Thursday, August 6, 2015

गाउँमा वितरण गर्न लगिएको ३६ लाख ६० हजार रुपैंया चोरी


हुम्ला, साउन २२ -  गाविसमा वितरण गर्न लगिएको सामाजिक सुरक्षाको रकम गाउँबाटै चोरी भएको छ । हुम्ला जिल्लाको सबैभन्दा धेरै जनसंख्या रहेको मैला गाविसका वृद्ध, अशक्त, बालबालिका, एकल महिला, दलित र कर्णाली रोजगार शीर्षकको गाउँमा वितरण गर्न लगिएको ३६ लाख ६० हजार रुपैंया चोरी भएको हो ।
गाविसमा वितरण गर्न गाविस सचिव टंकदत्त प्याकुरेलले गाविसकै कर्मचारी हस्त थापाको मैला ४ थापागाउँमा रहेको घरमा राखेको रकम चोरी भएको हो । सदरमुकाम सिमीकोटदेखि ४८ कोष टाढा रहेको मैला गाविसमा जिल्लाकै सबैभन्दा बढी जनसंख्या रहेको छ । घटनावारे अनुसन्धानको लागि गाविस सचिव सहित ५ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको डिएसपी प्रहरीले जनाएको छ । गाविसभरी ५२ लाख रकममध्ये १६ लाख रकम वडा नं ७ र ८ काँडागाउँ जिमानामा वितरण भइसकेको र बाँकी वडाको वितरण गर्न रहेको रुपैंया घरमा राखेको अवस्थामा चोरी भएको खवर आएको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment