Sunday, August 30, 2015

नेपालले भारतसँग आज मैत्रीपूर्ण फुटबल खेल्ने




काठमाडौं, भदौ १४ । नेपालको सिनियर राष्ट्रिय फुटबल टोलीले सोमबार(आज) भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।
काठमाडौंमा गत शनिवार सम्पन्न साफ अण्डर नाईन्टीन च्याम्पियनसिप फुटबलमा नेपाली युवा टोलीले उपाधि जितेसँगै सिनियर टोली केही उत्साहित र केही दबाबमा छ ।
अण्डर नाईन्टिन च्याम्पियनसिपको फाईनलमा भारतलाई पेनाल्टी शुट आउटमा हराउँदै नेपाल विजयी भएको थियो ।
भारतको पुनेमा सोमबार हुने सिनियर टोलीको भिडन्तमा पनि नेपाल विजयी हुने लक्ष्यमा साथ मैदानमा उत्रिदैछ ।
तर राष्ट्रिय टोलीले पछिल्ला खेलहरुमा गरेको निराशाजनक प्रदर्शन र गोलको खडेरी चिर्न भने सोमबार पनि निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।
नेपाली टोलीका नयाँ प्रशिक्षक बेल्जियन नागरिक प्याट्रिक असेम्सका लागि पनि आजको खेल दक्षिण एशियाली फुटबलमा पहिलो अनुभव हुनेछ ।
दुई वर्षअघि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा भारतलाई हराएको नेपाल आज त्यही सफलता दोहोर्‍याउने दाउमा छ ।

0 comments:

Post a Comment