Monday, August 31, 2015

यी हुन् ‘बोको हराम’ स्टाइलमा टीकापुरमा प्रहरी मार्ने रेशम


भदौ, १३ काठमाडौ ।  कैलालीको टीकापुरमा गत ७ भदौमा भएको नरसंहारका दोषीमाथि कारबाही गर्न सरकारमाथि चौतर्फी दबाब छ । जुलुसमा सहभागी २० औं हजारमध्ये कसलाई दोषी किटान गर्ने र कसरी कारबाही गर्ने भन्ने समस्याले गृह प्रशासन अप्ठेरोमा परेको छ ।
कतिपयले थरुहट आन्दोलनको नेतृत्व गर्ने नेता र सभासद् सहित अगुवा संघ संस्थाका प्रमुख तथा पदाधिकारीलाई कारबाही गर्नुपर्ने माग गर्दै आएका छन् ।
प्रहरीमाथि हतियार र भाला प्रहार गर्ने कामको नेतृत्व कसले गरेको थियो भन्ने अन्यौल अझै कायम छ । घटनामा संलग्नताको आरोपमा केही व्यक्ति समातिएका पनि छन् । तर जो पक्राउ परेका छन् उनीहरु प्रहरी हत्याका प्रमुख दोषी होइनन् ।
यी हुन् मुख्य दोषी एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी एक दुई वर्षे नाबालकको हत्यामा मुख्य हात रहेका व्यक्ति हुन् रेशम चौधरी । उनी राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष र आन्दोलन परिचालन कमिटी कैलाली–१ का संयोजक हुन् । दुर्गौली जगतपुरका स्थायी बासिन्दा चौधरी हाल टीकापुर बस्दै आएका छन् ।


सदभावनाको राजनीतिमा आउनुअघि ‘राजावादी’ का रुपमा चिनिएका थिए । आफूलाई नेपाली सेनाका तत्कालिन प्रधानसेनापति प्रज्वलशम्शेर जवराको धर्मपुत्र दाबी गर्छन् । एकताका प्रज्वल शम्शेरकी श्रीमतीले लेखेका गीत गाउनेदेखि संगीत भर्ने कामसमेत गरेका थिए ।
चर्चाका लागि उटपट्याङ गतिविधि
रेशमले शाही शासनकालमा एकपटक टीकापुरमा प्रज्वल शम्शेरकी श्रीमतीको हातबाट बालबालिकालाई कपडा वितरण गराएका थिए । त्यस क्रममा रातिको समयमा सेनाले आकासमा भेरी लाइट फाल्नुका साथै दर्जनौं राउण्ड हवाई फायर गर्दा टीकापुरबासी आतंकित भएका थिए । संकटकालीन अवस्थामा भोगेको त्यो त्रासदी टीकापुर बासीले अझै बिर्सेका छैनन् ।
रेशमले ०६५ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा कैलाली–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । आफूलाई पूर्वराजा ज्ञानेन्द्रको ‘विश्वासपात्र’ दाबी गर्ने चौधरीको जमानत जफत भएको थियो । त्यति मात्र होइन ज्ञानेन्द्रले शेरबहादुर देउवालाई अपदस्थ गरेर प्रधानमन्त्रीका लागि ‘स्वच्छ छविका’ व्यक्तिबाट दरखास्त आह्वान गरेका बेला प्रधानमन्त्रीका लागि टेण्डर समेत हालेका थिए ।
चौधरीले टीकापुरमा फुलबारी एफएम र फुलबारी रिसोर्ट सञ्चालन गर्दै आएका छन् । फुलबारी एफएमका तर्फबाट हरेक वर्ष महोत्सव आयोजना गर्छन् । काठमाण्डुबाट नाम चलेका राष्ट्रिय कलाकार लगेर प्रस्तुति देखाउँने र उनीहरुलाई पैसा नदिई रुवाएर पठाउने उनको चलनै हो ।
कटवाल प्रकरणपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरबारबाट बाहिरिए । राष्ट्रपतिमार्फत जननिर्वाचित सरकारको निर्णय उल्ट्याएर कटवालको थमौती गराएको भन्दै माओवादी भारतप्रति कुद्ध थियो । त्यसमा पनि माओवादीका लागि राजदूत सुदको भूमिका पहिल्यैदेखि रुचीकर थिएन ।
कटवाल प्रकरणपछि सुद सहभागी सार्वजनिक कार्यक्रममा माओवादी कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरिरहेका थिए । त्यही समयमा उनले माओवादीसँग निहुँ खोज्न राकेश सुदलाई हात्ती चढाएर टीकापुर यात्रा गराउने योजना बनाए । राकेश सुद हात्ती चढ्न गए पनि ।
तर माओवादीको अवरोध भएपछि चौधरीले आफ्नै बाबुलाई हात्तीमा चढाएर बजार परिक्रमा गराए । त्यस क्रममा कालो झण्डा देखाउने माओवादी कार्यकर्तामाथि सुरक्षाकर्मीबाट व्यापक दमन भयो ।
अहिले संविधानसभा सदस्य रहेका हरि ज्ञवाली ‘अखण्ड’ सहित धेरै घाइते भए ।
ठगी धन्दामा पनि अब्बल
चौधरी आफूलाई सधैं ‘हार्ई प्रोफाइल’ व्यक्ति भएको देखाउन चाहन्छन् । रवाफिलो व्यवहार प्रदर्शन गर्नु उनको स्वभावै हो । साना कुरा कहिल्यै गर्दैनन् । दरबार, प्रज्वलशम्शेर र भारतीय दूतावासको ‘विश्वासपात्र’ दाबी गर्छन् ।
त्यही रवाफमा उनले विभिन्न धन्दा चलाउँदै आएका छन् । राकेश सुदलाई हात्तीमा घुमाउने योजना विफल भएलगत्तै उनले नेपालस्थित भारतीय दूतावासबाट ‘संस्कृति प्रवद्र्धन’ का नाममा ७२ लाखको प्रोजेक्ट लिएर गए । थारु केही गाउँमा थारु नाच देआए । अलिअली गाउँने र नाच्नेलाई दिए बाँकी आफैं खाए ।
आम्दानीको कुनै श्रोत नभएका उनको टीकापुर–९ मा फुलबारी रिसोर्ट र टीकापुरमै एफएम छ । वर्षेनी जग्गा जोडिरहेका छन् ।  दोश्रो संविधानसभा निर्वाचनको केही महिनाअघि बलचौरमा मन्दिर निर्माणका लागि भन्दै लंकीमा महायज्ञ लगाइएको थियो । यज्ञमा उनले मन्दिर निर्माणका लागि १ लाख नगद र २५ तोला सुन दिने घोषणा गरे ।
फुलबारी एफएमबाट प्रचार गराए । कार्यक्रम आयोजकबाट प्रमाणपत्र समेत थापे । तर दिन्छु भनेको सुन र पैसा अझै दिएका छैनन् । घोषण गरेको दान नदिएपछि शिव सेना नेपालका तर्फबाट ठूलै धम्की खाए । अझै सुन र पैसा दिएका छैनन् ।
रेशम चौधरी स्थानीय कैलाशेश्वर सामुदायिक वनका अध्यक्ष समेत हुन् । रुख फडानी गरेर वन अस्तव्यस्त बनाएको आरोप उनीमाथि लाग्दै आएको छ । सुरक्षा निकायलाई समेत हातमा लिएर वन तस्करी गर्ने गरेको गुनासो सर्वसाधारणको छ ।
त्यति मात्र होइन । फुलबारी एफएमको नाममा महोत्सव गराउने क्रममा उनले केही वर्षअघि अभिनेता राजेश हमाललाई कार्यक्रमको मुख्य अतिथि बनाए । राजेश हमालकै हातबाट फुलबारी टेलिभिजनको शिलान्यास गराए ।
हरि कडायत तत्कालिन टीकापुर विकास समितिको अध्यक्ष थिए । फुलबारी टेलिभिजन चलाउन भन्दै टीकापुरको चार कठ्ठा सरकारी जग्गा हडपे । उतिबेलै सञ्चार मन्त्रालयले टेलिभिजनको लाइसेन्स दिइसकेको दाबी गर्थे ।
चार वर्षभन्दा बढी भइसक्दा पनि टेलिभिजन सुरु गरेका छैनन् । तर अझैसम्म टेलिभिजन सुरु गरेका छैनन् । झण्डै ५० लाख मूल्यको सरकारी जग्गा हडपिरहेका छन् ।
बन्दुक काँघमा राखेर टीकापुर बजार  सरर
चौधरीसँग बारबोर बन्दुक छ । सन्की स्वभावका उनी बेलाबेलामा सहयोगीको मोटरसाइकल पछाडि बसेर काँधमा बन्दुक राखी टीकापुर बजार घुम्छन् । उनको त्यो रबैया देखेर स्थानीय बासिन्दा आजित छन् ।
खास गरी पहाडी समुदायलाई तर्साउन बन्दुक प्रदर्शन गर्ने गरेको आरोप उनलाई छ । बारबोर बन्दुकको लाइसेन्स दुई वर्षदेखि नवीकरण गरेका छैनन् । भारतीय राजदूतसमेत ल्याएर कार्यक्रम गरेको । प्रज्वल शम्शेरको धर्मपुत्र, दरबारनिकट । यही नाममा उनले सर्वसाधारणमाथि आतंक फैलाउने गरेका छन् ।
कसरी भयो घटना ?
साउन २८ मा टीकापुरमा भएको सभामा सदभावना अध्यक्ष राजेन्द्र हमतो, काँग्रेस सभासद् अमरेशकुमार सिंह र सुरेन्द्र चौधरीले हातहतियारसहित सडकमका आउन र पहाडी समुदायलाई खेद्न थारु समुदायलाई उरालेका थिए । रेशम पनि माला लगाएर अतिथिका रुपमा कार्यक्रमको मञ्चमा बसेका थिए ।
resham 2
त्यसको अघिल्लो दिन २७ गते राति रेशमको फूलबारी रिसोर्टमा उपेन्द्र यादव, महतो र सिंहले फूलबारी रिसोर्टमा थारु अगुवालाई भेला गरी उत्तेजक प्रशिक्षण दिएका थिए ।
सोही दिन पहाडी समुदायविरुद्ध आक्रमणको योजना बनाइएको थियो । त्यही कारण ७ गतेको नरसंहारपछि फुलबारी रिसोर्ट आक्रमणको निशानामा परेको हो । रेशम चौधरी आन्दोलन परिचालन कमिटी कैलाली क्षेत्र नम्बर–१ का संयोजक हुन् । पहाडी समुदायप्रति अति नै अनुदार छवि छ उनको । ७ भदौको आन्दोलनको नेतृत्व उनैले लिएका थिए ।
४ भदौमा धनगढीमा प्रमुख जिल्ला अधिकारीको मध्यस्तथामा सर्वपक्षीय सर्वदलीय बैठक बसेको थियो । बैठकमा काँग्रेस, एमाले, एमाओवादी, फोरम लोकतान्त्रिक, अखण्ड र थरुहट पक्षका प्रतिनिधिका साथै सुरक्षा निकायका प्रमुख र राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमका निमित्त क्षेत्रीय प्रमुख लगायत थिए ।
उक्त बैठकमा अखण्ड र थरुहट पक्षले एकअर्काको कार्यक्रममा हस्तक्षेप नगर्ने, हातहतियारसहित प्रदर्शन नगर्ने, तोडफोड आगजनी नगर्ने र सुरक्षालाई चुनौती दिने गतिविधि भए स्थानीय प्रशासनले कारबाही गर्ने तथा कारबाही गर्दा आन्दोलनकारीका तर्फबाट कुनै हस्तक्षेप नगर्ने सहमति भयो ।  रेशम सशस्त्र प्रहरीको गाडी चढेर बैठकमा पुगेका थिए ।
टीकापुरस्थित उग्रतारा सशस्त्र प्रहरी गणमा ६ गते साँझ त्यस्तै बैठक बस्यो । थरुहट पक्षले आन्दोलन शान्तिपूर्ण बनाउने बाचा ग¥यो । बाहिर शान्तिपूर्ण आन्दोलन गर्ने दाबी गरेका चौधरीले गाउँगाउँका थारु समुदायलाई एक घर दुई व्यक्तिका दरले घरमा भएको धारिलो हतियारसहित अनिवार्य आन्दोलनमा आउन उर्दी जारी गरे ।
आन्दोलनमा नआउनेलाई दिनको एक हजारका दरले जरिवाना लगाउने धम्की दिए । चौधरीकै निर्देशनमा मानिसहरु भाला, खुकुरी र खुँडासहित सडकमा आएका थिए । कतिपयले लठ्ठीको टेक्ने पट्टिको भागमा किला ठोकेर आएका थिए ।
मानिस धेरै आएपछि हौसिएक चौधरी आफैंले एसएसपी लक्ष्मण न्यौपानेमाथि आक्रमण सुरु गरेका थिए । त्यसपछि भिडले न्यौपानेसहित ८ प्रहरीको भाला, खुकुरी र बञ्चरो प्रहार गरी हत्या ग¥यो । एसएसपी न्यौपानेको अंग रक्षकको हतियार खोसेर एक दुई वर्षे नाबालकको गोली हानी हत्या गरियो ।
सिडिओ र सशस्त्रका डिआईजीसँग साँठगाँठ
पहाडी समुदायप्रति हदै अनुदार चौधरीले विवाह भने काठमाण्डुकी नेवार परिवारकी छोरी रञ्जिता श्रेष्ठसँग गरेका छन् । ससुराली नेवार भएकै आधारमा कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठसँग नजिकको सम्बन्ध बनाए चौधरीले ।
उनीहरुबीच टाढाको नाता सम्बन्ध पनि छ । रेशमको अत्तरियास्थित सशस्त्र प्रहरीका बाहिनीपति डिआईजी खडानन्द चौधरीसँग झन् राम्रो साँठगाँठ थियो । सुनसरी घर भएका खडानन्द विजयकुमार गच्छदारनिकट हुन् । पहाडी समुदायप्रति कडा रबैया राख्ने खडानन्द रेशमको ‘दारु पार्टनर’ थिए ।
सोही सम्बन्धका कारण नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेलाई आन्दोनलकारीले भाला र बञ्चरो प्रहार गरी हत्या गर्दासमेत खडानन्दले आन्दोलनकारीमाथि बल प्रयोग नगर्न बरु ‘सुरक्षित हुँदै पछि हट्न’ आफ्नो फोर्सलाई निर्देशन दिएका थिए ।

0 comments:

Post a Comment