Monday, August 31, 2015

रेखा थापाले बिहे गरौं भनेर जिद्दी गरिन भने ?



भाद्र १४, २०७२-
राजेश पायल राई, गायक

कुकुरले बिजुलीको खम्बा देख्नेबित्तिकै खुट्टा उठाउने कारण के होला ?
बिजुलीको खम्बासँग कुकुरको पुरानो दुस्मनी छ रे, त्यही भएर लु खा त भन्या रे ।

एउटी ल्याउँदा अर्की फ्रीको स्किम आयो भने के गर्नुहुन्छ ?
त्यो त काइदा नै हुने भो, अहिलेसम्म विवाह नगरेको भगवान्ले पनि हेर्दा रहेछन् भनेर सहर्ष स्वीकार्थे ।

यो दुनियाकै राम्री युवतीसँग डेटिङमा जान पाउनुभयो भने के गर्नुहुन्छ ?
म त अहिलेसम्म डेटिङ गएकै छैन, पाएको खन्डमा समय मिलाएर त्यो अनुभव पनि बटुल्थें ।

व्यस्त बजारमा कपडा फुस्कियो भने के गर्नुहुन्छ ?
त्यसलाई नियति भन्नुपर्ला, कथाले मागेको त भन्न मिलेन भन्दै फुस्किएको कपडा लगाउनुपर्ला ।

पुरुषले पनि मेकअप गर्न पाए के गर्लान ?
ए थाहा छैन, पुरुषले पनि मेकअप गर्छन् नि, केशमा कालो लगाउँछन्, क्रिम लगाउँछन् नि हौ ।

पिसाबबाट सवारी साधन चल्ने भयो भने ?
सुगर लागेको मान्छेको पिसाबले गाडिलाई पनि सुगर रोग सथ्र्यो होला ।

बुद्धको जन्मस्थल लुम्बिनी कहाँ पर्छ ?
मलाई झुक्याउने ? रूपन्देहीमा पर्छ ।

हामी कहिलेकाहीं खुसी हुँदा पनि रुन्छौं, किन ?
धेरै खुसी हुँदा नि रुने तन्तुसँग कनेक्सन भएर होला ।

साप्ताहिकमा केटाको ब्लो अप प्रकाशन गर्न के गर्नुपर्ला ?
केटाहरूको तिघ्राको रौं काटेर सलक्क पार्नुपर्छ ।

नेपाल लोडसेडिङ मुक्त क्षेत्र घोषणा भयो भने ?
टेलिभिजन र इन्टरनेट ढुक्कले चलाउन पाइन्थ्यो ।

सूर्य किन पश्चिमबाट उदाउँदैन ?
पूर्वमा अस्ताउन नमिल्ने भएर ।

रेखा थापाले बिहे गरौं भनेर जिद्दी गरिन भने ?
उनी पनि भर्जिन नै छिन रे, के फरक पर्छ र ?

स्रोत - साप्ताहिक

0 comments:

Post a Comment