Sunday, August 30, 2015

बच्चा जन्माउन नसक्दा ज्यानै गयो


मोरङ, भदौ १४ । सुत्केरी व्यथा लागेर उदयपुरबाट नोवेल कलेज विराटनगर ल्याइएकी एक गर्भवतीको बच्चा जन्माउन नसकेको कारण ज्यान गएको छ । उदयपुरको बेलटार–२ बाट गत शुक्रबार सुत्केरी व्याथा लागेर विराटनगरको नोबेल अस्पताल ल्याइएकी २७ वर्षीय कल्पना सुवेदीको अस्पतालले समयमा नै शल्यक्रिया नगरिदिँदा ज्यान गएको मृतकका श्रीमान् बच्चु सुवेदीले अरोप लगाए ।

विभिन्न समयमा हुने यस्ता घटनाले नोबेल मेडिकल कलेजप्रतिको विश्वास घटेको मृतकका आफन्तले आरोप लगाएका छन् । उनीहरुले क्षतिपूर्तिको समेत माग गरेका छन् । नोवेल अस्पतालकी डा सरला लामिछानेले डाक्टरले लापरवाही नगरेको बताएका छन् ।डा लामिछानेले महिलाको पेटमा भएको पानीको फोका फुटेर मुटुमा पुगेपछि ज्यान गएको बताइन् ।


0 comments:

Post a Comment