Sunday, August 30, 2015

बसको ठक्करबाट एकजनाको मृत्यु


हरिवन, भदौ १४ । सर्लाहीको हरिवनमा यात्रुवाहक बसको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन, सोल्टीका १६ वर्षीय अजय परियार रहेका छन् ।
प्रहरीका अनुसार काठमाडौंबाट काँकडभिट्टातर्फ गइरहेको ना५ख ५२२२ नम्बरको बसले परियारलाई सोमबार बिहान पौने २ बजे ठक्कर दिएको हो । दुर्घटनामा संलग्न सवारी साधनसहित चालकलाई ईलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।


0 comments:

Post a Comment