Wednesday, July 13, 2016

"साहित्य एक सागर हो" । -सुरज तामाङ

सुरज तामाङ, गजलकार 
युवा साहित्यकार सुरज तामाङ युवा पुस्ताका एक सम्भावना बोकेका शसक्त गजलकार हुन् । रोजगारको शिलशिलामा कोरियामा रहेका तामाङ परदेशमा भएर पनि साहित्यलाई जीवनकै प्रतिबिम्ब मान्ने सुरज सानैदेखी गजल लेख्न र पढ्न रुचाउँथे । उनै सुरज संग  रबि धितालले गर्नु भएको कुराकानीको केही अशं यहाँ प्रस्तुत गरिएको छ ।
 
०स्वागत छ तपाईलाई ? 
हार्दिक धन्यवाद
 ०के मा ब्यस्त हुनुहुन्छ ? 
पर्देशमा छु काम गर्दै छु पर्देश तिर ।
० गजल यात्रा कसरी सुरु भयो ?
गजल यात्रा मैले इन्टरनेटको सहाराले गरे इन्टरनेटको माध्यमले नै अग्रजहरु सगं भेट्नी मौका पाए ।
० कती साल देखि गजल लेख्न थाल्नु भयो ?
गजल लेख्न थालेको एक वर्ष जती भयो । पहिला लेखिन थियो तर नियममा बाधियर हैन किन कि गजलको पहिला ज्ञान थिएन । गजलका नियमहरु थाहाँ थिएन । एक वर्ष भयो नियममा बोधेर लेख्न थालेको चाहिँ ।
० कहाँ जन्म भयो ?
मेरो जन्म भक्तपुरमा भयो ।
०कस्तो छ परिवारमा साहित्यीक क्षेत्रको लागि सपोर्ट ?  
परिवारको सबै सदस्यहरुले धेरै सपोर्ट गर्नु हुन्छ । मेरो हरेक कार्यमा परिवारले धेरै धेरै सपोर्ट साथै हौसला बडाउनु हुन्छ ।
० आफ्नो सिर्जना सुरुमा कसलाई सुनाउनु हुन्छ? 
 मेरो फेसबुकका मित्रहरुलाई सुनाउने गर्द छु । भोइस मेसेजको माध्यम बाट ।
० तपाईको सिर्जनाको पहिलो स्रोता को हुन ?  
मेरी प्रेमिका नै मेरो सिर्जनाको पहिलो स्रोता हुन ।
० कसको प्रेरणाले यो क्षेत्रमा प्रबेस गर्नु भयो? 
म सानै देखि पत्रीकाहरु पढ्थी । आफ्नो बुबा सगं साथै कोपिला पत्रीका धेरै पढ्थी र त्यहाँ भाको कथा कविता धेरै पढ्थी र आफै नि कविता कोर्न थाल्थी जानी नजानी। म आफ्नो बुवाको प्रेरणाले यो क्षेत्रमा प्रबेस गरे  ।
० साहित्य तपाईको बिचारमा के हो? 
साहित्य मेरो बिचारमा एक सागर हो किन कि सागर बाट तपाईले जती नै बाल्टीन पानी झिक्नुस कहिले रितिदैन हो । साहित्य नि ठिक त्यस्तै हो । तपाईले जती शब्द झक्नुस तर साहित्य कहिले रितिदैन । त्यहि  भएर म चाहिँ भन्छु साहित्य एक सागर हो ।

० साहित्यबाट प्रेम बसेको छ कि छैन?

 छैन ।
० पढाई कस्तो थियो ?
पढाइमा राम्रो नै थिए । राम्रो विधार्थी मै गनिन्थी म ।
० नेपाल बाहिर बसेर कलम चलाउनु हुन्छ कस्तो छ प्रबासी तागत? 
हामी लाख को सख्यांमा प्रवासमा छौ । दिनहु हामी समाजिक सन्जालहरुबाट समाचारहरु हेर्छौ देशको नराम्रो समाचार सुन्दा यती असैय पीडा हुन्छ कि म तेस पीडाको व्याख्या गर्न सक्दिन सो पीडा लाई आक्रोशलाई आफ्नो डायरी या फेसबुकको वालमा राखे पछि मनमा शान्ति छौउछ ।
० साहित्यमा लागेर मात्र बाँच्न सकिन्छ त ?
गाह्रो छ  त अब हामीले सजिलो बनाउनुपर्छ । कथा र उपन्यासका लेहकहरु चाहीँ लेखेरै अर्थोपार्जन गर्न सफल छन् । कविता लेखेरै त बाँच्न गाह्रो छ । तर कसैबाट केही पाइन्छ भनेर लेख्दिन ।

० कतीको सपोर्ट पाउनु भएको छ प्रबासी साथिहरुको ? 
धेरै भन्दा धेरै सहयोग तथा सपोर्ट गर्नु हुन्छ साथै हौसला बडाइ दिनु हुन्छ र सम्पुर्ण मित्रहरु धन्यवाद दिनु चाहन्छु ।
० जसको साथले आज यहाँ हुनुहुन्छ त्यो ब्यक्ती को हो? 
मेरो बुवा सुरेन्द्र तामाङ मलाई जसले मलाई सानै देखि पत्रिकाहरु पढनमा रुचि बढाइ दिनु भयो साथै इलाम निवासी सुर्य साम्बा सर अनि राम चन्द्र दाजु उहाँ हरुले गजल सिकाउनु भयो मलाई ।
० बाचुन्जेल साहित्यलाई कुन रुममा लग्ने सोच छ ?
जब सम्म यी  हातले कलम समाउन सक्छ तब सम्म म कलम चलाई नै रहने छु। लागि रहने छु साहित्य सोच बनाएको छु भबिष्यमा गएर केहि किताब निकाल्ने छु। आफ्नो छायाँ बनाइ सगैं लागि रहने छु साहित्यमा ।
० अन्त्यमा पत्रिका मार्फत ?
म सधै युवाहरुलाई रचनात्मक कार्यमा लाग्न प्रेरणा दिन्छु । अध्ययन नै जीवनको सार हो । कला, संस्कृति र ज्ञानको अध्ययनले व्यक्तित्व सबल बन्छ सधैँ उर्जा्िशल हौँ । रचनात्मक होऔँ । मलाई यो क्षेत्रमा सहयोग पु¥याउने सबैलाई धन्यवाद र आभार । मलाई सधै साथ दिनु हुने देश बिदेशमा रहनु भएको मेरो सम्पूर्ण साथी आफन्त लाई मिठो सम्झना । रवि जी लाई पनि धन्यवाद । पत्रिकाको सम्पुर्ण टिमलाई धन्यवाद ।


Monday, July 4, 2016

असार २१ गते। मंगलबारको राशिफल

वि.सं. २०७३ साल असार २१ गते। मंगलबार। इश्वी सन् २०१६ जुलाई ५ तारिख। नेपाल संवत् ११३६ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– प्रतिपदा, १५:३३ बजेउप्रान्त द्वितीया।


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन्। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिनेछन् भने काम बिग्रने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
काममा लगनशील बन्न नसक्ता शुभचिन्तकहरूले आलोचना गर्न सक्छन्। वादविवादले काममा बाधा पुर्याउन सक्छ। प्रतिस्पर्धीहरूले सक्रियता बढाउलान्। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ।प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
ठूलो फाइदा उठाउन नसकिए पनि नियमित काम सम्पादन हुनेछन्। जमघटले अलमल बढाउन सक्छ। आँटले काम लिन नसक्दा केही पछि परिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् भने बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउ“दै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। ऋणमोचन हुने सम्भावना छ। मध्याह्नदेखि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा दिगो काम प्रारम्भ हुन सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। मध्याह्नदेखि आम्दानी बढ्नेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले साथ दिनेछन्। मध्याह्नपछि अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नपछि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। कमजोरीले चिन्ता बढाउन सक्छ। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मेहनत गर्दा भाग्यले साथ दिनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। प्रेम वा मित्रताको बन्धन कसिने समय छ। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। तापनि सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। मेहनत गर्दा चिताएका काम बन्नेछन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। अधिकार र प्रतिष्ठा सफल भइनेछ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त होला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
समयको मागअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। मध्याह्नदेखि काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला।
नेपाली पात्रोबाट 

यौन इच्छा पूरा गर्न खोज्दा करोडपति कंगाल बने

काठमाडौं, २० असार । मानिसका चाहना पनि अनौठा अनौठाका हुन्छन् । यिनै चाहना पूरा गर्ने क्रममा मानिसले करोडौ खर्च गर्दछ । आफ्नो चाहना पूरा गर्न एक चिनियाँ नागरिकले पनि करोडौं रुपैयाँ गुमाउन पुगेका छन् । ती व्यक्तिको नाम हो यु मार्टिन शू ।


करोडपति शुलाई हलिउडका महिला सेलिब्रिटीसँग यौन सम्पर्क राख्ने इच्छा पलाएपछि उनले संसारभरका एस्कोर्ट कम्पनीलाई खवर गरे । सिड्नीमा रहेको एक कम्पनी रोयल कोर्ट एस्कोर्टले उनको यो इच्छा आफूले पूरा गरिदिने तर यसका लागि पैसा धेरै लाग्ने भन्यो । आफ्नो इच्छा पूरा गर्न जतिपनि पैसा खर्च गर्न तयार रहेको शुले बताए ।

शूले हलिउड नायिका मेगन फक्ससँग यौन सम्पर्क राख्ने माग गर्दै उक्त कम्पनीको बैंक खातामा ३७ लाख डलर जम्मा गरिदिए । कम्पनीले मेगान फक्सको ठाउँमा अरुको व्यवस्था गरिदिने भनेपछि शुले अस्विकार गरे अनि आफ्नो पैसा फिर्ता गर्न भने । तर कम्पनीले शूको पैसा फिर्ता गरेन ।

अहिले पैसा फिर्ता नगरेपछि शूले कम्पनीका विरुद्ध मुद्दा दायर गरेका छन् ।

रोयल कोर्ट एस्कोर्ट कम्पनीका मालिक भारतीय नागरिक दिजजीत डियन सिंह उप्पल हुन् । यो कम्पनीले मुम्बईमा सेवा प्रदान गर्दै आएको दावी गरेको छ । सुरुमा बलिउड क्यारियर बनाउन खोजेका दिलजीतमाथि आफ्नो बाबुको हत्या गरेको पनि आरोप छ ।

महिलाहरु किन बन्दैछन् आक्रामक र अपराधी ?

अपराधको दुनियामा सधै पुरुषकै बोलवाला रहने गरेको छ । तर पछिल्लो एक तथ्यांकले भने अब महिलाहरु पनि आपराधिक मोर्चामा पुरुषहरुसँगै काँधमा कदाँध मिलाउँदै अघि बढ्न थालेको देखाएको छ ।

सन् १९९९ दखि २००० र सन् २००७ देखि २००८ को बीचमा महिला अपराधीको संख्या दोब्बर भएको छ । बेलायत र वेल्सका जेलहरुमा सन् १९९३ देखि २००५ को बीचमा महिला अभियुक्तहरुको संख्या ३ गुणाले बढेको थियो । यद्यपि हाल उक्त संख्यामा कमी आएको छ  । तर नब्बेको दशकको तुलनामा ती बेलायत र वेल्सका जेलहरुमा दुइ हजार बढि महिला अपराधीहरु छन् ।


विश्व इतिहासका कालखण्डमा विभिन्न महिगलाहरुले हिंश्रक गतिविधि गरेको पढ्न पाइन्छ । तर महिलाका यस्ता गतिविधि पुरुषहरुको तुलनामा कम हुन्छन् । विश्वमा हुने आपराधिक घटनामा अहिले पनि ८० प्रतिशत हिस्सा पुरुषकै हुने गरेको छ ।

तर पछिल्लो समयमा महिलाहरुमा हिंश्रकता तथा आपराधिकता बढ्दै गएको  शोधकर्ताहरु बताउँछन् । समाजशास्त्रीहरुका अनुसार महिलाहरुको स्वतन्त्रताको नारासँगै उनीहरुमा आक्रामकता पनि बढेको छ । महिलाहरुको हातबाट हुने अपराधका घटनामा बढोत्तरी हुनुको एउटा मुख्य कारण यो पनि हो ।

बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापक फ्रान्सिस हिडेन्सन भने महिलाहरुहरुले गर्ने अपराधमा वृद्धि भएको भएपनि त्यो अहिले गरिएको होहल्ला जस्तो स्तरमा नपुगेको बताउँछन् ।

प्रायः महिलाहरुले आफ्नै चिनेजानेका मानिसहरुको विरुद्धमा अपराध गर्दछन् । र, उनीहरुको अपराधका सिकार बच्चा, अपांग तथा वृद्धहरु हुन्छन् । उनीहरु लुकेर अपराध गर्दछन् । आफ्नै हातबाट अपराधकर्म गर्ने मात्र होइन धेरै महिलाहरु ऋपराधमा रमिते तथा मतियार समेत बन्दछन् । विभिन्न खाले आतंकवादी घटना, मानव तथा लागु औषध तस्करी, हत्या लगायतका संगठित अपराधमा समेत महिलाहरु पुरुष अपराधीसँग मिलेर काम गर्ने गरेको पाइएको  छ।
अनौठो त के भने महिलाहरुमाथि हुने हिंसाहरुमध्ये अधिकांस त महिलाबाटै भएका हुन्छन् । त्यस्तै घरभित्र बच्चाहरुमाथि हुने यौन अपराधका घटनामध्ये १० देखि २० प्रतिशत घटनाको पछाडि महिलाको हात गरेको हुन्छ ।

बेलायतमा एक वर्षभन्दा कम उमेरका शिशुहरुको हत्याका अधिकांस घटनामा महिलाकै हात रहेको पाइएको छ ।

मनोवेत्ताहरुका अनुसार महिलाहरु हिंश्रक तथा अपराधी बन्नुका पछाडि प्रायः घरेलु हिंसा प्रमुख कारकतत्वको रुपमा रहेको हुन्छ । बाल्यकालमा विभिन्न खाले हिंसा भोगेका महिलाहरु पछि गएर आपराधिक मनोवृत्तिका बन्ने गरेको अध्ययनले देखाएको छ ।

एउटै घरमा छुट्टै भान्छा गर्नेले पनि दुई लाख अनुदान पाउने

२० असार, काठमाडौं । सरकारले गतबर्ष भूकम्प जानुअघि नै मालपोत कार्यालयबाट अंशवण्डा कागज पारित गरिसकेको तर एउटै घरमा छुट्टै भान्छा गरेर बसेको परिवारलाई छुट्टै घरपरिवार मानेर अनुदान रकम दिने निर्णय गरेको छ ।

यसअघि सरकारले एउटै घरमा बसेका तर फरक भान्छा गर्दै आएको परिवारलाई छुट्टै परिवार मान्ने की नमान्ने भन्नेबारे स्पष्ट पारेको थिएन ।


यस्तै मालपोत कार्यालयबाट अंशवण्डा नभएका परिवारले पनि छुट्टै परिवारको रुपमा अनुदान पाउने भएका छन् । तर त्यसका लागि गत वर्षको बैशाख १२ गतेअघि नै छुट्टै घर बनाएर बसेको हुनुपर्नेछ । र त्यो परिवारलाई केन्द्रीय तथ्यांक विभागले छुट्टै परिवारको रुपमा सूचीकृत गरेको हुनुपर्नेछ ।

यसका साथै स्थानीय अधिकारीको रोहबरमा हुने सरजमिनमा समेत छुट्टभिन्न भएको प्रमाणित हुनुपर्नेछ । सरकारले उल्लेखित मापदण्ड पूरा भएका परिवारलाई छुट्टै परिवार मानेर अनुदान उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै जग्गाधनीको मृत्यु भई हकवालाहरुमा नामसारी गर्न बाँकी रहेको र हकवालाले मृत्यु दर्तासहित निवेदन दिएमा हकवालाहरुमध्ये एक जनाले अनुदान रकम पाउने छ । तर त्यसरी अनुदान पाउन सबै हकवालाको मन्जूरी आवश्यक पर्नेछ ।

यस्तै भूकम्प प्रभावित परिवारको तथ्यांकमा नाम सूचीकृत भइसकेको तर अनुदान सम्झौता अघि नै आफ्नै पैसाले घर बनाउनेलाई पनि सरकारले अनुदान रकम दिने निर्णय गरेको छ । तर त्यसरी बनेको घरको प्राविधिक जाँच भने पास हुनुपर्नेछ ।

घरको प्राविधिक जाँच सरकारले खटाएको इञ्जिनियरहरुले गर्नेछन् र भूकम्प प्रतिरोधी रहेको प्रमाणित हुनुपर्नेछ ।

राजधानीमा फेरि सुरु भयो पेट्रोलको लाइन

२० असार, काठमाडौं । राजधानीमा शनिबारदेखि पेट्रोल पम्पहरुमा अस्वाभाविक रुपमा सवारीको लाइन देखिएको छ । यो लाइन अझै कम भएको छैन ।

शुक्रबार परेको अविरल वर्षाले काठमाडौं आउने ट्यांकरहरु मुग्लिन-नारायणगढ सडकखण्डमै रोकिँदा आजसम्म पनि राजधानीमा तेलको अभाव देखिएको हो ।

आयल निगमले शुक्रबार रक्सौलबाट आएका सबै ट्यांकरहरु काठमाडौं नआएपछि शनिबार तेल वितरण नै गरेन । त्यसैकारण शनिबारदेखि पम्पहरुमा देखिएको उपभोक्ताको लाइन आजसम्म कायमै छ ।
आयल निगमका प्रवक्ता मुकुन्द घिमिरे शनिबार एक दिन पेट्रोल वितरण नगर्दा आजसम्म पनि लाइन नहटेको स्वीर्काछन् ।

‘आइतबार हामीले ६ लाख २३ हजार लिटर पेट्रोल बजार पठाएका थियौं । आज पनि ५ लाख लिटर गएको छ,’ घिमिरेले भने ‘आपूर्ति बढाएकाले अब पेट्रोलपम्पमा लागेको लाइन विस्तारै हट्नेछ ।’

काठमाडौंमा दैनिक ४ देखि साढे ४ लाख लिटर पेट्रोलको माग हुन्छ । वर्षको समयमा एकदिन मात्रै बाटो अवरोध भएर पेट्रोल आपूर्ति रोकिँदा बजारमा हाहाकार सुरु भइहाल्छ ।

आयल निगमले थानकोट डिपोको भण्डारण क्षमता कमजोर भएकाले यस्तो अवस्था आएको बताएको छ । तर, आपूर्ति रोकिँदा पनि फूल गरेर राखिएको डिपोको पेट्रोल बजार पठाउन निगमले आनाकानी गर्ने गरेको छ ।

‘एक-दुई दिनभन्दा बढी आपूर्ति रोकियो भने थानकोट डिपोबाट नै लामो समयमसम्म आपूर्ति गर्नुपर्ने हुन्छ । त्यसैले डिपोको तेल चलाइहाल्न अप्ठेरो छ,’ घिमिरेले भने ‘त्यही पनि हिजो र आज हामीले थानकोट डिपोबाट पनि तेल दिएका छौं ।’

काठमाडौंमा एक दिन तेल आपूर्ति रोकिँदा पम्पमा लामो लाइन देखिनु सामान्यजस्तै भएको छ । दुई वर्षअघि नै थानकोट डिपोको भण्डारण बढाउने योजना बनाएको निगमले काम भने सुरु गरेको छैन । त्यसैकारण उपभोक्ताले सास्ती खेपिरहनुपरेको छ ।

५ झुट, जसले सम्बन्धलाई टुटाइदिन सक्छन्

सम्बन्ध चाहे जुनसुकै होस् यदि त्यसमा विश्वास, प्रेम तथा एक अर्कोप्रति गरिने इज्जतको अभाव छ भने त्यस्तो सम्बन्ध हुनु र नहुनुको कुनै अर्थ रहँदैन ।

सम्बन्धमा इमान्दारीता हुनु सबैभन्दा महत्वपूर्ण हुन्छ । जबसम्म इमान्दारीता रहन्छ तबसम्म कुनैपनि आँधीबेहेरीले सम्बन्धलाई हल्लाउन सक्दैन तर यदि सम्बन्धमा झुटको प्रवेश भयो भने त्यसले सम्बन्ध टुटाउन कुनै बेर लाग्दैन ।


आमरुपमा मानिसहरु सधै साधुजस्तै सत्य बोल्न सायद सम्भव पनि छैन होला । त्यसलै आपसी सम्बन्धमा पनि साना ठूला झुट बोलिएकै हुन्छ । मानिसहरुले दाम्पत्य सम्बन्धमा बोल्ने मुख्य ५ झुट जसले सम्बन्धलाई टुटाइदिन सक्दछन् ती यस्ता छन्ः

१. के तपाइँलाई लाग्दछ की ऊ केवल तपाइँको मात्रै हो ? ऊ केवल तपाइँकै बारेमा मात्र सोँच्दछ ? हुनसक्छ उसले तपाइँलाई धोका दिइरहेको हुनसक्छ । उसको जिवनमा तपाइँ बाहेक अरुपनि हुनसक्छ र त्यो कुरा उसले लुकाइरहेको हुनसक्छ । आफ्नो विवाह भैसकेको वा अफेयरमा रहेको कुरा लुकाउनु यस्तो झुट हो, जुन धेरैले बोल्दछन् । त्यसैले सम्बन्धको सुरुवात गर्नुअघि यस विषयमा आस्वस्त भएर मात्र अघि बढ्नु आवश्यक हुन्छ ।

२. कहिलेकाहीँ मानिसहरु आफ्नो आर्थिक अवस्थाको विषयमा पनि झुटो बोल्दछन् । सामुन्नेको मानिसलाई प्रभावित पार्नका लािग झुटो शान तथा रवाफ देखाउने बानी हुन्छ धेरैको । प्रेम वा दाम्पत्य सम्बन्धमा समेत आर्थिक अवस्थाको विषयमा झुटो बोल्ने धृष्टता गर्नु निकै प्रत्युत्पादक हुने निश्चित हुनछ । त्यसैले कसैसँग सम्बन्धको सुरुवात गर्नुअघि उसले देखाउने आर्थिक हैसियतको रवाफका विषयमा राम्रोसँग क्रसचेक गर्नु आवश्यक हुन्छ ।

३. कहिलेकाहीँ मानिसहरु परिवारसँग सम्बन्धि विषयमा पनि झुटो बोल्दछन् । आफ्नो परिवारका मानिसहरुको व्यवहार तथा उनीहरुका अन्य विषयमा पनि सही कुरा बोल्दैनन् ।

४. कहिलेकाहीँ मानिसहरुले दोहोरो चरित्रमा सम्बन्धलाई अघि बढाउँछन् । उनीहरुको वास्तविकता एउटा हुन्छ तर अर्कै रुपमा प्रस्तुत हुन्छन् । तर यस्तो झुट लामो समयसम्म टिक्दैन र कुनैदिन वास्तविक कुरा बाहिर आएरै छाड्छ ।

५. कहिलेकाहीँ मानिसहरु आफ्नो रोगको विषयलाई पनि लुकाउँछन् । जिउमा कुनै रोग भएपनि स्वस्थ रहेको झुट बोल्दछन् र सोही अनुरुपको व्यवहार गर्दछन् । तर यसरी कुनै बिमारी लुकाउनुले सम्बन्धमा दरार त ल्याउँछ नै जिवनलाई नै बर्बाद गरिदिन सक्छ ।

रोनाल्डो भर्सेस बेलः रियल मड्रिड ‘युद्ध’

काठमाडौं । युरोकप २०१६ मा वेल्स र पोर्चुगल बाहेक शायद अरु कुनै त्यस्तो टिम छैन, जसको परिचय सिंगो एउटा खेलाडीसँग जोडिएको हुन्छ । र, बुधबार दुबै टिम फाइनलमा स्थान बनाउन लियोनमा भिड्दैछन् ।

ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डो, रियल मड्रिडमा टिममेट हुन् र, महंगे मूल्यमा स्पेनिस जाइन्टमा आवद्ध भएपछि पहिलो पटक देशको प्रतिनिधित्व गर्दै एक आपासमा भिड्दैछन् ।

उनीहरु फुटबल मैदानमा एकअर्काविरुद्ध उत्रन लागेको पहिलो पटक भने होइन । उनीहरु पहिलो पटक प्रिमियर लिगमा २००८/०९ मा पहिलो पटक भिडेका थिए । जहँँ रोनाल्डोको म्यानचेष्टर युनाइटेडले बेलको टोटनहृयामलाई ५-२ ले हरायो ।


उक्त खेलमा पोर्चुगिज रोनाल्डोले गोल समेत गरे । तर, वेल्सम्यान बेलले करिव तीन मिनेट मात्र मैदानमा विताए ।

उनीहरु दोस्रो पटक सिजन २०१०/११ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भिडे । रोनाल्डो रियलबाट खेलेका थिए र घरेलु मैदानमा भएको खेलमा ४-१ ले विजयी भएको उनको टोलीले अवे खेलमा १-० को जित निकाल्यो ।

अहिले फेरि रोनाल्डो र बेल भिड्दैछन् । तर, ठाउँ र अर्थ फरक छ । उनीहरु क्लब होइन, देशको प्रतिनिधित्व गर्दैछन् ।

रोनाल्डो दोस्रो पटक युरोकपको फाइनल खेल्न चाहन्छन् । यसअघि २००४ मा खेलेका थिए । र, पोर्चुगलले सेमिफाइनलसम्म यात्रा गर्नुको रोनाल्डोको प्रेरणादायी भूमिका छ ।

खासगरी नकआउट चरणमा स्थान बनाउन पोर्चुगलले हंगेरीसँग ३-३ को बराबरी खेल्दा रोनाल्डोले दुई गोल गरेका थिए भने अर्को गोलका लाागि पास मिलाएका थिए ।

अर्कोतिर बेलले इतिहास बनाइसकेका छन् । ५८ वर्षपछि ठूलो प्रतियोगिता खेलेको वेल्स पहिलो पटक युरोपियन च्याम्पियनपसिपको सेमिफाइनलमा पुगिसकेको छ ।

समूह चरणमा तीन गोल गरेका उनले त्यसपछिका दुई खेलमा भने गोल गरेका छैनन् । तर, वेल्सले यहाँसम्म यात्रा गर्नुमा वेलले प्रेरणादायी भूमिका खेलेका छन् ।

अब अब अन्तिम क्षणको प्रतिक्षा भइरहेको छ । तर, रियल मड्रिडका समर्थकहरुका लागि खुसीको कुरा के छ भने जसले जिते पनि रियलकै खेलाडी फाइनलमा पुग्नेछन् ।

तीन करोड राजस्व सङ्कलन

वीरगन्ज, २० असार । वीरगन्ज उपमहानगरपालिका क्षेत्रमा लामो समयदेखि विद्युत् चोरी, अनियमितता एवम् महसुल नतिर्ने ग्राहकलाई कारबाही गरी रु तीन करोड ३० लाख विद्युत् महसुल सङ्कलन गरिएको छ ।


नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र वीरगन्जका अनुसार मधेस आन्दोलन र अन्य असुरक्षाका कारण लामो समयदेखि विद्युत् अनियमिता गर्ने करिब ५०० ग्राहकको विद्युत् कटौती गरी विगत तीन महिनामा उक्त रकम असुल गरिएको हो । कार्यालय प्रमुख चुटुनकुमार श्रीवास्तवले छ महिनाभन्दा बढी समयदेखि विद्युत् महसुल नतिरी कालोसूचीमा परेकाहरुबाट रु २० लाख ६५ हजार राजस्व सङ्कलन गरेको बताउनुभयो ।

करिब ५९ हजार विद्युत् ग्राहक रहेको सो कार्यालयले तीन महिनामा विद्युत् चुहवाट गर्ने ८० जनालाई कारबाही गरी रु नौ लाख जरिवाना गरी राजस्व सङ्कलन गरेको छ । मासिक रु १६ करोड मूल्य बराबरको विद्युत् बिक्री वितरण गर्ने कार्यालयले पुरानो बाँकी बक्यौता तथा मासिक महसुलबाट प्रतिमहिना १०९ प्रतिशत राजस्व सङ्कलन गरिरहेको श्रीवास्तवको भनाइ छ ।

त्यस्तै कार्यालयले विद्युत् चुहावट तीन प्रतिशतमा झारेको दाबी गरेको छ । विद्युत् चोरी अनियमितता, तार चोरीलगायतका कार्य नियन्त्रण भइरहेको र सेवाग्राहीको काम छिटो छरितो रुपमा सम्पन्न भएको कार्यालयले जनाएको छ । रासस

चीनबाट इन्धन ल्याउने प्रस्ताव परराष्ट्र मन्त्रालयमा

काठमाडौँ, २० असार । आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ ।

गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने र तीन स्थानमा भण्डारण केन्द्र खोल्नेलगायत सम्झौता भएको थियो ।

व्यवस्थापिका– संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आजको बैठकमा आपूर्ति मन्त्री गणेशमान पुनले आफूहरुले कार्यदल गठन गरी चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्नेसम्बन्धी प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको जानकारी दिनुभयो ।


उहाँले सो प्रतिवेदनमा कर र यातायातबारे स्पष्ट हुन बाँकी रहेकाले कूटनीतिक संयन्त्रबाट छलफल हुने बताउनुभयो । सरकारले इन्धनमा भारतसँगको एकाधिकार कायम नराखी चीनसँग कुल मागको ३३ प्रतिशत पेट्रोलियम पदार्थ आपूर्ति गर्ने योजना बनाएको छ ।

मन्त्रालयका निमित्त सचिव उत्तमप्रसाद नागिलाले भने राजनीतिक नेतृत्व र कूटनीतिक नेतृत्वबाट सो सम्बन्धमा छलफल भएपछि खरिदका लागि सहजता हुने बताउनुभयो ।

समितिले एलपी ग्यास आपूर्तिलाई व्यवस्थित गराउने सम्बन्धमा यसअघि दिइएको निर्देशनको कार्यान्वयन अवस्था, ग्यास सिलिन्डरको गुणस्तर र उपभोक्ताको हितका सम्बन्धमा मन्त्री, सचिव, सम्बन्धित निकायका प्रमुख, उद्योगी र उपभोक्ता अधिकारकर्मीलाई आमन्त्रण गरी छलफल गरेको हो ।

नेपाल आयाल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले ४५० थान ग्यास ल्याउने बुलेट खरिदको प्रक्रिया पनि अघि बढाएको जानकारी दिनुभयो । उहाँले डिपोहरुको स्तरोन्नति र पुनःनिर्माणबारे काम भइरहेको बताउनुभयो ।

समितिका सभापति भीष्मराज आङ्देम्बेले समितिका निर्देशन पालना भए÷नभएको सम्बन्धमा सरकारले प्रतिवेदन नदिएको, उपभोक्ताका अधिकार कुण्ठित हुने स्थिति भएको र वर्षायामको नाममा पुनः इन्धन अभाव गराउने प्रयत्न भएकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नारायणगढ–मुग्लिन सडकखण्डमा अवरोध भएको नाममा पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी सुरु भएकाले तत्काल छानबिन गरी कारबाही गर्न माग गर्नुभयो । समितिको मङ्गलबारको बैठकमा पनि सो विषयमा छलफल हुनेछ । रासस

मोर्चाको गतिविधि आज पनि उस्तै

काठमाडौँ, २० असार । नेपालको संविधानप्रति फरक धारणा राखेर आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक पनि बहिष्कार गरेको छ ।

सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।


त्यसको लगत्तै सभामुख घर्तीले मोर्चा सांसद बृजेशकुमार गुप्ताले संविधानका अन्तर्वस्तुका विषयलाई लिएर मोर्चाले नौ महिनादेखि सडक आन्दोलन र अनसनमा रहँदा प्रमुख राजनीतिक दल र सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

आन्दोलनकारीका मागलाई सम्बोधन नगर्ने हो भने देश दुर्घटनामा जान सक्ने पक्षलाई हेक्का राख्न चेतावनी दिँदै उहाँले आन्दोलनकारी दलका कार्यकर्तालाई भड्काउने खेलमा सरकार उद्यत भएको भनी आलोचना गर्नुभयो ।

मोर्चाले उठाएका माग पूरा नभएसम्म सदनको बैठक बहिष्कार गर्ने कार्य जारी रहने जानकारी दिँदै बैठकबाट उहाँलगायत मोर्चासँग आबद्ध सांसदहरु बाहिरिनुभएको थियो । रासस

मेसीले सन्यास फिर्ता लिए ! आगामी नोभेम्बरदेखि मेसीले अर्जेन्टिनाका लागि खेल्ने दाबी

अर्जेन्टिना, असार २० । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएलगत्तै अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि निराश भएका प्रशंसकहरुका लागि खुसीको खबर आएको छ ।


अर्जेन्टिनाबाट प्रकाशित हुने ‘ला नेसन’ अखबारका अनुसार मेसीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सहभागिता जारी राख्ने भएका छन् । आगामी नोभेम्बरबाट हुने विश्वकप क्वालिफाइ चरणका खेलमा उनी अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा उत्रिने भएका छन् ।

अर्जेन्टिनी टिमकै पूर्व सदस्यलाई उद्धृत गर्दै सो अखबारले मेसी पुनः राष्ट्रिय टिममा फर्कने दाबी गरेको हो ।

आगामी सेप्टेम्बर र अक्टोबरमा हुने खेलमा भने उनी नखेल्ने जनाइएको छ । तर नोभेम्बरदेखि मेसीले अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा आफ्नो कला देखाउने सो अखबारको दाबी छ ।

मेसीलाई सन्यासको निर्णय फिर्ता लिन अर्जेन्टिनाका राष्ट्रपति, महान फुटबलर डियागो म्याराडोना, मेसीका सहकर्मीहरु लगायत लाखौं शुभचिन्तकले आग्रह गर्दै आएका छन् । (एजेन्सी)

Sunday, July 3, 2016

जिविस सिरहामा बम विस्फोट गराउने चार वर्षपछि पक्राउ

लहान, २० असार । जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गराई विगत चार वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गर्ने तथा हातहतियार खरखजाना मुद्दामा समेत संलग्न आरोपमा सिरहाको हाकपरा गाविस–६ निवासी २६ वर्षीय विलक्षण यादवलाई पक्राउ गरेको हो ।

तत्काल जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह) मा आबद्ध भई २०६८ सालमा कुकर बम विस्फोट गराउने तथा हातहतियार खरखजाना मुद्दामा समेत संलग्न रहेकाले यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको हो ।

करणी मुद्दामा हलुवाइलाई थुनामा राख्न आदेश

स्थानीय एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिरहाको गोलबजार नगरपालिका–५ निवासी चन्देश्वर भनिने चन्दे साह हलुवाइलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

पीडितको जाहेरीको आधारमा पक्राउ परेका हलुवाइविरुद्धको जबर्जस्ती करणी मुद्दामा आइतबार भएको सुनुवाइमा अदालतले हलुवाइलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

आदेशअनुसार आइतबार साँझ नै हलुवाइ पुर्पक्षका लागि सिरहा जिल्ला कारगार पठाएको छ ।
गत २०७३ वैशाख १५ गते गोलबजार नगरपालिका–५ निवासी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी फरार रहेको भन्दै प्रहरीले हलुवाइलाई पक्राउ गरेको थियो । रासस

विद्युत् महसुल बढाउने निर्णय फिर्ता लिन माग

काठमाडौँ, २० असार । नेपाल विद्युत् प्राधिकरणले साउन १ गतेबाट २२ प्रतिशतसम्म विद्युत् महसुल बढाउने भनी गरेको निर्णयको नेकपा माओवादीले विरोध गर्दै फिर्ता लिन माग गरेको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्धारा आइतबार जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी सङ्घर्षमा जाने उल्लेख गरिएको छ ।


“ नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ” महसुल वृद्धिबारे पार्टीको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमा भनिएको छ “यदि यो निर्णय फिर्ता लिइएन भने पार्टी देशव्यापी रुपमा यसका विरुद्ध कडा सङ्घर्षमा जाने विषय अवगत गराउँदछ ।”

प्राधिकरणले हालै घाटा र सेवा शुल्क कारण देखाई आगामी साउन १ गतेबाट लागू हुने गरी विद्युत् महसुलमा ११.२५ देखि २२.१५ प्रतिशतसम्म मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो ।

मूल्य वृद्धिमा निजी विद्युत् कम्पनीको स्वार्थ, विदेशी विद्युत् कम्पनीबाट महँगो मूल्यमा विद्युत् आयात गर्ने रणनीति, विद्युत्को खरिदमा डलरको खेती र विद्युत् प्राधिकरण, विद्युत् महसुल निर्धारण आयोग तथा सम्बन्धित मन्त्रालयका सचिव एवम् सरकारको भ्रष्टाचार एवम् कमिसनको खेल खेल्ने उद्देश्य अन्तरनिहित भएको बताउँदै विज्ञप्तिमा विद्युत् अधिकार जनताको आधारभूत आवश्यकताअन्तर्गत खानेपानी पछिको दोस्रो महत्वपूर्ण पक्ष हो भनिएको छ । रासस

यी हुन् सबैभन्दा फास्ट इन्टरनेट भएका देशहरु

विश्वमा सबैभन्दा तिव्र गतिको इन्टरनेट भएको देश कुन हो ? अमेरिकास्थित क्लाउड सर्भिस प्रदायक संस्था अकामाइले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार दक्षिण कोरिया विश्वमा सबैभन्दा तिव्र गतिको इन्टरनेट भएकेा देशमा पहिलो स्थानमा रहेको छ ।
रिपोर्ट अनुसार दक्षिण कोरियाको औषत इन्टरनेट स्पीड २९ एमबीपिएस रहेको छ भने पिक स्पीड १०३.६ एमबीपीएस रहेको छ ।
औषत कनेक्सन स्पीडमा नर्वे दोश्रो स्थानमा छ भने स्विडेन तेश्रो, हंगकंग चौथो, स्विजरल्याण्ड पाँचौ स्थानमा रहेका छन् । त्यस्तै लाटभिया, जापान, नेदरल्याण्ड, चेक गणतन्त्र तथा फिनल्याण्ड क्रमशः पाचौँबाट दशौँ स्थानमा रहेका छन् ।

त्यस्तै उच्चतम कनेक्सन स्पीडको हिसाबले सिंगापुर पहिलो स्थानमा रहेको छ । सिंगापुरमा इन्टरनेटको पिक कनेक्सन स्पीड १४६.९ एमबीपीएस रहेको छ । हंगकंग दोस्रो,  इण्डोनेसिया तेश्रो तथा दक्षिण कोरिया चौथो स्थानमा रहेका छन् । कतार पाचौँ, मकाओ छैटौँ, जापान सातौँ, ताइवान आठौँ, रोमानिया नवौँ र मंगोलिया दशौँ स्थानमा रहेका छन् ।
औषत इन्टरनेट स्पीडको हिसाबले चीन १०० औँ, तथा भारत ११४ औँ स्थानमा रहेका छन् ।
तथ्यांक अनुसार नेपालको औषत इन्टरनेट स्पीड ३.८ एमबीपीएस रहेको छ । पछिल्लो ४ महिनामा इन्टरनेट स्पीडमा सबैभन्दा धेरै सुधार गर्ने देशमा नेपाल पनि परेको छ । यो अवधिमा नेपालको औषत इन्टरनेट गतिमा ९१ प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख छ ।
विश्वको इन्टरनेट गतिको सम्बन्धमा अकामाइले सार्वजनिक गरेको सन् २०१६ को पहिलो त्रैमासिक रिपोर्ट, स्टेट अफ द इन्टरनेट रिपोर्ट अनुसार अघिल्लो वर्षको सोही अवधिको भन्दा हाल विश्वको औषत कनेक्सन स्पीडमा २३ प्रतिशतले वृद्धि  भएको छ । जुन अहिले ६.३ एमबीपीएसमा पुगेको छ । त्यस्तै विश्वको इन्टरनेटको पिक कनेक्सन स्पीडमा १४ प्रतिशतले वृद्धि भएर ३४.७ एमबीपीएस पुगेको छ ।
त्यस्तै मोबाइल इन्टरनेट स्पीडको हिसाबले बेलायत पहिलो स्थानमा रहेको छ भने अल्जेरिया पुछारमा रहेको छ ।

नयाँ राजनीतिक चहलपहल सुरु

असार २०, काठमाडौं–माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल लिने निर्णय गरेलगत्तै अर्को बहुमतीय सरकार गठनको जोडघटाउ सुरु भएको छ । ठूला दलमध्ये कांग्रेसले एमाले, एमालेले कांग्रेसको नेतृत्व स्विकार्ने स्थिति तत्काल नदेखिएकाले नेताहरू अर्को बहुमतीय सरकारकै जोडघटाउमा लागेका हुन् । एमालेसँग सम्बन्ध चिसिएपछि एमाओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा तथा कांग्रेस नेता विमलेन्द्र निधि, डा. प्रकाशशरण महतलगायतका दोस्रो तहका नेताहरूबीच संवाद बाक्लिएको छ । स्रोतका अनुसार दुवै पक्षका नेताहरूले बजेट पारित भएलगत्तै एकैपटक वक्तव्यमार्फत अर्को सरकार गठनको पहल थाल्ने आन्तरिक सहमति गरेका छन् । ‘माओवादीका तर्फबाट सरकारलाई दिइएको समर्थन फिर्ता लिने र कांग्रेसले पनि सरकार गठनका लागि आह्वान गर्नेगरी वक्तव्य निकाल्ने विषयमा छलफल चलिरहेको छ,’ स्रोतले भन्यो ।

माओवादीले राष्ट्रिय सहमतिको सरकार गठनको पहल गर्ने निर्णय लिए पनि त्यो अर्को बहुमतीय सरकार गठन गर्ने कसरतका लागि भएको एमालेको बुझाइ छ । माओवादीले एमालेसँगको गठबन्धन पहिले तोडोस्, त्यसपछि आफ्नै नेतृत्वमा बहुमतीय सरकार गठन गर्ने कांग्रेसको तयारी रहेको बुझाइका कारण एमालेले माओवादी निर्णयबारे कुनै औपचारिक प्रतिक्रिया नै जनाएको छैन । ‘हामी राष्ट्रिय सहमतिकै पक्षमा छौा, तर अहिले त्यस्तो कुनै आधार देखिादैन,’ सचिव प्रदीप ज्ञवालीले भने, ‘कांग्रेसको जोड जसरी पनि एमाले–माओवादी सहकार्य तोडाउने कुरालाई माओवादी साथीहरूले बुझ्न नसक्नु बिडम्बनाको कुरा हो ।’
राष्ट्रिय सहमतिविनै माओवादीले सरकारबाट समर्थन फिर्ता लिए एमाले प्रतिपक्षमा बस्न तयार देखिएको छ । कांग्रेस प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सामेल हुन तयार नदेखिएकाले सहमतिविना कांग्रेस या माओवादी नेतृत्वको सरकारमा जाने कुरा राजनीतिक र नैतिक हिसाबले सही नहुने अडानमा एमाले छ । ‘राष्ट्रिय सहमतिविनै गठबन्धन बनाउने कुरा आयो भने हामी प्रतिपक्षमै बस्छौा,’ सचिव ज्ञवालीले भने ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भेटेर शनिबार पार्टीको निर्णय जानकारी गराएका छन् । स्रोतका अनुसार एमालेसँगको नौबुँदे सहमति कार्यान्वयन नभएकोमा पार्टी हेडक्वार्टरको बैठकमा असन्तुष्टि प्रकट भएको भन्दै उनले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।
यसैबीच सरकार परिवर्तनको खेलमा फोरम लोकतान्त्रिकका असन्तुष्ट नेता जितेन्द्र देवसँग माओवादी र कांग्रेसका दोस्रो तहका नेताहरू निरन्तर छलफलमा छन् । देवसँग माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा तथा कांग्रेस नेता विमलेन्द्र निधि र रमेश लेखक निरन्तर छलफलमा छन् । स्रोतका अनुसार उनीहरूको छलफल बाक्लो भए पनि परिस्थिति परिपक्व बनाउने भन्दै भेटघाट र छलफल गोप्य राखिएको छ ।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको माओवादी केन्द्र बजेट पारित भएलगत्तै सरकार परिवर्तनको एजेन्डालाई निष्कर्षमा पुर्‍याउने तयारीमा देखिएको छ । २४ असारमा आर्थिक वर्षको बजेट पारित गर्ने संसद्को कार्यसूची छ । त्यसअघि २२ गते माओवादीले एमालेसँगको नौबुँदे सहमति र सरकार परिवर्तनका विषयमा छलफलका लागि पोलिटब्युरो बैठक बोलाएको छ । ‘उहाँ (प्रचण्ड) बैठकका एजेन्डालगायत तयारीका काममा निवासमै व्यस्त हुनुहुन्छ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव जोगबहादुर महराले भने ।
दलहरूले स्थानीय, प्रदेश र संसद्को चुनावलाई लक्षित गर्दै नयाँ सरकार गठनलाई हेरेका छन् । यस्तोमा सकेसम्म आफौ नेतृत्व गर्ने सोचमा प्रमुख दलहरू छन् । एमालेको नेतृत्वमा चुनावमा जाँदा भएका कामको जस सबै एमालेले लिादा आफूलाई घाटा पुग्ने माओवादी आाकलन छ । त्यसैले बरु सरकार फेरेर सके आफ्नै नेतृत्वमा सरकार बनाएर जाँदा पार्टीलाई चुनावबाट स्थापित गराउन सक्ने दाउमा माओवादी छ । दुई ठूला दल कांग्रेस र एमाले पनि चुनावी सरकार आफ्नै नेतृत्वमा बनाउन चाहन्छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

सम्झौता समीक्षा गर्न परराष्ट्रसचिव चीनमा

असार २०,काठमाडौं–परराष्ट्रसचिव शंकरदास बैरागीको नेतृत्वमा चार सदस्यीय नेपाली टोली आइतबार बेइजिङ आएको छ । परराष्ट्रसचिवस्तरीय नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको बैठक स्थगित भएपछि बैरागीको टोली बेइजिङ आएको हो ।
नेपालमा हुनुपर्ने परामर्श संयन्त्रको बैठक चीनको आग्रहमा स्थगित गरिएको थियो । बैरागी नेतृत्वको टोली सम्झौता समीक्षा वार्ताका लागि बेइजिङ आएको हो । गत अप्रिलमा नेपाल सरकारले चीन र भारतसँग भएका सम्झौता–समझदारीलाई कार्यान्वयन गर्न परराष्ट्रसचिवको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । त्यही समितिको टोली समीक्षा बैठक गर्न चीन आएको हो ।
चीनका लागि कार्यबाहक राजदूत निर्मलराज काफ्लेका अनुसार बैठकमा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको समयमा तथा त्यसअघि भएका सम्झौता तथा समझदारी र विगतमा भएका अन्य सम्झौताको कार्यान्वयनका विषयमा छलफल गरिनेछ । ‘समझदारी र सम्झौताको कार्यान्वयन गर्ने विषयमा छलफल हुनेछ, भएका प्रगतिको समीक्षा गर्ने र अगाडि कसरी बढ्ने विषयमा छलफल गर्ने हो,’ काफ्लेले नयाँ पत्रिकासँग भने ।
टोलीले सोमबार चीनका परराष्ट्रमन्त्री वाङ यीसाग भेट गर्दैे छ । त्यस्तै राज्यमन्त्री खोङ सुुवान्योसाग शिष्टाचार भेट गर्नेछ । राज्यमन्त्री खोङसागको भेटमा समझदारी र सम्झौताको कार्यान्वयनको विषयमा दुई पक्षबीच छलफल हुनेछ । नेपाली टोलीमा सचिव बैरागीसँगै चीन शाखा हेर्ने परराष्ट्रका सहसचिव झमिन्द्र अर्याल, प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुावर र परराष्ट्रका अधिकृत सुभांग पराजुली सहभागी छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

नेपाल–भारत प्रबुद्ध समूहको पहिलो बैठक आज, बैठकमा यस्तो छ एजेन्डा सेटिङ

असार २०, काठमाडौं–नेपाल र भारतबीच १९५० को सन्धिलगायत सबै विषयमाथि अध्ययन गरी प्रतिवेदन दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को पहिलो बैठक सोमबार सुरु हुादै छ । मंगलबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्धका समग्र एजेन्डा तथा त्यसको समयसीमा तय गर्ने दुवै पक्षको तयारी छ । भारतले गत ८ फागुनमा आफ्नोतर्फका सदस्य तोकेको थियो । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका वेला सदस्य तोकिएसागै पहिलो बैठक काठमाडौंमा राख्ने सहमति भएको थियो । भारततर्फका सदस्यहरूका कारण बैठक ढिलो बसेको हो । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा भएको औपचारिक वार्तापछि जारी सातबुादे सहमतिपत्रको सातौा बुादामा भारतले गठन गरेको समूहको नाम सार्वजनिक गरिएको थियो । दुवै सरकारले बेग्लाबेग्लै समूह गठन गर्ने र संयुक्त रूपमा एउटै प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई बुझाउने म्यान्डेट छ ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई ३–६ कात्तिक ०६८ मा भारत भ्रमणमा जाादा १९५० को सन्धिलगायतका विषय विज्ञ समूह (इपिजी) गठन गरेर तय गर्ने सहमति भएको थियो । १९ साउन ०७१ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका वेला दुवैतिर चार–चार सदस्य रहने गरी इपिजी गठन गर्ने, दुई वर्षको कार्यकाल दिने र एक–एक लाख डलर बजेट दिने सहमति भएको थियो । त्यसअनुसार नेपालले गत पुस अन्तिम साता र भारतले फागुन ८ गते समूहमा आफ्ना सदस्य घोषणा गरेका थिए ।
भारतले सांसद भगतसिंह कोसियारीको संयोजकत्वमा पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र प्राध्यापक महेन्द्र पी लामा सदस्य रहेको समूह गठन गरेको छ । नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुुर थापा संयोजक तथा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र पूर्वसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य छन् ।
नेपाल र भारतबीच ३१ जुलाई १९५० मा हस्ताक्षर भएको शान्ति तथा मैत्री सन्धि सधौ विवादमा रहादै आएको छ । नेपालले सो सन्धिको सुरक्षासाग सम्बन्धित पक्षमा खतरा महसुस गर्दै आएको छ । भारतले भने नेपालीलाई त्यही सन्धिका आधारमा सुविधा दिादै आएको र खुला सीमाबाट दुवै पक्ष लाभान्वित भएको उल्लेख गर्दै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

मास्टर्स गरेका विद्यार्थीमा देशबारे जानकारी कमजोर, ‘नेपाल स्टडी’ विषय अनिवार्य गर्ने

२० असार, काठमाडौं । विश्वविद्यालयबाट मास्टर्स डिग्री गरेका विद्यार्थीमा आफ्नै देशको जानकारीसमेत कमजोर पाइएपछि त्रिभुवन विश्वविद्यालयले ‘नेपाल स्टडी’ विषय अनिवार्य गर्ने तयारी गरेको छ ।
मानविकी संकायमा मात्र होइन, इन्जिनियरिङ, व्यवस्थापन तथा अन्य प्राविधिक विषयमा समेत अनिवार्य विषयको रूपमा ‘नेपाल स्टडी’ कसरी अध्यापन गराउने भनेर त्रिविको प्राज्ञिक परिषद्मा छलफल सुरु भएको छ ।

त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाले नेपाल स्टडी महत्त्वपूर्ण विषय रहेको र यसलाई कसरी पढाउने भन्नेमा प्राज्ञिक परिषद्मा छलफल भएको जानकारी दिए । नेपाल स्टडीलाई छुट्टै विषय बनाउने वा अन्य विषयभित्रै नेपाल स्टडीका कन्टेन्ट राख्ने भन्ने कुराले आकार नलिएको उनले बताएको अाजको नयाँ पत्रिकामा समाचार छ ।
मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा. डा. चिन्तामणि पोखरेलले नेपाल स्टडी पढाउने विषयमा ‘फ्याकल्टी बोर्ड’बाट निर्णय भइसकेको बताए । डिन पोखरेलका अनुसार फ्याकल्टी बोर्डबाट पास भएर गएको नेपाल स्टडी सबै संकायका विद्यार्थीलाई अनिवार्य अध्यापन गराउन प्राज्ञिक परिषद्मा छलफल भएको हो । ‘अरु संकायमा पनि नेपाल स्टडी पढाउने विषयमा सहमति कायम भएको छ, तर कुन वर्ष वा कुन सेमेस्टरमा पढाउन सकिन्छ भन्ने टुंगो लागेको छैन,’ उनले भने ।
मास्टर्स डिग्री पढेका विद्यार्थीसमेतमा नेपालबारे जानकारी कमजोर रहेको पाइएकाले स्नातक तहमा यो विषय राख्न लागिएको हो । ‘एमए, एमई, एमबिए, एमबिएस गरेका हुन्छन् तर अधिकांशले नेपालको इतिहास, कल्चर जान्दैनन्,’ डिन पोखरेलले भने, ‘नेपालको शासन व्यवस्था र यहाँको वास्तविकताबारे पनि भ्रामक कुरा आइरहेका छन्, त्यस्ता भ्रम चिर्न पनि नेपाल स्टडी पढाउनुपर्ने आवश्यकता छ ।’ त्रिवि मानविकी संकायले नेपाल स्टडीको कोर्स तयार गर्दै छ ।
त्यसमा संस्कृति, इतिहास, साहित्य, कला, राजनीति, भूगोललगायतका विषय समेटिनेछन् । यो विषय कार्यान्वयन गर्न मानविकीमा समस्या नभए पनि टेक्निकल विषयमा अप्ठेरो रहेकाले व्यवस्था मिलाउन समय लागेको उनले बताए ।

दुई लाख घरधनीसँग अनुदान सम्झौता

२० असार, काठमाडौं । भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा दुई लाख रुपैयाँ अनुदान प्राप्त गर्न दुई लाख घरधनीले सम्झौता गरेका छन् ।
आफूलाई अनुदान पाउन योग्य लाभग्राहीको सूचीमा सूचीकृत नै नगरिएको भन्दै गुनासो दर्ता गराउने घरधनीको संख्या पनि झण्डै एक लाख पुगेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार आइतबारसम्म दुई लाख आठ हजार एक सय ७९ घरधनीले दुई लाख रुपैयाँ प्राप्त गर्न अनुदान सम्झौता गरेका छन्।

प्राधिकरणको तथ्याङक अनुसार पाँच लाख ३३ हजार ५८ घरधनी अनुदान पाउन योग्य लाभग्राहीको सूचीमा समेटिएका थिए । सम्झौता गरेका लाभग्राहीले अब दुई लाख रुपैयाँ अनुदान बैंक मार्फत चरणबद्ध रुपमा प्राप्त गर्नेछन् ।
प्राधिकरणका अनुसार सोमबारसम्म २२ हजार पाँच सय ४६ घरधनीको बैक खातामा पहिलो किस्ताको ५० हजार रुपैया जम्मा भएको छ भने आफूलाई लाभग्राहीको सूचीमा सूचीकृत नगरिएको भन्दै गुनासो दर्ता गराउनेको संख्या ९१ हजार ९३ पुगेको छ ।
गोरखामा ४३ हजार पाँच सय ४७ घरधनीसँग अनुदान सम्झौता भएको छ । ती मध्ये नौ हजार पाँच सय ४० जनाले पहिलो किस्ताको ५० हजार रुपैया बैंक मार्फत प्राप्त गरेका छन् । अाजको अन्नपूर्णमा समाचार छ ।
गोरखामा ५८ हजार पाँच सय तीन घरधनीलाई लाभग्राही पहिचान गरिएको छ । आफूलाई लाभग्राही पहिचान नगरिएको भन्दै गोरखामा १४ हजार नौ सय ६२ घरधनीले गुनासो दर्ता गराएका छन् । ०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर गएको विनाशकारी भूकम्पले नेपालभरी करिब नौ हजारको ज्यान लिएको थियो भने करिब आठ लाख घर भत्काएको थियो ।
भूकम्पले सबै भन्दा धेरै भौतिक र मानवीय क्षति भएको सिन्धुपाल्चोकमा सोमबारसम्म ३४ हजार तीन सय ६२ घरधनीसँग अनुदान सम्झौता भएको छ भने आठ सय ४५ घरधनीले पहिलो किस्ता वापत पाउने ५० हजार रुपैयाँ बैैक खातामा प्राप्त गरेका छन् । सिन्धुपाल्चोकमा ७८ हजार पाँच सय ३७ घरधनी लाभग्राही पहिचान भएका थिए । सिन्धुपाल्चोकमा ६ हजार आठ सय ६४ जना घरधनीले आफूलाई लाभग्राहीको सूचीमा नपारिएको भन्दै गुनासो दर्ता गराएका छन् ।

नेपालीको भान्सामा रुसको धनियाँदेखि कोरियाको लसुनसम्म !

असार २०, काठमाडौं–नपत्याउनुहोला, हाम्रो भान्सामा मगमगाउने धनियाँ रुसबाट आइरहेको छ । फूल उठाएर खाने मुरली मकै अर्जेन्टिनाबाट । लसुन कोरियाबाट । च्याउ फ्रान्सबाट । बेल्जियमबाट बटर । केन्याबाट कफी । चिलीको ट्राउट माछा ।
यो त थोरै उदाहरण मात्र हुन्, नेपालमा ठूलो मात्रामा खाद्यवस्तु आयात गरिन्छ । तीमध्ये धेरै वस्तु भारत, चीनजस्ता छिमेकी मुलुकबाट मात्र होइन, निकै परका मुलुकबाट समेत ल्याइने गरेको छ ।

बेल्जियम, कोरिया चिलीलगायतबाट मात्र होइन, तान्जानिया, मदगास्करजस्ता मुलुकबाट समेत नेपालमा खाद्यवस्तु आयात हुन्छन् । हामीले कमै नाम सुनेका केही सूक्ष्म मुलुकबाट समेत नेपालमा खानेकुरा भित्रिन्छन् । इथोपियाको सिमी हाम्रो भान्सामा पाकेको हामी पत्तै पाउँदैनौ ।
हिन्द महासागरको सानो छापु मुलुक कोमोरोस, आयरल्याण्ड र बेलायतको बीचमा पर्ने आइस फ म्यान मात्र होइन, दक्षिण पश्चिम युरोपेली सूक्ष्म मुलुक एन्डोराबाट पनि नेपालमा खाने कुरा भित्रिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

बालमस्तिष्कमा भारतीय लगानी प्रभाव

२० असार, काठमाडौं ।
‘भारत छोडी अन्त नाता कही पनि जोड्न पाउँदैनौ
भारतसँग नाता तोडी कोही पाउँदैन जान
भारतले जे भने पनि स्वीकार गरी मान
भारतले गर्दा पायौं हामीले यत्रो ज्ञान
योभन्दा ठूलो अरु कहीं पाउँदैनौं ज्यान’
हालै अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कस्थित जनज्योति उच्चमाध्यमिक विद्यालयको भवन उद्घाटन समारोहमा विद्यार्थीले गाउको गीतको एक अंश हो यो ।
उक्त भवन भारतीय दूतावासको लघु वित्तीय सहयोग कार्यक्रमअन्तर्गतको लगानीमा बनेको थियो । अहिले सामाजिक सञ्जालमा यस्तो गीत गाउन लगाउनेप्रति छानबिन हुनु पर्ने मागले व्यापकता पाइरहेको छ ।
यस विषयमा सामाजिक सञ्जाल ट्वीटरमार्फत धेरैले आपत्ति पनि जनाइसकेका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताले उक्त कार्यक्रममा प्रमुख अतिथि बनेका उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पनि कारबाही गरिनुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । मन्त्री रायमाझीले भने,’बालबालिकाले गाउने गीतमा शिक्षकको प्रत्यक्ष निर्देशन हुनुपर्छ तर त्यहाँ यस्तो भएको पाइएन ।  आजको अन्नपूर्णमा समाचार छ ।

शिक्षक र विद्यार्थीको गल्तीप्रति आफूले आपत्ति जनाइसकेको उनले प्रस्ट्याए । कार्यक्रममा प्रमुख अतिथि बनिसकेपछि म गीत सुन्दिन भनेर हिँड्न नमिल्ने तर्क गर्दै उनले विद्यालयले आफ्नो कमजोरी स्वीकारिसकेकाले यस विषयमा लागिरहनु नपर्ने पनि बताए । कार्यक्रममा भारतीइ राजदूत रन्जित रे पनि उपस्थित थिए ।
बालमनोविद् डा. अनिता तामाङ बालबालिकालाई सानैदेखि जे सिकाइन्छ उनीहरुको मस्तिष्कमा त्यही बस्ने हुनाले भविष्यमा उनीहरुले लिने लाइन पनि सोहीअनुरुप हुन बताउँछिन् । ‘बालबालिकाले अहिले सही गलत छुट्याउन नसक्ने हुनाले उनीहरुले अभिभावक र शिक्षकको मार्गनिर्देशनअनुसार नै काम गर्छन् । तर बुझ्ने भइसकेपछि यस्ता गलत सिकाइले उनीहरुको मानसिकता नकारात्मक असर पर्छ,तामाङले भनिन् ।
शिक्षकले विद्यार्थीलाई राजनीतिक हतियारका रुपमा प्रयोग गरिरहेका हुनाले पनि बालमस्तिष्कमा यस्ता कुरा घुसेको विश्लेषण गर्छन् शिक्षाविद् विद्यानाथ कोइराला ।

भतिजी बलात्कार गर्ने माओवादी नेता पक्राउ

२० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका एक जिल्लास्तरीय नेता भतिजी बलात्कारको अभियोगमा पक्राउ परेका छन् । काभ्रे धुसेनी शिवालय गाविसका माओवादी नेता मोतीलाल गौतम आफ्नै भतिजीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
केही दिनअघि भतिजी बलात्कार गरेर राजधानी छिरेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।
गौतमको मुद्दालाई बाहीर नल्याउन पीडितका परिवारलाई माओवादी केन्द्रका नेताहरुले दबाब दिएका आजकोसमाचारपत्र दैनिकले जनाएको छ ।

वि.सं. २०७३ साल असार २० गते। सोमबारको राशिफल

वि.सं. २०७३ साल असार २० गते। सोमबार। इश्वी सन् २०१६ जुलाई ४ तारिख। नेपाल संवत् ११३६ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– औंसी, १६:५३ बजेउप्रान्त प्रतिपदा।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विभिन्न उपहार प्राप्त हुने समय छ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ। 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विभिन्न अवसर आए पनि काम समयमा सम्पादन नहुनाले पछि परिएला। सहयोगी तथा शुभचिन्तकहरूले आफ्ना कमजोरीमाथि टिप्पणी वा गुनासो गर्न सक्छन्। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको मर्म ख्याल नगर्दा आफैंलाई समस्या आउन सक्छ। मेहनत गर्दा बिस्तारै काम बन्नेछन्। पहिलेको लगानीले फाइदा दिलाउनेछ। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
हिम्मतले काम लिन नसक्दा अवसर गुम्न सक्छ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा पनि पछि परिने समय छ, मेहनत गर्नुहोला। 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
फाइदाका पछि लाग्दा छर–छिमेकमा भने असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। होसियारीसाथ काम लिनुपर्ने समय छ। 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ। 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। मेहनतपूर्वक गोपनीयतामा ध्यान पुर्याउनुहोला, श्रमको उपलब्धि हात पार्न सकिनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरूको मद्दतले केही काम बन्नेछन्। इष्टदेवको आराधना गर्दा फाइदा होला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि प्रगति हुनेछ। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोलाा। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला। 
नेपाली पात्रो बाट 

दलहरू एक ठाउँमा आउनु अपरिहार्य– नेता सिटौला

पोखरा, १९ असार । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय राजनीतिमा सहमतिका लागि दलहरू एक ठाउँमा आउनु अपरिहार्य भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान जारीसँगै संविधानले निर्दिष्ट गरेका स्थानीय, प्रदेश र केन्द्रीय तहका निर्वाचन सम्पन्न गर्न, भूकम्पपछिको पुनःनिर्माण र देशको आर्थिक समृद्धिका लागि राष्ट्रिय राजनीतिमा सहमतिको विकल्प नभएको बताउनुभयो ।


“निर्वाचनका लागि सर्वप्रथम कानुन आवश्यक हुन्छ, उक्त कानुन दलहरूको सहमतिबिना बन्न सक्दैन,” उहाँले भन्नुभयो, “वर्तमानमा राष्ट्रिय राजनीतिमा विश्वासको वातावरण बन्न सकेको छैन, विश्वास कायम गराउँदै राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नुपर्छ ।”

भूकम्पपछिको पुनःनिर्माण भूकम्प गएको १५ महिनासम्म पनि अघि बढ्न नसक्नु दुःखद् कुरा भएको बताउँदै उहाँले भन्नुभयो, “सही लगतको आधारमा पीडितलाई सरकारले तत्काल सहयोग रकम उपलब्ध गराउनुपर्छ, भूकम्पपछिको पुनःनिर्माण राजनीतिक मुद्दा बनाइनु हुँदैन, त्यसमा काँग्रेसका तर्फबाट हामी सहयोग गर्न तयार छौं ।”

वर्तमानमा सत्ता प्राथमिकताको विषय नभै राष्ट्रिय राजनीतिमा सहमतिका आधारमा संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण राष्ट्रको प्राथमिकता बन्नुपर्नेमा उहाँको जोड थियो ।

निर्वाचन सम्बन्धी कानुन बनिनसकेको अवस्थामा सरकारले भने झैँ मङ्सिरमा निर्वाचन हुन असम्भव रहेको बताउँदै नेता सिटौलाले निर्वाचनका लागि दलहरू एक ठाउँमा आएर त्यस सम्बन्धी कानुन निर्माण गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा उक्त पत्रकार सम्मेलन सम्पन्न भएको थियो । रासस

प्लास्टिक झोला प्रतिबन्ध प्रभावकारी बनाइने

काठमाडौँ, १९ असार । वातावरणीय प्रदुषण नियन्त्रण गर्न प्लास्टिकका झोला प्रतिबन्ध लगाएको जनसंख्या तथा वातावरण मन्त्रालयले अभियानको वर्ष दिनमा प्रगतिमूलक काम भएको जनाएको छ ।

मन्त्रालयले निर्देशिका बनाएर काठमाडौँ उपत्यकाभित्र २०७२ वैशाख १ गतेदेखि प्लास्टिक झोला प्रतिबन्ध लगाई नियमन तथा नियन्त्रण अभियान चलाएको थियो ।

प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका–२०६८ को पालना नगरेका उद्योगी व्यवसायीलाई दण्डसजाय गरिएको छ ।

मन्त्रालयको जनसङ्ख्या तथा वातावरण व्यवस्थापन महाशाखाका अनुसार आव २०७२÷७३ मा विभिन्न १९ कम्पनीबाट ठूलो परिमाणमा प्लास्टिकको झोला जफत गरी रु तीन लाख २० हजार दण्डसजाय गरिएको छ ।

महाशाखाका सहसचिव नारायणराज तिमिल्सिनाले प्लास्टिकको झोलाको विकल्पमा सर्वसाधारणले कस्तो सामग्री उपयोग गर्ने भन्नेबारे एक महिनाभित्र मापदण्ड बनाइने बताउनुभयो ।

अन्तर्राष्ट्रिय प्लास्टिक झोलामुक्त दिवस (जुलाई–३) का अवसरमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयले आज पत्रकार सम्मेलन गरी नेपालमा प्लास्टिक झोला प्रतिबन्धबारे हालसम्मको प्रगति र आगामी योजनाबारे जानकारी गराएको हो ।

मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले प्लास्टिक झोला प्रतिबन्ध गराउने अभियानले चालु आवसम्म सकारात्मक प्रगति गरेको भन्दै यसलाई देशव्यापी रुपमा लैजान मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग समन्वय गरी अनुगमनका कामलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

मानिसको दैनिकीसँग जोडिएको प्लास्टिक झोला नियन्त्रण जटिल रहेको र व्यवसायीको लगानीको सुरक्षा कसरी गर्ने भन्ने चुनौती बढेको भन्दै उहाँले लगानी संरक्षण र विकल्पबारे मन्त्रालयले छलफल चलाइरहेको उल्लेख गर्नुभयो ।

वातावरण विभागका महानिर्देशक गणेशकुमार श्रेष्ठले प्लास्टिक झोला नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन यसवर्ष रु २८ लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।

अघिल्लो वर्ष अभियानका लागि रु २२ लाख विनियोजन गरिएको थियो । अहिले कति उद्योगले प्लास्टिक उत्पादन गर्छन् र दैनिक खपतबारे पनि एकिन विवरण नरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा करिब २०० यस्ता उद्योग रहेको बताइन्छ । विज्ञहरुका अनुसार विश्वमा एक मिनेटमा १० लाख व्यक्तिले प्लास्टिकको झोला प्रयोग गर्नेगर्छन् । प्लास्टिक नस्ट हुन करिब ५०० वर्ष लाग्ने बताइन्छ ।

प्लास्टिकको झोला पेट्रोलियम पदार्थका साथै पोलिमर र पिग्मेन्टलगायतका विभिन्न रसायनसमेत प्रयोग गरी बनाइने हुनाले मानव स्वास्थ्यको लागि जोखिमपूर्ण हुन्छन् ।

प्लास्टिकजन्य फोहर जलाउँदा निष्काशन हुने हानीकारक ग्यास डाइअक्सिन, प्यूरानले क्यान्सरजस्तो खतरनाक रोग निम्त्याउँछ । रासस

वर्षात्मा सडक कालोपत्र र टाल्नेलाई कारबाही हुने

काठमाडौँ, १९ असार । बजेट सिध्याउने उद्देश्यले असार, साउन र भदौ महिनामा सडक कालोपत्र एवम् खाल्डाखुल्डी टाल्ने (प्याच वर्क) लाई कारबाही हुने भएको छ । 


सडक विभागका प्रवक्ता दयाकान्त झाले रासससँग कुरा गर्दै असार, साउन र भदौमा बढी वर्षा हुने भएकाले यो समयमा गरिएको पिच र प्याच वर्क गुणस्तरीय हुँदैन त्यसैले रोकिएको छ भन्नुभयो । 

“यो आर्थिक वर्षमा नौ हजार किमी सडक नियमित मर्मतको योजना छ, सडकमा परेका खाल्डाखुल्डी प्याच वर्क मर्मत योजनामा पर्दछ, यो काम वर्षात्का समयमा गरिँदा गुणस्तरीय हुँदैन, वर्षका नौ महिना काम गर्न सकिन्छ, टाल्ने काम पानी परेकै बेलामा गर्नुपर्छ भन्ने छैन, गरेको पाइएमा कारबाही हुन्छ”–उहाँले भन्नुभयो । 

यो आर्थिक वर्षमा १२५ पुल पक्की बनाउने योजना भएकामा ५० पुल बनिसकेको विभागले जनाएको छ । रासस 

निःशुल्क भ्याक्सिन

रामपुर ९पाल्पा, १९ असार । जिल्ला पशु सेवा कार्यालयले यस वर्ष जिल्लाका ६६ हजार २२० पशुमा निःशुल्क भ्याक्सिन सेवा दिएको छ । 

कार्यालयले ५० हजार बाख्रामा पिपिआर, १५ हजार कुखुरामा रानीखेत, ३०० गाई भैँसीमा खोरेत, ९२० गाई भँैसीमा एचएच एमविक्युविरुद्धको निःशुल्क भ्याक्सिन सेवा दिएको पशु विकास अधिकृत डा चन्द्रबहादुर रानाले जानकारी दिनुभयो । 


गत वर्ष कार्यालयले २५ हजार बाख्रालाई पिपिआर, १० हजार कुखुरालाई रानीखेत, १० हजार बङ्गुरलाई स्वाइन् फिबर, एक हजार ७०० कुकुरलाई रेविज, ६३१ गाई भँैसीलाई खोरेत र ६५० गाई भैँसीलाई एचएच एसविक्यु विरुद्धको भ्याक्सिन दिइएको थियो । 

यस वर्ष कार्यालयले रेविजविरुद्धको भ्याक्सिन खरिद गरी ८५० कुकुरलाई भ्याक्सिन दिइएको वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले बताउनुभयो । रासस