Thursday, August 6, 2015

अखण्ड सुदुरपश्चिम माग गर्दै अनिश्चितकालिन बन्द


कैलाली, श्रावण २२ । अखण्ड सुदूरपश्चिमको माग गर्दै अनिश्चितकालीन सुदूरपश्चिमाञ्चल बन्द आह्वान गरिएको छ । सुदूरपश्चिमलाई नटुक्र्याउन नेताहरुलाई दबाब दिन स्थानीयबासिन्दा आन्दोलित भएका हुन् ।
बन्दमा सबैजसो राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताको समर्थन छ । बन्दका कारण सुदूरपश्चिमका ९ जिल्लाका जनजीवन प्रभावित भएको छ । प्रदर्शनकारीहरु सुदूरपश्चिमाञ्चलका सबै जिल्लालाई एउटै प्रदेशमा राख्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले संविधानको मस्यौदामा प्राप्त सुझाव र सुदूरपश्चिमाञ्चलका जनताको भावना विपरित गएर संविधान जारी भए अस्वीकार गर्ने चेतावनी दिएका छन् ।


0 comments:

Post a Comment