकारी अहिले भारततर्फको पुल क्षेत्रतिर छन् भने प्रहरी नेपाल तर्फको पुल क्षेत्रमा छन् ।

पुल पारीको भारतीय भन्सारक्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबी पनि ठूलो संख्यामा परिचालन भएको छ ।

दशगजा क्षेत्र अहिले पनि तनावग्रस्त छ । दुवै मोर्चाले  वीरगन्ज–रक्सौल नाकामा रहेको मितेरी पुलस्थित दशगजाक्षेत्रमा बिहीबार बिहान १० बजे देखि धर्ना दिएर नाका ठप्प पारेका थिए ।

बुधबार सप्तरीको राजविराजमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले आमहड्ताल जारी राख्ने निर्णय गरेको थियो ।

बैठकले नेपाल भारतको नाका ठप्प पार्ने निर्णय गरेअनुसार बिहानदेखि मधेसी दलका नेता कार्यकर्ताहरुले वीरगन्ज–रक्सौल नाकाको दशगजा क्षेत्रमा धर्ना दिएर नाका ठप्प पारेका हुन् ।

यस्तो छ ‘डर्टी पिक्चर्स’ की पात्रको दुखद कथा फिल्म डुबेपछि आत्महत्या गरिन्

मुम्बई । वर्ष २०११ मा विद्या वालान अभिनित चलचित्र ‘द डर्टी पिक्चर’ ले बलिउडमा ब्यापक सफलता पायो । फिल्मले केबल बक्स अफिसमा कमाल मात्रै गरेन । विद्याको करिअर पनि उचो बनाईदियो ।  यो फिल्म यति सफल हुनुको कारण केबल विषयबस्तु राम्रो भएर मात्रै होइन । यो फिल्म एउटा यस्तो पात्रमाथि बनाइएको छ । जो, कुनैवेला दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित पात्र थिईन् । र उनी कुनै समय हरेक फिल्मका लागि अनिवार्य मानिन्थिन् । उनको नाम हो सिल्क स्मिता । डर्टी पिक्चर्सको कहानी सिल्क स्मिताकै जिवनकथा थियो ।

गरीबिले चार कक्षामै स्कुल बन्द

८० को दशकमा दक्षिण भारतमा सिल्क स्मिताको जादु यस्तो चल्यो । उनलाई नचिन्ने कोही भएन । सन १९६० मा आन्ध्र प्रदेशको राजमुन्दरीको एल्लुरुमा उनको जन्म भएको थियो । उनको सानो वेलाको नाम विजयालक्ष्मी थियो । उनको परिवार यति गरीब थियो । पढाउनका लागि उनलाई सरकारी विद्यालय पठाउने सामथ्र्य थिएन ।

जसो तसो चार कक्षासम्म पढेकी विजयालक्ष्मी त्यसपछि स्कुल जान छाडिन् । स्कुल जान छाडेपछि उनले फिल्ममा मेकअपको काम गर्न थालिन् । हिरोइनलाई सिंगार्ने क्रममै उनको अन्तरमनले हिरोइन हुने सपना देख्न थालिसकेको थियो ।

पहिलो ब्रेक बबाल

सन १९७८ मा कन्नड फिल्म ‘बेदी’ मा पहिलो पटक काम गर्ने अवसर पाईन् । उनलाई सफलता दिलाउन भने चलचित्र ‘वाडीचक्रम’ ले भुमिका खेलेको थियो । यस चलचित्रमा उनले स्मिताको भुमिका निर्वाह गरेकी थिईन् । जसलाई दर्शकले निकै मन पराए ।

त्यही बेला उनले मद्रासी चोलीको फेशन पनि सुरु गरिन् । बजारमा आफ्नो चर्चा बढ्दै गएको थाह पाएपछि उनले नाम सिल्क स्मिता राखिन् । सन १९८३ मा उनले ‘सिल्क सिल्क सिल्क’ नाम गरेको फिल्ममा समेत अभिनय गरेकी थिईन् ।

पैसाको लागि दिनमा तीन सिफ्ट

जब फिल्म उद्योगमा सिल्कको जादु चल्न सुरु भयो, उनका प्रसंसक यति धेरै भए कि हरेक निर्देशक आफ्नो फिल्ममा एउटा मात्रै भए पनि स्मिताको गीत राख्नै चाहन्थे ।

यसको असर सिल्कको जीवनमा यस्तो पर्‍यो उनी दिनमा तीन सिफ्टमा काम गर्न वाध्य भईन् । तत्कालिन समयमा उनी एउटा गीतमा नाचे वापत ५० हजार पारिश्रमिक लिने गर्थिन ।

दक्षिणका सुपरस्टार शिवाजी गणेशन, रजनीकान्त, कमल हसन, चीरंजीवी लगायतका नायक आफुले अभिनय गरेको फिल्ममा एउटै भएपनि सिल्क स्मिताको गीत होस् भन्ठान्थे । १७ वर्षमा उनले ४५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् ।

बलिउडमा प्रवेश

सिल्कको प्रभाव बलिउडमा पनि राम्रै थियो । जीतेन्द्र- श्रीदेवी, जीतेन्द्र-जयप्रदाको जोडि जमेको वेला प्रवेश गरेकी सिल्कले जीत हमारी नाम गरेको फिल्मवाट बलिउड प्रवेश गरेकी थिईन् ।

ताकतवाला, पाताल भैरवी, तुफान रानी, कनवरलाल, इज्जत आबरु लगायतका फिल्ममा अभिनय गरेकी थिईन् ।

करोडौ घाटा

फिल्ममा अभिनय गरेर राम्रै आम्दानी गरेकी थिईन् सिल्कले । त्यहि वेला उनका एकजना मित्रले फिल्ममा लगानी गरेर धेरै पैसा कमाउने सल्लाह दिए । सल्लाह अनुसार नै उनले फिल्म बनाईन् । दुईटा फिल्मवाट दुई करोड गुमाएकी सिल्कले अर्को पनि फिल्म बनाउने मुख्र्याई गरिन् । तर, तेस्रो फिल्म पुरा गर्ने सामथ्य रहेन । फिल्मवाट भएको आर्थिक घाटाले उनलाई आर्थिक सामाजिक रुपमा तहस नहस पार्‍यो ।

२३ सेप्टेम्बर सन १९९६ मा पंखामा झुण्डिएको अवस्थामा उनको शब भेटिएको थियो । उनको मृत्युको खबरले दक्षिण भारतको फिल्म उद्योगमा ठुलै हल्लीखल्ली भएको थियो । प्रहरीले आत्महत्या भने पनि कतिपय दर्शकहरु विश्वास गर्न तयार भएनन् । सिल्कको आत्महत्या नभएर हत्यो हो भन्नेहरु अहिले पनि छन् ।

Wednesday, September 23, 2015

नायिका रिमा बिश्वकर्माले आईतवार बिहे गर्दै

काठमाण्डौ। नायिका रिमा बिश्वकर्मा बैवाहिक बन्धनमा बाँधिने भएकी छिन् । बेलायतमा व्यावसाय गरेर बसेका रोवर्ट बिश्वकर्मासँग उनले आईतबार बिवाह गर्दैछिन् ।

काठमाण्डौको होटल हायातमा हुने बिवाहमा नेपाली चलचित्रका केहि व्यक्तित्वहरु तथा उनका नातेदार र साथीसंगीको उपस्थिती रहने बताईएको छ । सयौँ म्यूजिक भिडियोमा अभिनय गरेकी रिमाले केहि चलचित्रमा अभिनय गरेकी छन् ।

Tuesday, September 22, 2015

अमेरिकामा रहेकी नायिका निशा अधिकारीले कपडा फेर्दै गरेको भिडियो आएपछि | (हेर्नुस भिडियो )

नायिका निशा अधिकारीले कपडा फेर्दै गरेको भिडियो आएपछि | भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् -

झापाका चर्चमा बम राख्ने तीनजना पक्राउ

झापा, असोज ५ । गत भदौ २९ गते झापाका चारओटा चर्चमा बम राखी आतंक फैलाउने समूहका तीन जनालाई जिल्ला प्रहरी कार्यलय झापाले पक्राउ गरी सार्वजनिक गरेको छ ।

दमक, सुरुंगा, गौरादहलगायत क्षेत्रका चर्चहरुमा बम राखेको अभियोगमा कटारी–१ मोरङका राम भण्डारी, विर्तामोड–७ का कृष्ण चुडाल र विर्तामोड–८ का रामचन्द्र बानियाँलाई मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यलय झापाले सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले मोबाइल, चन्दा रसिद र बमसमेत बरामत गरेको छ । उनीहरु सबै हिन्दु मोर्चा नेपालका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

घटनाका मुख्य आरोपित मकवानपुरका माधव भण्डारी, झापा महारानीझोडा–४ का २८ वर्षीय प्रदीप थापा, गौरादहका २९ वर्षीय सुमन कार्की र गौरिगंजका २९ वर्षीय आनन्द गिरी फरार रहेकाले उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए ।

सोहि समूहले राखेको बम निष्कृय पार्नेक्रममा पड्किँदा प्रहरी सहायक निरक्षक देवनाथ यादव, प्रहरी हवल्दार भरतबहादुर कार्की र प्रहरी जवान केदारप्रसाद पौडेल घाइते भएका थिए ।

झापाका चर्चमा बम राख्ने तीनजना पक्राउ

झापा, असोज ५ । गत भदौ २९ गते झापाका चारओटा चर्चमा बम राखी आतंक फैलाउने समूहका तीन जनालाई जिल्ला प्रहरी कार्यलय झापाले पक्राउ गरी सार्वजनिक गरेको छ ।

दमक, सुरुंगा, गौरादहलगायत क्षेत्रका चर्चहरुमा बम राखेको अभियोगमा कटारी–१ मोरङका राम भण्डारी, विर्तामोड–७ का कृष्ण चुडाल र विर्तामोड–८ का रामचन्द्र बानियाँलाई मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यलय झापाले सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले मोबाइल, चन्दा रसिद र बमसमेत बरामत गरेको छ । उनीहरु सबै हिन्दु मोर्चा नेपालका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

घटनाका मुख्य आरोपित मकवानपुरका माधव भण्डारी, झापा महारानीझोडा–४ का २८ वर्षीय प्रदीप थापा, गौरादहका २९ वर्षीय सुमन कार्की र गौरिगंजका २९ वर्षीय आनन्द गिरी फरार रहेकाले उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए ।

सोहि समूहले राखेको बम निष्कृय पार्नेक्रममा पड्किँदा प्रहरी सहायक निरक्षक देवनाथ यादव, प्रहरी हवल्दार भरतबहादुर कार्की र प्रहरी जवान केदारप्रसाद पौडेल घाइते भएका थिए ।

बन्दका विरुद्ध इलाम र बर्दियामा प्रदर्शन

बर्दिया, असोज ५ ।  लिम्बुवान विनाको संविधान घोषणा गरिएको भन्दै विरोधमा उत्रिएका लिम्बुवान संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दको विरोधमा इलाममा प्रर्दशन गरिएको छ । विभिन्न राजनीतिक दल तथा व्यवसायीहरुले बन्द विरुद्ध नाराबाजी गरेका हुन ।
यसैबीच ४३ दिनदेखि बन्द भएपछि बर्दियाका यातायात व्यवसायीले बन्दको अवज्ञा गरेका छन् । लामो समयदेखिको बन्दको कारण यातायात क्षेत्र मारमा परेको भन्दै व्यवसायीहरुले बन्दको अवज्ञा गरेका हुन् ।
बर्दियामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहट/थारुवान संघर्ष समितिले बन्द गर्दै आएको थियो । यसअघि बर्दियामा सर्वसाधारणले बन्दको अवज्ञा गरी बजार, शैक्षिकसंस्था र कलकारखाना खुलाइसकेका छन् ।

Monday, September 21, 2015

कलेज जान छोडेर यसरि रोमान्स गरेपछि सकिगो नि ..( हेर्नुस भिडियो )

कलेज जान छोडेर यसरि रोमान्स गरेपछि सकिगो नि ..( हेर्नुस भिडियो )

बलिउड बादशाह साहरुख खानको मृत्यु...!

हिजो रातीदेखि निदाउन सकेको छैन । किनभने विश्वास गर्न सकेको छैन । विश्वास र निद्रामा धेरै समानता हुन्छन् क्यारे । सबै ठिक छ भन्ने लागेपछि निद्रा लाग्ने ।
त्यही विश्वास जाग्न नसकेरै निद्रा लागेन । के गरौं ?
खवर आएको छ, 'साहरुख खानको देहान्त भयो ।' मेरी आफ्नै बैनीले हिजो बेलुका यो खबर सुनाउँदा धेरै गाह्रो गरी सुनाएकी थिई । लगभग रोएको अवस्थामा । मैले साहरुखकी काजोललाई सम्झे । निद्रा कसरी पर्छ र ? मलाई थाहा छ, साहरुखको मृत्युमा मेरो हात छैन तर काजोललाई त्यहाँसम्म पुर्‍याउन कतै न कतै मेरो हात पनि छ । हिजो गौरब लाग्थ्यो, दुई प्रेमीलाई मिलाउन मैले सहयोग गरें । आज थोरै अपराध बोध पनि हुन थालेको छ ।  अब काजोल एक्ली भइ । कुनै दिन मलाई उसले ती पुराना घटनामा मेरो संलग्नताको विषयलाई लिएर उठाएर प्रश्न गरी भने मैले के जबाफ दिनु ? के प्रेम मात्रै सबैथोक हो भन्न मैले पाउँछु ? प्रेमका बारेमा लेख्नु र यथार्थ भोग्नु फरक कुरा हो कि । उसले नसोध्न पनि सक्छे तर मन कहाँ मान्छ ? प्रेम लेखक अश्विनी कोइरालले बिगतमा गरेको गौरब गर्ने गरेको एउटा घटना अहिले पासो बनेको छ । करिब १२ घन्टा हुन लाग्यो, यसबाट मुक्ति पाउन सकेको छैन । जब मान्छे भित्र भित्रै छट्पटिन्छ, उसलाई के गर्ने होस हुँदैन । यो बेहोसी मै म यी कुरा लेख्दैछु । तपाईंलाई गलत लागे, डिलिट गर्न सुझाब दिनुहोला । सहि भए पछि कुनै दिन कथामा पनि राखौंला । माफ गर प्यारी काजोल, म तिम्रो कथा लेख्न बाध्य भएँ । धेरैलाई थाहा नभएको कुरा खोल्न बाध्य  भएँ ।

काजोल हाम्री साथी थिई । अझ छिमेकी  पनि । ऊ काली भएकैले हामीले उसको नाम काजोल राखेका होइनौ । जब उसले साहरुखलाई मन पराई, उसलाई पाउनै पर्छ भनेर हत्ते गर्न थाली, त्यसपछि उसको नाम हामीले काजोल राखिदिऔं ।
उसको एउटा आँखा अलिकति सानो थियो । बच्चा थियौं, मन सफा थियो । लोक-लाज जान्दैनथ्यौ । यहि कारण उसका सबै राम्रा अङ्ग बिर्सेर हामी उसको आँखाको बद्नाम गरिदिन्थ्यौ । भन्थ्यो, 'तँ जस्ती डेढीलाई तेरो साहरुखलाई किन मनपराउँछ ? तँ उसको उसको खुट्टामा पनि बाँध्न  सुहाउँदिनस् ।'
हामीले यसो भन्दा रिसले आगो हुन्थी । खेदेको खेदै, हामी मध्ये कसैलाई पक्रन्थी र मरुन्जेल कुट्थी । उ हामीलाई कुट्दै रुन्थी र भन्थी, तिर्मेकै अघि त्योसँग भागेर देखाइदिन्छु । तिमेरु बाहुन-बाहुनी जस्तो म नामर्द होइन ।'
हुन पनि हो, हामी बाहुन-बाहुनी कतिपय एक-अर्कालाई मनपराउँथ्यौं । भन्न सक्तैनथ्यौ । भनिहाले पनि स्वीकार गर्न डराउँथ्यौ । काम्दो हातले एकअर्कालाई छुन्थ्यौ तर एउटा हातले छोएको अर्को हातले चाल नपाओस् भनेझैं गर्दथ्यौं । उ भने हाकाहाकी हामी साथीहरुसँग साहरुख खान मनपराएको र उसैसँग भाग्ने घोषणा गर्थी । उसलाई भेट्न जान्थी र साँझ परेपछि मात्रै र्फकन्थी । यत्ती हो, उसका गाईबस्तु हामीले हेरिदिनु पर्दथ्यो । कहिलेकाहीँ घाँस काटिदिनु पर्दथ्यो । उसको प्रेमको ढाकछोप गरिदिनु पर्दथ्यो । उसले प्रेम कसरी गर्नुपर्छ भनेर हामीलाई धेरै पटक सिकाई, हामीले कहिलै सिक्न सकेनौं ।
एक दिन दसैंको टिकाका दिन, उसले घरबाट टिका र जमरा चोरेर ल्याई । भनी, 'मेरो साहरुख खानले मलाई आज टिका लगाइदिन्छ, आर्शिवाद दिन्छ । सबैभन्दा पहिले म उसकै हातको टिका लगाउँछु । साक्षी तिमेरु बस्नुपर्छ ।' यो उसको जिद्दि प्रेमको अनौठो नमूना थियो । हामीले यसलाई पागलपन ठान्यौं, तर उ यस्ता कुरालाई प्रेमको लिला भन्थी । त्यो बेला केटाकेटीले कुनै चकचक गरे भने ठूला बडाले भन्थे, 'यी केटाकेटीको लिला खपिसक्नु छैन । वाक्क भैसक्यौं ।' त्यही शब्द सापटी लिएर भन्थी, 'यो मेरो प्रेमलिला हो ।'
नभन्दै त्यो दिन विहान १० बजेतिर उसको साहरुख खान खेतमै मोटरसाइकल लिएर आयो । मोटरसाइकललाई कसैले नदेखिने गरी खेतको गरामा लडायो र अलि पर गएर बस्यो । हामी ४ जना साथीहरु हाम्री काजोललाई लिएर उसको नजिक पुग्यौं । काजोलले जमरा-टिका उसको हातमा दिएर घुँडा टेकेर बसी । साहरुखले बडो स्पष्ट शब्दमा आयुद्रोणनसुने श्रेयमदशरथे...भन्न थाल्यो । काजोल आँखा चिम्लेर दुई हात थापेर आर्शिवाद लिइरही । जब मन्त्र र आशिर्वाद सकियो । काजोलले हाम्रो आँखालाई अविश्वास लाग्ने काम गरी... उसको खुट्टामा ढोकिदिई । आमोई... के गरेको...हामी भन्दै थियौं । साहरुखले भन्यो, 'भाग्यवती भव, पुत्रवती भव ।'

त्यो दिन साहरुखले मसँग गम्भीर भावमा भन्यो, 'हेर अश्विनी, म उसलाई भगाएर काठमाडौं लैजादैछु । तिमीले सहयोग गर्नुपर्छ । समय आएपछि के गर्ने त्यो यिनले भन्नेछिन् । उसको दाजु-दिदीसँग  नडराउनु । प्रेमलाई सहयोग गर्नु धर्म पनि हो ।'
त्यो वर्षको तिहारमा हामी धेउसी-भैले खेल्दै साहरुखको गाउँ पुग्यौं । अरुको घरमा भन्दा साहरुखको घरको दक्षिणा लिन अलि समय लाग्यो । कारण राती हुँदी दुईजना लामो समय हराएका थिए । र्फकदा उसलाई हामीले चाहिँदो नचाहिँदो भनेर जिस्क्याउँन थाल्यौं । उसले केही पनि जबाफ दिइन । बरु गम्भीर, झन् गम्भीर हुँदै गई । बोल्दै बोलिन । हामी आ-आफ्नो घर छिर्‍यौं । मेरो घर छिर्नुअघि काजोलले भनी, 'अश्विनी हामी भोली भाग्दैछौं । तिमी मसँग जानुपर्छ । हामीलाई गाडी चढाएर मात्र तिमीले र्फकन पाउँछौं ।'
किन उनीहरुले मलाई नै विश्वास गरे, थाहा छैन । तर उसले विहानै कपडाको झोला ल्याएर मलाई दिई । त्यसपछि बसपार्कको होटल, जहाँ उसको साहरुख उसलाई पर्खीरहेको थियो, त्यसको ठेगाना  पनि । म ठेगाना दिइएको होटलमा पुग्ों । साहरुख बियर खाइरहेको थियो । कपडाको झोला उसलाई दिएपछि उसले त्यसलाई मिलाएर आफ्नो ब्यागमा हाल्यो । काजोल आइपुगेकी थिइन, मेरा लागि पनि बियर मगायो । म खान्न भन्दै थिएँ, उसले भन्यो, 'म पनि बाहुन नै हुँ । यत्रो सहयोग गरेका छौ, मैले आज त्यतिकै पठाउन मिल्दैन ।' जीवनमा पहिलो पटक बियर चाखें । साहरुखले नै मलाई बियरको स्वादको वर्णन गर्दै आजको जुगमा यो अनिवार्य तरल पदार्थ भएको बतायो । मैले एक गिलास खाँदा उसले ४ बोतल भ्याइसकेको थियो ।
करिब दुई-तीन घन्टा थोत्रे कपडा लगाएर हाम्री काजोल होटलमा आइपुगी । घाँस काट्ने हसिँया उसको साथमै थियो । साहरुखले हँसियालाई कोठाको एउटा कुनामा हुत्यायो र उसले भर्खरै किने जस्तो लाग्ने नयाँ कुर्तासलवार लगाउन दियो । उसले काजोलको गाडी नम्बर र सिट नम्बर दियो र बाहिर निस्कियो । मैले नै काजोललाई उसको सिटमा पुर्‍याएँ । दुईजनाको सिट नम्बर फरक थियो । गाडी नहिँडुन्जेल म काजोलसँगै थिएँ । उसको न्याउरो अनुहारलाई सकेसम्म खुसी बनाउने प्रयास गर्दैथिएँ ।

उनीहरु भागेर काठमाडौं पुगे तर गाउँबाट मेरो उठिबास लाग्यो । प्रहरी सई भएको उसको दाइले मलाई दुई थप्पड लगाएर उसको ठेगाना मागे । मैले दिन चाहिन । धेरै फिल्ममा प्रेमका लागि कुटाइ खाएको दृष्य मैमाथि घटिरहेको थियो । गाउँलेहरुले मलाई छि छि र दूर दूर गरिरहेका थिए । म भने भित्रभित्रै गौरव गरिरहेको थिएँ । कतिसम्म भयो भने हामी दुई परिवारको बोलचाल बन्द भयो । काजोलका सबै परिवारहरु पढेलेखेकै थिए तर आफ्नै जातको केटो नखोजेको र सुटुक्क भागेकोमा उनीहरुको आपत्ती थियो । त्यसमा पनि मैले नै प्रेम गराएको र भगाएको भन्ने आरोपले सारा रिस ममाथि खनिएको थियो ।
जब म पत्रकारिता गर्न काठमाडौं आएँ, पहिलो बास उनीहरुकै डेरामा बसें । कौसलटारको एउटा साँगुरो कोठामा उनीहरुको स्वर्ग जस्तो संसार देखेर खुसी भएको थिएँ । खुसीमा फेरी पनि वियरका बोतल खोलिएका थिए ।

आज २० वर्षपछि साहरुखको मृत्युको खबर आएको छ । ती सारा दृष्य फनफनी घुमिरहेका छन् । आज यत्रो वर्षपछि पनि काजोलको परिवारसँग राम्रो सम्बन्ध स्थापित हुन सकेको छैन । त्यति मात्र कहाँ हो र, त्यो दिनदेखि मेरी काजोलले माइतीघर टेकेकी छैन । कसैले पनि बोलाएनन्, उसले पनि निहुरिएर माइती घर आउन पाउँ भन्ने बिन्ती चढाइन । उनीहरु काठमाडौं बसुन्जेल म नै माइती र साथी थिएँ । पछि फर्केर उनीहरु बिराटनगर गए । त्यो बेला पनि बेला बेलामा कुराकानी हुन्थ्यो । त्यो बेला सबै ठिकै थियो तर खबर यस्तो आएको छ ।
प्यारी काजोल, मलाई थाहा छ, हिन्दी चलचित्रकी काजोल जस्ती तिमी थिइनौ । छैनौ । तर तिम्रो साहरुख खान साच्चै नै साहरुख जस्तै थियो । उमेर पनि साहरुख कै हाराहारीमा हुनुपर्छ । उसले हाँस्दा एकापट्टीको कालामा डिम्पल पर्दथ्यो, साहरुख जस्तै । उसले छानी छानी साहरुख कै पहिरन किन्थ्यो र तिमीलाई अलिकति मनपरेन भने यो त साहरुखले लगाउने जस्तो छैन भन्थ्यौं, उसले परिवर्तन   गर्दथ्यो । काजोलले अजय देवगनसँग विवाह गरेको खबर सुनेर कुनै नेपाली दुःखी भएको थियो भने त्यो तिमी नै थियौ । र, विवाहपछि उसले लामो समय साहरुखसँग फिल्म नखेल्दा तिमी उस्तै दुःखी भएकी थियौं । र, त्यो चिच्याएर खुसी भएको आवाज पनि मेरो कानमा गुञ्जिरहेको छ, जब तिमीले 'माई नेम इन खान' फिल्ममा साहरुख र काजोलसँगै फिल्म खेल्न लागेको समाचार सुनाएकी थियौं ।

आज सबै कुरामा ग्रहण लागेको छ । अब तिम्रो साहरुख तिमीसँग छैन । किन छैन ? म तिमीलाई कसरी सम्झाऊ, के भनेर सम्झाऊ । यति भन्छु, संसारमा सबै जना सधैंभरी खुसी हुन सक्दैनन् । तिम्रो हकमा पनि यहि लागू भयो ।
तै पनि तिम्रो साहरुख तिमीसँगै छ, तिम्रो यादमा । तिमीले उसँग स्वणर्ीम २० वर्ष बितायौं । सानैमा विवाह गर्‍यौं र यति लामो अवधि प्रेम गर्न पायौ । सबैको भाग्यमा यति लामो प्रेम कहाँ लेखेको हुन्छ र ? थप २० वर्ष त उसका प्रेम नै सम्झेर जीवन बिताउन सक्छौं । छोराछोरी हुर्कदैछन्, उनीहरुलाई हेरेर पनि चित्त बुझाउन सक्छौं । ध्यान दिएर हेर त तिम्रो छोरो बाऊ जस्तै साहरुख जस्तो छैन र ?
@ekantipur.com