Sunday, August 30, 2015

गगन थापाले गरे आफ्नै मृत्युको घोषणा


नेपाली काङ्ग्रेसका युवा नेताका रूपमा प्रचारित गगन थापाले आफ्नो मृत्युको घोषणा आफैँले गरेका छन् । प्रहरी इन्कान्टरमा मारिएका कुमार घैटेको मृत्युको विषयलाई लिएर उनले गरेको कार्यकलापले यस्तो परिस्थितिको जन्म भएको हो ।    थापाले नेपाली काङ्ग्रेसका नेता तथा सभासद् जगदीश्वरनरसिंह केसी, सभासद् भीमसेनदास प्रधानसहित राष्ट्रिय मानवअधिकार आयोगमा पुगेर घैंटे इमानदार भएको नजिर पेस गरे । हुन त मानिसको मृत्यु अप्रियकर विषय हो तर पनि यो प्रकरणले गगन थापाको घैटेसित नाजायज र शङ्कास्पद सम्बन्धबारे उठेका अनेकौँ प्रश्नहरूको उत्तर दिएको छ । यसअघि गगन थापाले बेला–बेलामा मदिरा पार्टी गराउने र त्यहाँ डनहरूको बाक्लो उपस्थित हुने गरेको कुरा बाहिर आउने गरेका थिए । गगनले डनहरूलाई संरक्षण, प्रोत्साहन र हौसला प्रदान गर्दै आएका थिए । यो कुराको सही प्रमाण अहिले उनी आफैँले दिएका छन् ।   घैंटे मारिनुलाई गगन थापाहरू प्रहरी ज्यादती मान्दछन् । प्रहरीहरू यसलाई आफ्नो कर्तव्य ठान्दछन् । गगन थापालाई निचन्नेहरूले उनलाई उदार विचार राख्ने, नेपाली राजनीतिमा राम्रो सम्भावना भएका नेताको रूपमा बुझ्ने ठूलै पङ्क्ति थियो तर उनको असलीयत जति जति छर्लङ्ग हुँदैछ, उति उति उनको छबि पनि ध्वस्त हुँदै गएको छ । नेपाली राजनीतिमा हरियो घाँसभित्र लुकेको साँपको रूपमा रहेका गगन थापा राजनीतिलाई आफ्नो कमाउ–धन्दाको रूपमा प्रयोग गर्ने मानिस हुन् भन्ने कुरा पनि पुष्टि भएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा गुन्डा-डन प्रयोग गरेर सर्वाधिक भोट सङ्कलन गरी जितेका गगन थापाका गुप्त काम कारबाहीहरू अनेक रहेको बताइन्छ ।

फ्री तिब्बतवाला डलरवादी (कथित मानव अधिकारवादी) सुदीप पाठकको व्यवस्थापकीयमा उनी राष्ट्रिय मानव अधिकार आयोगमा पुगेका थिए । कृत्य फाइलहरू खडा गरी थापा अहिले अनेक संस्थाहरूमा दौडधूप गरिरहेका छन् । जनताको प्रश्न छ– डन मारिँदा गगनलाई यत्रो चिन्ता !     कुमार घैंटे प्रकरणसित नुवाकोटे काङ्ग्रेसीहरूको आन्तरिक लडाइँ प्रमुख कारण रहेको बताइन्छ । नुवाकोटे नेपाली काङ्ग्रेसका नेता रामशरण महत र अर्जुननरसिंह केसी एकले अर्कालाई ज्यानीदुश्मन ठान्दछन् । उनीहरूको बोलचालसमेत हुँदैन । हरेक निर्वाचनमा उनीहरूको मारमुङ्ग्री हुने गरेको छ । कुमार घैंटेलाई तह लगाउन सक्दा आफ्नो शक्ति सञ्चय हुने कारणले महत काङ्ग्रेसीहरूको मिलोमतोमा यो काम भएको मान्ने आधारहरू प्रसस्त रहेका छन् । यो कुरालाई के कुराले पनि प्रमाणित गर्दछ भने वर्तमान अर्थमन्त्री रहेका रामशरण महत वैशाख १२ मा आएको शक्तिशाली भूकम्पपछि बाँडेको जस्ताकाण्डमा नराम्ररी मुछिएका मन्त्री हुन् । अर्थमन्त्री महतका पीए रमेश महतले जस्तापाता बेचेर खाएका थिए । रमेश महत रामशरण महतका आफ्नै सहोदर भतिजासमेत हुन् । त्यो प्रकरण घटाउन र प्रचारबाजी गर्नमा नुवाकोटे केसीखलकहरू हात धोएर लागेको अरोप महतहरूले त्यतिखेरै लगाएका थिए । यो प्रकरणले महतलाई निकै गहिरो पीडा दिएको थियो । रामशरण महत यसको प्रतिरोध र प्रतिशोध लिन चाहन्थे । त्यसकारण महतले प्रहरी अधिकारीहरूसित मेसोमेलो मिलाएर कुमार घैंटे प्रकरण घटाएका हुन् ।    त्यसैगरी, नेपाली काङ्गे्रसको महाधिवेसन पनि नजिकिँदैछ । यो महाधिवेसनमा नुवाकोटे काङ्ग्रेसी मनुवाहरूको ठूलो लडाइँ हुनेवाला छ । गगन थापा यो महाधिवेसनमा महामन्त्रीमा उठ्ने चर्चा चलाइएको थियो । यो विषयलाई महतहरूले निकै गम्भीरतापूर्वक लिएका थिए । गुन्डा परिचालनको रेखदेख र परिचालनमा माहिर गगन थापा त्यसैको आडमा महामन्त्री हुने सक्ने आँकलन केसीहरूको थियो । केसीहरू क्ुनै पनि हालतमा गगन थापालाई महामन्त्रीबाट रोक्नु थियो । गगन थापा महामन्त्री हुनु भनेका केसीहरूको शक्तिमा वृद्धि हुनु थियो । केसीहरूको शक्ति वृद्धि हुनु भनेको रामशरण महतलाई खपिसक्नु हुँदैनथ्यो । फेरि अर्जुनरसिंह केसी पञ्चायतको राजनीति छाडेर नेपाली काङ्ग्रेसमा प्रवेस गरेका राजनीतिकर्मी हुन् । कैयौँ काङ्ग्रेसीजनहरू अहिले पनि केसीलाई मण्डले÷राजावादी भन्न रुचाउँछन् । हुन त रामशरण महतको पनि छबि पनि राम्रो छैन । यसकारण केसीहरूको राजनीतिक शक्तिको क्षयीकरण गराउन पनि यो घटना घटाइएको देखिन्छ ।    यसका साथै, गगन थापा अर्जुननरसिंह केसीका आफ्नै ज्वाइँ हुन् । उनीहरूको पारिवारिक सम्बन्ध सुमधुर हुने नै भयो । केसीहरूले गगन थापाको छबीलाई आफ्नो र आफ्नो पारिवारिक छबिको रूपमा पनि लिने गर्दछन् । केही समयअघि बीबीसी नेपाली सेवामा बोल्दै अर्जुननरसिंह केसीले यस्तै भाव व्यक्त गरेका थिए । गगन थापाको हरेक प्रगतिमा केसीखलकले आफ्नो शान÷रवाफ देख्ने गर्दछन् । त्यसैले यो कुराले महतहरूमा भित्रभित्रै ठूलो छटपटाहट बनाएको थियो । यसकारण पनि यो घटना सुनियोजित रूपमा घटाइएको हो भन्ने कुरामा कुनै शङ्का छैन ।    अर्को सन्दर्भ पनि के हो भने काठामाडौँ महनगरवृत्तका प्रमुख एसएसपी हालका सर्वेन्द्र खनाल महत्वाकाङ्क्षी प्रहरी अधिकृत हुन् । उनी आफ्नो सहकर्मीहरूलाई उछिनेर बढुवा हुन चाहन्छन् । यसलाई खनालले राम्रो अवसरको रूपमा लिएका थिए । केही समयपछि सरकार परिवर्तन हुने र त्यसपछिको अवस्थामा कसको के अवस्था हुन्छ भन्न नसकिने भएकोले खनालले आफ्नो महत्वाकाङ्क्षा पूरा गर्न यो कदम उठाएको हुन् भन्ने आधार पनि नभएका होइनन् । साथै, प्रहरीहरूका लेनदेनमा भएका भागवण्डामा किचलो आएका कारण पनि यो घटना भएको हो भन्नेहरू पनि निकै रहेका छन् । त्यसैले पनि यो प्रकरण नेपाली काङ्गे्रेसको राजनीतिक शक्ति सङ्घर्ष र त्यसवरिपरि रहेका शक्तिमा आसिन व्यक्तिहरूको महत्वाकाङ्क्षाका कारण यो प्रकरण भएको देखिन्छ ।    यो प्रकरणसित अर्को सन्दर्भ पनि जोडिएको छ । त्यो हो कथित सङ्घीयतासहितको संविधानको मस्यौदाको घोषणा । नेपाली जनताको चाहना र हितविपरीत भएको गृहकार्य  र तत्अनुरूप ल्याइएको संविधानका मस्यौदालाई लिएर देशभर आन्दोलनहरू उठिरहेका छन् । यो आन्दोलनलाई गृह प्रशासनको त के कुरा, सिङ्गो राज्य संयन्त्र नियन्त्रण राख्न सक्ने हैसियतमा देखिँदैन । कैलालीको टिकापुर घटनाले यो कुराको सटीक जवाफ दिइसकेको छ । तसर्थ, जनताको न्यायिक आन्दोलनलाई मत्थर गर्न वा विषायान्तर गर्न सरकारको निर्देशनमा प्रहरी प्रशासनद्वारा यो घटना घटाइएको हो भन्ने कुरामा दुईमत छैन । एमालेनिकट डन चरीको हत्यापछि बिग्रिएको एमाले पार्टी र प्रहरी प्रशासनको सम्बन्ध सुधार्न पनि नेपाली काङ्ग्रेसनिकट रहेको कुमार घैंटेको हत्या भएको हो भन्ने विश्लेषण पनि कम्ती दमदार रहेको देखिँदैन । नेपाली राजनीति कहिल्यै पनि आदर्शमा अघि बढेन । नेपाली राजनीति भनेको विकृति र विसङ्गति हो भन्ने कुरालाई राजनीतिक दलहरू र तिनका नेताहरूका क्रियाकलापले बारम्बार प्रमणित गर्दै आएको छ । कुमार घैंटे प्रकरण पनि त्यही विसङ्गति र विकृतिको अर्को शृङ्खला हो । गुन्डा र डनहरू प्रयोग गरेर आर्थिक सङ्कलन गर्ने, तिनका मनि, मसल र मिडिया प्रयोग गरे निर्वाचन जित्ने काम नेपाली राजनीतिमा संस्थागत हुँदै आएको छ । यो संसद्वादीहरूको मूलमन्त्र पनि हो ।    पछिल्लो चरणमा यो काममा सबैभन्दा अगाडि गगन थापा उभिएका थिए । नेपाली राजनीतिको आबरणमा पश्चिमा शक्तिकेन्द्रद्वारा पालित पोषित गगन थापा राजनीति अबरणमा हुर्कंदै गरेका सर्वाधिक खतरानाक डन हुन् । त्यसैले उनले आफ्ना सहयोगी डन कुमार श्रेष्ठ उर्फ कुमार घैंटेको हत्यामा भएभरको शक्ति लगाएर रोइकराई गरिररहेका छन्, शक्तिकेन्द्र धाइरहेका छन् । हुन त उनी आफू पनि शक्तिकेन्द्रद्वारा परिचालित भए पनि आफ्ना प्रभुहरूको सेवामा लागिरहेका छन् । करिब एक दर्जनजति डनहरू गगन थापाले अहिले पनि परिचालन गरिरहेका छन् । उनी ती डनहरूको रक्षा गर्न चाहन्छन् । आफ्नो राजनीतिक जीवनको रक्षार्थ ती डनहरू नभईकन नहुने कुरामा थापा अति विश्वस्त रहेका छन् । आफ्नो राजनीतिक रक्षाका कारण पनि गगन थापा यसरी खुलेर डनहरूको पक्षमा लागेका हुन् ।    नेपाली जनताको न्यायिक आन्दोलनलाई सरकारले नृशंस दमन गरिरहेको यतिखेर गगन थापालाई अरू कसैको मतलव छैन । उनलाई मतलव हुने कुरा पनि भएन । उनलाई गुन्डा÷डनहरूको मतलव छ । उनलाई कुमार घैंटेहरू चाहिएको छ । यो प्रकरणले के कुरा स्पष्ट गरेको छ भने राजनीतिकर्मी गगन थापाले आफ्नो मृत्युको घोषणा आफैँले गरेका छन् । नेपाली राजनीतिमा अब गगन थापाहरू विलाएका छन्, हराएका छन्, सिद्धिएका छन् । अब डन गगन थापाहरू मात्र बाँकी रहेका छन् । अन्तमा नेपाली काङ्गे्रसका युवा नेता गगन थापाको असमायिक मृत्युमा हार्दिक श्रद्धाञ्जली अर्पण गरौँ । साथै, डन गगन थापाबाट सजग र सतर्क रहन सबै न्यायप्रेमी जनसमुदायमा विनम्र अनुरोध पनि गरौँ ।

0 comments:

Post a Comment