Monday, August 31, 2015

के गर्दैछन् हरि पराजुली ?


काठमाडौं, भदौ १५ – असार १५ गते धान दिवसका दिन गोठाटारमा महिलामाथि दुव्र्यवहार देखाएको भनी मिडियाबाट चौतर्फी विरोध भएपछि कृषि विकास मन्त्रीबाट राजीनामा दिएका हरिप्रसाद पराजुलीले नै अहिले पनि सो मन्त्रालय चलाउने गरेका छन् । वामदेव गौतमले मन्त्री निवासका दुईवटा ब्लक लिएका छन् । ती दुईमध्ये एक व्लकमा बसेर पराजुलीले कृषि मन्त्रालय चलाउने गरेका छन् । कृषिका फाइलहरु हेर्ने, सरुवादेखि विभिन्न निर्णय पराजुलीले नै गर्ने र सदर मात्र उपप्रधानमन्त्री वामदेव गौतमले गर्दै आएका छन् । पराजुलीले संकेत गरेपछि मात्रै पराजुलीले फाइल सदर गर्दैआएको बुझिएको छ । कृषिका विदेश भ्रमणका फाइलसमेत पराजुलीबाटै सदर हुने गरेका छन् । राजीनामा दिएपछि पनि कृषि मन्त्रालयका कर्मचारीहरु पराजुलीलाई नै वास्तविक मन्त्री भन्ने गर्छन् । वामदेव त सही गर्ने मन्त्री मात्रै हुन् । पराजुलीले नै आफूलाई कृषिमन्त्री हुन नदिएको भनी वामदेवनिकट अर्का नेता बलराम बास्कोटा आक्रोसित छन् । बास्कोटालाई मन्त्री बनाए आफ्नो हैकम नचल्ने देखेर पराजुलीले छिर्के हानेपछि वामदेवले नै कृषि मन्त्रीको जिम्मेवारी लिएको बताइन्छ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

0 comments:

Post a Comment