Thursday, August 6, 2015

​फ्राइडे रिलिज: ‘सपना तिम्रो मेरो, मिसन इम्पसिबल र बंगिस्तान





काठमाडौंः शुक्रबार नेपालको ‘सपना तिम्रो मेरो’, हलिउड सिनेमा ‘मिसन इम्पसिबल ः रग नेसन’ र बलिउडको ‘बंगिस्तान’ रिलिज भएका छन्।। यीमध्ये टम क्रुज स्टारर मिसन इम्पसिबल बहुप्रतिक्षित हो।  रेशराज आचार्य निर्देशित ‘सपना तिम्रो मेरो’मा सविन श्रेष्ठ, सुशान्त कार्की र जान्वी बोहोराको मुख्य भूमिका छ। रेशको लेखन एवं निर्देशन रहेको फिल्ममा एक्सन, रोमान्स समेटिएको छ।  टम क्रुजको ‘मिसन इम्पसिबल’को पछिल्लो सिक्वेललाई स्पाइ र थ्रीलर जानरामा राखिएको छ। क्रिस्टोफर म्याकवायर निर्देशित फिल्ममा टमले जहाजमै झुन्डिएर खतरनाक एक्सन पस्किएको जनाइएको छ।  अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)लाई लुटेराबाट लुटिन जोगाउनका लागि टमले एक जासुसको भूमिकामा अभिनय गरेका छन्। अघिल्लो घोस्ट प्रोटोकल सिक्वेलमा टम सिआइए जासुसको रोलमा थिए। अहिलेसम्म यसले विश्व बक्सअफिसमा १३४ मिलियन डलर कमाइसकेको छ।  ‘बंगिस्तान’ शुक्रबार लाग्ने एक्लो बलिउड फिल्म हो। रितेश देशमुख, पलकित सम्राट, ज्याकलिन फर्नान्डिज अभिनित यो फिल्मलाई कमेडी एवं सटायर जानरामा राखिएको छ। करण अंशुमान निर्देशित फिल्म नेपाली मल्टिप्लेक्समा समेत लाग्नेछ।

0 comments:

Post a Comment