Monday, August 31, 2015

नेपाल-भारत मैत्रीपूर्ण फुटबल: गुहाटिको बदला लिने रणनीतिमा नेपाल


पुने (भारत)– युवा टोलीको जितबाट प्रेरित नेपाली राष्ट्रिय टोली पुनेस्थित बालेवाडी रंगशालामा भारतविरुद्ध उत्रिएको छ। अन्तरार्ष्ट्रिय मैत्रीपूर्ण खेल भए पनि फागुनमा गुहाटीमा भएको हारको बदला लिने धुनमा नेपाली टोलीले ररहेको छ। यो खेलबाट यु १९ टोलीका सेन्टर–ब्याक अनन्त तामाङले डेब्यु गरेका छन्। उनी पूर्ण फिट नरहेका सन्दीप राईको स्थानमा टोलीमा परेका हुन्। भारतविरुद्ध खेल्ने नेपाली टोलीमा जगजित श्रेष्ठ, अञ्जन विस्ट, बिमल घर्तीमगर, अजय खवास, विशाल राई, किरण लिम्बु (गोल किपर), सागर थापा (कप्तान), अनन्त तामाङ, रविन श्रेष्ठ, निरज महर्जन, रोहित चन्द रहेका छन्। १२ हजार दर्शक क्षमताको रंगशालामा करिब ५ हजार भारतीय फुटबल समर्थक अाएका छन्।




0 comments:

Post a Comment