Wednesday, August 5, 2015

चीनमा लामखुट्टे उद्योग


चीनमा ठूलो लामखुट्टे फ्याक्ट्री स्थापना गरिएको छ। डेंगु रोग फैलिएपछि यसलाई रोक्न चीनको ग्वान्झाउ प्रान्तमा लामखुट्टे फ्याक्ट्री स्थापना गरिएको हो। यो फ्याक्ट्रीबाट हरेक साता १० लाख स्टेरलाइज्ड लामखुट्टे छोड्ने गरिन्छ। फ्याक्ट्रीमा लामखुट्टे आउने वातावरण बनाउने र यस्ता लामखुट्टेलाई संक्रमणमुक्त गरी छोड्ने गरिन्छ। चीनमा डेंगु रोगले उत्पात मच्चाउन थालेपछि यस्तो लामखुट्टे फ्याक्ट्री स्थापना गरिएको हो। गत साता मात्रै चीनमा ४७ हजार मानिसलाई डेंगु रोग लागेको थियो।

0 comments:

Post a Comment