Wednesday, August 5, 2015

दलितको धर्नामा हस्तक्षेप गर्ने नियत थिएन: गृहमन्त्री


काठमाडौं, श्रावण २० - उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले मंगलबार काठमाडौंमा भएको दलित संघर्ष समितिको धर्नामा हस्तक्षेप गर्ने सरकारको नियत नभएको दाबी गरेका छन् । सभामुखको रुलिङपछि संसदको बुधबारको बैठकमा प्रष्टिकरण दिंदै गृहमन्त्रीले प्रहरीको बल प्रयोग योजनाबद्ध नभएको दाबी गरेका हुन् । ‘आकस्मिकरुपमा भएको दु:खद घटनाप्रति सरकार गम्भीर भएको छ, घटनाको छानबिन हुन्छ,’ उनले भने, ‘प्रदर्शनकारीलाई कुटपिट गर्ने नियत थिएन ।’ संविधानको पहिलो मस्यौदामा दलित अधिकार कटौति भएको भन्दै संयुक्त दलित संघर्ष समितिले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरी हस्तक्षेपमा समितिका संयोजकसमेत रहेका पूर्वसभासद् विनोद पहाडीसहित दर्जनभन्दा बढी घाइते भएका थिए । गृहमन्त्रीले प्रदर्शनकारीले सार्वजनिक सवारीमा ढुंगामुढा प्रहार गरेपछि बाध्य भएर प्रहरीले रोक्ने प्रयास गरेको बताए । गृहमन्त्रीको प्रष्टिकरणमा प्रदर्शनकारीलाई झन् आक्षेप लगाइएको भन्दै सभासद मानबहादुर विश्वकर्मालगायतले असन्तुष्टि जनाए ।

0 comments:

Post a Comment