Monday, August 31, 2015

छोरालाई मन्त्री नबनाए संविधान रोकिदिने राष्ट्रपतिको धम्की


काठमाडौं, १४ भदौ । २०५९ सालताका आम निर्वाचन हुन नदिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले जे जस्ता गतिविधि गरेका, यतिबेल राष्ट्रपति डा। रामवरण यादवले पनि संविधान निर्माण हुन नदिन त्यस्तै गतिविधि गरेका छन् ।   यादव राष्ट्रपति पदमा बहाल रहेसम्म संविधान जारी हुने कुरामा आशंका गर्न थालिएको छ । समाचार स्रोतका अनुसार राष्ट्रपति यादवले मुख्यतः तीनवटा शर्त अघि सारेका छन् ।   यी तीनवटा शर्तमध्ये एउटा शर्त उनी महामन्त्री रहिसकेको पार्टी नेपाली कांग्रेस सामू राखिएको छ । स्रोतका अनुसार वर्तमान व्यवस्थापिका संसद रहुन्जेल राष्ट्रपतिको नयाँ निर्वाचनको व्यवस्था गर्न नपाइने, अंगीकृत नागरिकमाथि संवैधानिक रुपमा कुनै भेदभाव गर्न नपाइने शर्त उनले राखेका छन् ।   यसैगरी, सभासद् समेत बनाइएका आफ्नो छोरा चन्द्रमोहनको राजनीतिक भविष्य सुनिनिश्चित गरिदिन (मन्त्री बनाइदिन) उनले माग राखेको कांग्रेस सभापति सुशील कोइरालाले निकटस्थहरुसँग जनाएका छन् । तरुण साप्ताहिकबाट

0 comments:

Post a Comment