Sunday, August 30, 2015

नेपालको घातक बलीङमा मलेसीया घाइते, मलेसियाद्धारा नेपालका सामु ७६ रनको चुनौती पेश


काठमाडौँ, भदौ १४ । मलेसियामा जारी यू १९ एसिसी प्रिमियर लिग क्रिकेटमा घरेलु टोली मलेसीयाले नेपालका सामु जम्मा ७६ रनको टार्गेट दिएको छ । खेलको सुरुवाती अवस्था देखि नै मलेसीया विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको नेपालले मलेसीयाका खेलाडीलाई दबाबमा राखेर खेल्न सफल भएसँगै मलेसीया जम्मा ७५ रनको झिनो स्कोरमा समेटीयो ।

मलेसीयाका पवनदिप सिंहले सर्वाधिक १७ रन जोडे । त्यस्तै शंकर सतिसले नट आउट १३ तथा भिमालयन पान्देनीले नट आउट १२ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । मलेसीयालाई ७५ रनमा समेट्न नेपालका आरिफ शेखले ४ विकेट लिए ।

त्यस्तै दिपेन्द्र श्रेष्ठ र दिपेन्द्र सिंह ऐरीले समान २ २ विकेट लिए भने सुशिल कँडेलले १ विकेट लिए । नेपालले केही बेरमा जवाफी व्याटींग गर्नेछ । यसअघि भएको पहिलो खेलमा नेपालले युएईलाई १ सय ४९ रनले पराजित गरेको थियो भने अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।


0 comments:

Post a Comment