Sunday, August 30, 2015

ताकेरै पेट्रोल पम्पमा सुतली बम प्रहार, एक घाइते



विराटनगर, भदौ १३ । विराटनगरमा संयुक्त मधेसी मोर्चाले सुतली बम प्रहार गरेको छ। विराटनगरमा अवस्थित एफलाल एण्ड सन्स पेट्रोल पम्पले आफूहरूले गरेको बन्दको अवज्ञा गरेको भन्दै बम प्रहार गरेको मोर्चाले जनाएको छ ।

बम प्रहारबाट तेल भर्न आएका एक जना घाइते भएका छन् । बमको छर्राले लागेर घाइते भएका विराटनगरका अजय पाण्डेको मोरङ सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment