Sunday, August 30, 2015

एमाले सचिव योगेश भट्राईलाई एमाओवादीले दियो यस्तो कडा चेतावनी


काठमाडौँ , भदौ १४ । कैलालीको टीकापुर घटनामा आफुहरुको सङ्लग्नता पुष्टि गर्न एमाओवादीका दुई नेताले नेकपा एमालेलाई आग्रह गरेका छन् । नेकपा एमालेको प्रचार विभागले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले कैलाली घटनामा एमाओवादीका सचिव वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्माको हात रहेको भनी अभिव्यक्ति दिएका थिए ।

त्यसको लगत्तै एमाओवादी सचिव पुनले गलत मनसायले उक्त धारणा आएको भन्दै सो विषयमा एमालेको आधिकारिक धारणा के हो प्रष्ट पार्न एमाले अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेललाई ध्यानाकर्षण गराएको स्रोतको दाबी छ ।

पुन र शर्माले आज संयुक्तरुपमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले चिताउनसमेत नसक्ने विषयमा हचुवाको भरमा अभिव्यक्ति दिनु गलत राजनीतिक संस्कारको पराकाष्ठा भएको बताएका छन् ।


0 comments:

Post a Comment