Thursday, August 6, 2015

सिंगो गाउँ पहिरोको जोखिममा



पर्वत, श्रावण २२ । पर्वतको देउराली–६ को सिंगो गाउँ पहिरोको जोखिममा परेको छ । गत असार ८ गतेदेखि गाउँ माथिबाट निरन्तर पहिरो बग्न थालेपछि सिंगो गाउँ पहिरोको जोखिममा परेको हो । देउराली–६ को जयले गाउँका १८ परिवार पहिरोको खतरामा परेका छन् । पहिरोले स्थानीय नेत्रकुमारी शर्माको घर पुरिएको छ भने पिताम्बर चापागाई, कृष्णप्रसाद चापागाई र तुलसीप्रसाद पौडेलको परिवार विस्थापित भएको छ । गत वैशाख १२ र २९ गते गएको भूकम्पका कारण ठाउँठाउँमा चर्किएको पहाड नै खसेपछि  सिंगो गाउँ जोखिममा परेको हो । गतवर्ष सामान्य रुपमा पहाड चर्किएर लेदो खसे पनि यसवर्ष ठूलो क्षेत्रफल ओगटेर पहिरो गएको हो



0 comments:

Post a Comment