Friday, July 31, 2015

झरनासँग बोल्ड सिन दिएका सोनु निगमलाई शाहरुखले बनाए चर्चित

मुम्बई । पाश्र्व गायकका रुपमा परिचित सोनु निगमले केही चलचित्रमा अभिनय समेत गरेका छन् । ४२ वर्ष प्रवेश गरेका सोनुले हिन्दी चलचित्र ‘लभ इन नेपाल’ मा नेपाली अभिनेत्री एवं पूर्व मिस नेपाल झरना बज्राचार्यसँग दिएको बोल्ड सिनको अहिले पनि उत्तिकै चर्चा हुन्छ । झरनाले समेत महत्वकाँक्षी मानेको उक्त चलचित्र ब्यबसायिक रुपमा असफल भएपनि पनि सोनु र झरनाको बोल्ड सिनले राम्रै चर्चा पाएको थियो । जानी दुश्मन, एक अनोखी प्रेम कहानी, काश आप हमारे होते लगायतका फिल्ममा उनले नायकको भुमिका निर्वाह गरेका थिए । तर, अब्बल नायकका रुपमा स्थापित हुन सकेनन् । गायकको रुपमा चर्चित सोनुले अहिलेसम्म हिन्दी उर्दु, अंग्रेजी, तमिल, बंगाली, पञ्जाबी, मराठी, तेलुगु, भोजपुरी लगायत ३२० भन्दा धेरै फिल्ममास्वर दिईसकेका छन् । उनले हिन्दी चलचित्र ‘जनम’ मा पहिलो पटक गीत गाएका थिए तर, उक्त फिल्म आजसम्म प्रदर्शन भएको छैन । गायक बन्ने धुनमा लगभग पाँच वर्ष मुम्बईको गल्ली चहारेरै बिताएका थिए सोनुले । संघर्षको दिन कम्ति टिठ लाग्दो थिएन । उनी हरेक निर्माता/निर्देशकलाई भेटथे आफु मेहनती भएको भन्दै गीत गाउन दिन आग्रह गर्थे । उनका कुरा सुन्नेहरु अगाडी पर्दा म गाउन दिन्छु भन्थे तर, कहिल्यै बोलाउदैनथे । संघर्षकै क्रममा उनले केही बी र सी ग्रेडका फिल्ममा गाए पनि । त्यस्ता फिल्मले दाल रोटीको ब्यबस्था बाहेक अरु केही गरेन । सन १९९५ उनका लागि निकै महत्वपूर्ण वर्ष साबित भयो । टेलिभिजनमा सांगीतिक कार्यक्रम ‘सारेगामा’ होष्ट गर्ने अवसर पाए । उक्त कार्यक्रम यति चर्चित भयो । अघिल्ला भेटमा उनलाई भेटेपछि बोल्न नचाहनेहरु समेत उनको समय लिएर कुरा गर्न लालयित हुन थाले । यही विचमा टि-सिरीजका मालिक गुलशन कुमारले उनलाई ‘बेवफा सनम’ गाउने अवसर दिए । उक्त फिल्ममा गाएको ‘अच्छा सिया दिया तुने प्यार…काफी लोकपि्रय भयो । त्यसपछि त पाश्र्वगायकको रुपमा स्थापित भईहाले । त्यसपछि त उनलाई राम्रा ब्यानरका फिल्मवाट भटाभट प्रस्ताब आउन थाल्यो । दिल से, सोल्जर, आ अब लौट चले, सरफरोस्, ताल जस्ता फिल्ममा गाउने अवसर पाएपछि बलिउडका चर्चित गायक गायिकाको पंक्तिमा उनले पनि ठाँउ पाए । सन १९९७ मा उनले अनु मलिकको संगीतमा चलचित्र ‘बोर्डर’ मा गाउने अवसर पाए । उक्त चलचित्रमा रहेको सन्देशे आते है… गीत रिजिल भएसंगै बलिउडमा सोनुको चर्चा गर्नेहरु निकै थपिए । सोही वर्ष नदीम श्रवणको संगीतमा शाहरुख खान अभिनित ‘परदेश’ मा गाउन अवसर पाए । उक्त चलचित्रको ये दिल दिवाना… गाएपछि उनले आफ्नो बहुरुपी प्रतिभा मात्रै प्रस्तुत गरेनन् । युवापुस्ताका दर्शकमाझ क्रेज पनि बढाए । अहिलेसम्म उनले दुई पटक फिल्मफेयर अवार्ड पाएका छन् । सन २००२ मा साथियावाट साथिया… बोलको गीतवाट अवार्ड पाएका थिए भने सन २००३ मा कल हो ना हो को शीर्षगीतवाट सर्वश्रेष्ठ पश्वगायकको पुरस्कार पाएका थिए । एउटा सफल गायकको परिचय बनाएका सोनु सामाजिक काममा पनि सक्रिय छन् । कारगील युद्ध र भूकम्प पीडित परिवारका वालवालिकाको शिक्षाका लागि काम गरेका छन् ।

पहिलो पटक गाई र भैसीमा कृत्रिम गर्भाधान सुरु

दुध उत्पादनमा बृद्धि तथा उन्नत जातका गाई भैसी उत्पादन गराउने उदेश्यका साथ मुगुमा पहिलो पटक गाई र भैसीमा कृत्रिम गर्भाधान सुरु गरिएको छ । पहिलो पटक पचास वटा भैसी र एक सय वटा गाईमा कृत्रिम गर्भाधान गराउने लक्ष्य लिइएको जिल्ला पशु सेवा कार्यालय मुगुले जनाएको छ । मुगुमा यो प्रविधि सुरु भएपछि हालसम्म ३३ जना स्थानीय कृषकका ३३ भैसी र ४ वटा गाईमा कृत्रिम गर्भाधान गराएको कार्यालयका निमित्त प्रमुख दीर्घ बहादुर बुढाले जानकारी दिनुभयो । जिल्लामा उन्नत जातका गाई र भैसी नरहेको तथा बजारमा दुधको माग धेरै भए पनि दुध उत्पादन कम भएकाले स्थानीय गाई भैसीमा कृत्रिम गर्भाधान गराएको कार्यालयले जनाएको छ । भैसीमा कृत्रिम गर्भाधान गराउने कृषकको संख्या धेरै रहे पनि गाईमा भने केहि समस्या देखिएको कार्यालयको भनाई छ । स्थानीयले पालेका गाई साना हुने र कृत्रिम गर्भाधान गराउदा उन्नत जातका बाच्छा बाच्छी ठूला हुने हुँदा पाउन लाग्दा समस्या आउने कार्यालयले जनाएको छ । पछिल्लो समयमा बसाई सराई तथा जनसंख्या बृद्धि हुँदा बन जंगल तथा चरन क्षेत्र मासिदै गएका कारण गाई भैसीको संख्या समेत घटेको कार्यालयको भनाई छ । अहिले गमगढी बजारमा मात्र दैनिक पाँच सय लिटर दुधको माग भए पनि पचास देखि सतरी लिटर दुध मात्र आपुर्ति हुन सकेको पशु सेवा कार्यालयले जनाएको छ ।

तिघ्राका दाग-धर्सा देखाउन युवतीहरुबीच होडबाजी

केही समय पहिले इन्टरनेटमा महिलाहरुले जिउका रौँ देखाउने अभियान नै चलाएका थिए । प्राकृतिक भुत्लायुक्त जिउमाथि गौरव गर्दै नेटिजन्स महिलाहरुले थालेको त्यो अभियान अद्यापि कायमै छ । धेरैले लाजले लुकाउने गरेका आफ्नो जिउका कुराहरु देखाउने अर्को अभियान सुरु भएको छ अहिले । इन्टरनेटमा अहिले युवतीहरुबीच आफ्नो तिघ्राका दाग, धर्सा तथा धब्बाहरु देखाउने होडबाजी चलेको छ । एकपछि अर्को गर्दै युवतीहरुले सोसल साइटहरुमा आफ्नो नांगो तिघ्राका क्लोजअप तस्वीर खिचेर अपलोड गरिरहेका छन् । @princess_labia नामकी टि्वटर प्रयोगकर्ताले #ThighReading. नामको ह्यासट्यागबाट जुलाई २० मा सुरु गरेको यो अभियान अहिले भाइरल नै बनेको छ । यो ह्यासट्यागमा महिलाहरुले आफ्ना तिघ्रका वास्तविक तस्वीर खिचेर अपलोड गरेका छन् जसमा धर्सा, धब्बा, दाग तथा चिनोहरु समेत रहेका छन् । कोही जन्मजात नै हुन् त कोही पछि विभिन्न कारणले बनेका दाग, जुन सुन्दरी देखिन चाहने युवतीहरुका लागि वास्तवमा मन पर्ने विषय होइनन् । आफ्नो वास्तविक नाम नखुलाएकी ती युवतीले म्यासेबल अनलाइनसँगको कुराकानीमा आफुले आफैलाई मन दह्रो बनाउन र हिम्मत जुटाउनका लागि दाग सहितको आफ्नो तिघ्राको तस्वीर उक्त ह्यासट्यागमा पोष्ट गरेको र त्यसलाई धेरै महिलाले रुचाएर ह्यासट्यागमा तस्वीरहरुको बाढि नै आएको बताउँछिन् । सरीरका दाग धब्बाहरुका कारण आफुलाई कुरुप ठानेर हीनताबोधमा बाँचिरहेका किशोरी, युवती तथा प्रौढ महिला समेतका लागि यो अभियान हिम्मत तथा आत्मबल जुटाउने माध्यम बनेकोमा उनी खुसी छिन् । हेरौँ तिघ्रा देखाउने अभियानमा सहभागी केही तस्वीरहरु

धारामा पानी आउँदैन! दैनिक ३० लाख लिटर पानी खेर गयो

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले खानेपानीको उचित व्यवस्थापन गर्न नसक्दा दैनिक ३० लाख लिटर पानी सुन्दरीघाटबाट खेर गएको छ। केयुकेएलका प्रवक्ता मिलन कुमार शाक्यका अनुसार सुन्दरीघाटको ट्रिटमेन्ट सेन्टरमा आइपुगेको सबै पानी प्रशोधन गर्न नसकेका कारण दैनिक ३० लाख लिटर पानी खेर गएको हो। उनले भने ‘सुन्दरीघाटको क्षमता दैनिक ३० लाख लिटर प्रशोधन गर्न सक्ने हो तर त्यहाँ ६० लाख लिटर पानी आइरहेको छ, यसैले ३० लाख लिटर व्यवस्थित गर्न नसक्दा खेर गएको हो।’ उनका अनुसार गत वर्ष नख्खुको मुहान मर्मत गरेपछि पानीको मात्रामा यो वर्ष भारी बृद्धि भएको छ। तर त्यो पानीलाई केयुकेएलले भने व्यवस्थित गर्न सकेको छैन, जसका कारण उपभोक्ताको धारामा पानी आएको छैन भने सुन्दरीघाटबाट दैनिक ३० लाख लिटर पानी खेर गएको छ। अहिलेसम्म त्यो पानीलाई व्यवस्थित गर्नको लागि केयुकेएलले कुनै कार्य अघि बढाएको छैन। प्रवक्ता शाक्यका अनुसार सुन्दरीघाट पानी प्रशोधन केन्द्रको क्षमता अभिबृद्धि गर्नको लागि केयुकेएलले एसियाली विकास बैंकलाई आग्रह गरेको छ। आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तेजराज भट्टका अनुसार सुन्दरीघाट प्रशोधन केन्द्रको क्षमता अभिबृद्धि गर्न एसियाली विकास बैंक सकारात्मक देखिएको छ। प्रशोधन केन्द्रमा लगानी गर्ने वा नगर्ने भन्नेमा एसियाली विकास बैंकले अहिलेसम्म कुनै आधिकारीक धारणा बाहिर ल्याएको छैन। एसियाली विकास बैंकले सुन्दरीघाटको प्रशोधन केन्द्रको क्षमता अभिबृद्धि नगर्दा सम्म त्यसक्षेत्रबाट दैनिक ३० लाख लिटर पानी खेरजाने प्रवक्ता शाक्यको भनाई छ। नख्खुको मुहानबाट गत वर्षसम्म ३० लाख लिटर मात्रै पानी उत्पादन हुन्थ्यो। तर गत वर्ष मुहानमा मर्मत सम्भार गरेपछि भने त्यस मुहानबाट अहिले दैनिक ६० लाख लिटर पानी उत्पादन भएको हो। सुन्दरीघाटबाट खेर जानु छँदैछ, विभिन्न पाइपबाट समेत अहिले पानीको चुहावट बढेको छ। भूकम्पका कारण कैयन क्षेत्रका पाइपमा टुटफुट भएपछि पानी चुहावट बढेको शाक्यले जानकारी दिए। भूकम्पले मुख्य पाइपलाइन र ग्राहकहरुका घरसम्म जाने शाखा पाइपलाइनमा असर पुर्याएको थियो। शाक्यका अनुसार केहि मुहानमा समेत भूकम्पले क्षती पुर्याएको थियो। भूकम्पले क्षती पुगेको फर्पिङ मुहानमा केयुकेएलले मर्मत गरिसकेको छ। अहिले केयुकेएलले वितरण गरेको पानीको कुल हिस्साको ४० प्रतिशत पानी चुहावटका कारण खेर गइरहेको आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक भट्टले जानकारी दिए। काठमाडौंका कयौ क्षेत्रमा एक सय १५ वर्षअघि बिच्छाइएका पाइपबाट अहिले सम्म पनि पानी वितरण गरेका कारण यो समस्या आएको उनको भनाई छ। पाइपलाइनहरुको मर्मत सम्भार हुन नसकेका कारण चुहावटको मात्रा बढ्दै गएको उनको दावी छ। केयुकेएलका प्रवक्ता शाक्यका अनुसार अनुसार अहिले पानीको उत्पादन बढेको छ। सुृख्खा मौसममा दैनिक आठ करोड लिटर पानी उत्पादन हुँदै आएकोमा अहिले भने दैनिक १२ करोड लिटर पानी उत्पादन भइरहेको छ। पानी उत्पादन बढेसंगै केयुकेएलले ग्राहकहरुको घरमा पानी पठाउने तालिकामा समेत फेरबदल गर्न लागेको शाक्यले जानकारी दिए।

घर छैन, कहाँ जाने?

हातखुट्टा राम्रोसँग चल्दैनन्। मुखबाट आवाज निकाल्न खोज्दा निकै गाह्रो हुन्छ। सेतो कमिज, कालो पाइन्ट लगाएर ह्विलचियरमा बाँधिएर बसेका छन्, दीपेन्द्र शाक्य। भुइँचालोको कुरा झिक्नासाथ उनी टोलाउन थालिहाल्छन्। वैशाख १२ को भुइँचालोमा उनी घरमै टिभी हेर्दै थिए। आमा आफ्नै काममा व्यस्त थिइन्। 'भुइँचालो आयो' भनेर चिच्याउँदा आमाले पत्याइनन् र भनिन्, 'बित्थामा जिस्काउँछौ?' भुइँचालो आएको बुझेपछि नै दीपेन्द्रले आमालाई हत्त न पत्त सुनाएका थिए। लगत्तै घरको गारो गर्लम्मै ढल्यो। सुतिरहेका दीपेन्द्र त्यसमै पुरिए। आत्तिँदै चिच्याउँदै आमा छोरा खोतल्न लागिन्। पसिनासरि भएर ढुंगामाटो पन्छाउँदा उनी धुलाम्मे भइसकेकी थिइन्। धन्न, दीपेन्द्र भेटिए। भक्तपुर इन्नाचोकमा माटोबाट निर्मित पुरानो घर थियो उनीहरूको। अब खण्डहर बनिसक्यो। मस्तिष्क पक्षघात भएका दीपेन्द्रको रेखदेखमा चौबीसै घन्टा खटिरहेकी आमा मैयाँको दैनिकी अहिले झनै कठिन बनेको छ। यी आमाछोरा अहिले ललितपुर च्यासल शिविरमा आश्रय लिइरहेका छन्। उक्त शिविरमा अपांगता भएका व्यक्तिका लागि स्वालम्बन जीवनपद्धति केन्द्र (इन्डिपेन्डेन्ट लिभिङ) ले सहयोग गरिरहको छ। भुइँचालोले भग्नावशेषमा बदलिदिएको घरका सामान झिक्न आँट गरेकी छैनन्, मैयाँले। 'अपांग छोरालाई एकछिन छोड्न मिल्दैन। कोही आँट हुनेले सामान झिकिदिन्छन् कि!' उनी भन्छिन्, 'घरमा पुरिएका सामान बिग्रिसके होलान्, यता छोराको अवस्था यस्तो छ। चिसो भुइँमा बस्दा राम्ररी निदाउन पनि पाएको छैन।' दीपेन्द्रलाई दिसापिसाब गराउने, उठाउने, सुताउने, खुवाउने, डुलाउने सबै आमाले नै गर्नुपर्छ। 'म त डाडाँमाथिको जून,' ६१ वर्षीया उनले मसिनो स्वरमा भनिन्, 'म मरेपछि यसको हेरचाह कसले गर्ला?' आमासँग कुरा गरिरहँदा ह्विलचियरमा रहेका दीपेन्द्रले आफ्नो केही गुनासो भएको संकेत गरे। उनै दीपेन्द्रको संकेतमा आमाले यो संवाददातासँग कुरा गरेकी थिइन्। दीपेन्द्र ३५ वर्षका भए। सामान्य व्यक्तिजस्तै घरजम गरेर बस्ने उनको इच्छा मनभित्रै कुँडिएको छ। छोराको इच्छा पूरा गरिदिन नसकेकोमा आमाको चिन्ता बढेको छ। शारीरिक अवस्थाले उनी अन्य युवाझैं सक्षम छैनन्। मन न हो, उनको मनभित्र आशाको दियो निभेको भने छैन। आमा चाहन्छिन्, राज्यले अशक्त छोराको लागि एउटा सहयोगी उपलब्ध गराइदियोस्। दीपेन्द्रको इच्छाचाहिँ ओत लाग्ने बासको व्यवस्था होस् भन्ने छ। घर भत्केको तीन महिना बितिसके पनि शिविरकै बास छ। यसपछि कहाँ बस्ने उनीहरू अन्योलमा छन्, यति बेला। उनी समाजमा घुलमिल हुन चाहन्छन्। ह्विचियरमा यताउता गुड्ने इच्छा छ। 'घुमफिर गर्न मन लाग्छ तर यस्तो खाल्डाखुल्डी बाटोमा हिँड्नै गाह्रो,' यो उनको मात्र होइन उनीजस्ता कैयौं अशक्त/अपांगहरूको चाहना हो, 'हामीले पनि चढ्न मिल्ने गाडी हुनुपर्छ। रेस्टुरेन्टमा गएर खान मन छ। आफैं जान सक्ने शौचालय हुनुपर्छ।' राजनीतिप्रति गहिरो चाख छ, उनको। कांग्रेस नेता शेरबहादुर देउवालाई त उनले तीनपटक भेटिसकेका रहेछन्। गगन थापा पनि उनका मन पर्ने नेता हुन्, तर भुइँचालोपछि उनलाई भेट्न न गगन पुगे न त देउबा नै! यही भएर उनीभित्र नेताप्रति एकखाले आक्रोश जागेको छ। भन्छन्, 'आइहालेछन् भने सुरुमा त झगडा गर्छु। मजस्ता अपांगता भएकाहरूबारे उनीहरू खोइ सोचेको?' शरीर नचले उनको दिमाग तेज चल्छ। 'मान्छेले मान्छेको मन चिन्नुपर्छ,' नेता बन्ने चाहना बोकेका उनी भन्छन्, 'देशको समग्र प्रणाली नै परिवर्तन नगरे विकास सम्भव छैन।' च्यासलको शिविरमा दीपेन्द्रजस्ता ४५ जना अपांगता भएकाहरू बस्दै आएका छन्। नेपालमा बस्ने कोरियाका नागरिकको समूह 'कोरिएन एसोसिएसन इन नेपाल'ले डेढ महिनादेखि यहाँ पिउने पानी, दूध, तरकारी, फलफूल सहयोग गरिरहेको छ। रेडक्रसलगायत विभिन्न संघसंस्था पनि जुटिरहेका छन्। कार्यान्वयन कहिले? दीपेन्द्र शाक्यले अधिवक्ता सुदर्शन सुवेदीसँगै 'अति अशक्त/अपांगता भएका व्यक्तिलाई हेरचाहसहितको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइपाऊँ' भनी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। २०६६ मा गरिएको रिट दायरमाथि सर्वोच्च अदालतले 'बेसहारा अपांगता भएकालाई तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म र सहयोगी समेतको व्यवस्था गर्न' भन्दै ०६९ साउन ३० मा फैसला गरेको थियो। तीन वर्ष भयो तर सर्वोच्चको फैसला कागजमै सीमित छ, कार्यान्वयन भएको छैन। सर्वोच्चले गरिसकेको फैसलासमते कार्यान्वयन नहुँदा दीपेन्द्रको मन कुँडिएको छ। अभिभावकविहीन अपांगता भएकाहरूका लागि अपांगता पुनःस्थापना गृह बनाउन, ऐनको परिमार्जन गर्न समेत सर्वोच्चले त्यस बेला फैसला गरेको थियो। 'सर्वोच्चजस्तो निकायको फैसला नै यस्तो हुन्छ भने हामीजस्ता व्यक्ति कसरी बाँच्ने?' उनी प्रश्न गर्छन्। 'राज्यले हेरोस्' यसपालिको विनाशकारी भुइँचालोले कतिपयको हात काट्नुपरेको छ त कतिपय मेरुदण्डको चोटका कारण ह्विलचियर प्रयोग गर्न बाध्य छन्। घरको भित्ता वा छाना खसेर पुरिएपछि अपांगता हुनेहरूको संख्या बढी देखिन्छ। रसुवाका पेम्बा तामाङले यही भुइँचालोका कारण दाहिने खुट्टाको घुँडामुनिको भाग काट्नुपरेको छ। गाउँमै भारी बोक्ने काम गर्दै आएका उनी घर भत्कँदा पुरिएका थिए। जसोतसो उनी बाँच्न सफलत त भए, तर खुट्टा गुमाउनुपर्योन। 'मलाई गाउँ जान मन छ,' प्लास्टिकको कुर्सीमा बसिरहेका पेम्बाले दुखेसो पोखे, 'आफूले गर्दै आएको भारी बोक्ने काम नि गर्न सक्दिनँ। अब के गरी जीवन गुजार्ने?' अपांगता भएकाहरू अन्यजस्तै उनी पनि च्यासल शिविरमा शरण लिइरहेका छन्। रसुवा घुम्न पुगेका लन्डनका एक मनकारी पर्यटकले उनको उद्धार गरी त्रिशूली अस्पताल नुवाकोट पुर्याएका थिए। जिल्ला अस्पतालमा खुट्टा काटिएपछि आफूलाई काठमाडौं ल्याइएको उनले बताए। अहिलेसम्म पनि उनको भूकम्पपीडित परिचयपत्र बन्न सकेको छैन। पेम्बाजस्तै घर भत्किएर पुरिएपछि घाइते भएकी कमला तिमल्सिनालाई स्पाइनल कड इन्जुरी भएको छ। सिन्धुपाल्चोक मांखा गाविसकी ३२ वर्षे तिमल्सिना ह्विलचियर प्रयोग गर्नुपर्ने अवस्थामा छिन्। सुरुमा निकै गाह्रो भए पनि अहिले अलिअलि गोडा चल्न थालेको उनले बताइन्। राज्यले आफूजस्ता हिँडडुल गर्न नसक्नेहरूका लागि सिपमूलक व्यवसायको व्यवस्था गर्नुपर्ने उनको माग छ। 'घर नै भत्कियो। अब कहाँ बस्ने, के गर्ने?' उनको चिन्ता छ। कमलाजस्तै पीडा भोग्ने काभ्रेकी सुनिता सापकोटामा आफ्नै खुट्टामा बाँच्ने साहस जागिसकेको छ। सिप सिकेर व्यवसाय गर्न चाहन्छिन्। ह्विलचियरमा रहेकी उनले भनिन्, 'घरविहीन भएपछि अबको जिम्मा राज्यको हो। उसैले हामीलाई रोजगारको व्यवस्था मिलाइदिनुपर्छ।' वैशाख १२ को भूइचालोपछि २२ हजार ३ सय ९ जना व्यक्ति घाइते भएका थिए। तीमध्ये कति व्यक्ति अपांगता भए भन्ने एकीन तथ्यांक छैन। विभिन्न अस्पतालहरूको तथ्यांकअनुसार भुइँचालोबाट २ सय ५० जनामा 'स्पाइनल कड इन्जुरी' भएको पाइएको राष्ट्रिय अपांग महासंघका प्रशासकीय अधिकृत मनिष प्रसाईंले बताए। राष्ट्रिय अपांग महासघंले पनि भुइँचालो प्रभावित १४ जिल्लामा अपांग भएकाहरूको तथ्यांक संकलन गरिरहेको छ। 'अहिलेसम्म तीन हजार एक सयको तथ्यांक संकलन गरी आवश्यकता पहिचान गरेका छौं,' प्रसाईंले भने। -

भैंसी अर्थात 'कालो सुन'

काभ्रे- जिल्ला पशु सेवा कार्यालय काभ्रेमा पशुपालन (दूध उत्पादन) पेशा अंगाल्न चाहने किसान र व्यवसायीहरुको संख्या बढ्दा पशु चिकित्सक मणिप्रसाद सापकोटाको दैनिकीसमेत नेपाली कृषकहरुले बढी मन पराएको भैंसीपालनको प्रवर्द्धनमा बित्न थालेको छ। कार्यकक्षको भित्तामा टाँगिएको 'भैंसीः कालो सुन' नामको पोस्टरमा भैंसीको महत्वबारे उल्लिखित तथ्यहरुलाई उनी किसानहरुमाझ जानकारी बाँड्दै रहेका भेटिन्छन्। 'भैंसी बहुपयोगी पशु भएकाले उत्पादनशील अवस्था र दूध थाकेका बखतसम्म किसानलाई फाइदा नै हुन्छ। यसैले पनि भैंसी पाल्दा बेफाइदा हुने गुन्जायस नै रहन्न,' सापकोटा भन्छन्। काभ्रे जिल्लामा धेरै अगाडिदेखि भैंसीपालन हुँदै आएको भए पनि व्यावसायिक रुपमा पालन हुन थालेको १ दशक भएको उनको भनाइ छ। सुरुसुरुमा काभ्रे जिल्ला नजिकैको भैंसीस्रोत सिन्धुलीको झाँगाझोली रातामाटा थियो। यहाँदेखिका किसानहरु उता पुगेर भैंसी किन्ने र हिँडाएरै भैंसी ल्याउने चलन रहेको सापकोटाको भनाइ छ। 'त्यतिखेर ल्याइएका लिमे र पारकोटे जातका भैंसीलाई मुर्रा जातिको क्रस गराएर उन्नत भैंसी उत्पादन हुँदै आएको हो। पछि तराईबाट मुर्रा र मुर्राका क्रस भैंसीहरु आउन थालेपछि किसानहरु भैंसीपालनमा आकर्षित भएका हुन्,' उनले भने। नेपालका दुग्ध संकलन केन्द्रहरुले फ्याटका आधारमा दूध किन्दै आएका छन्। यस्तै, खुवा घोट्दै आएका उद्यमीहरुको रोजाई भैंसीको दूध हुने गरेको छ। गाईको दाँजोमा फ्याट बढी हुने भएकाले अधिकांश किसानको रोजाई भैंसी हुने गरेको सापकोटाको भनाइ छ। 'गाईको दाँजोमा मूल्य बढी पर्ने भए पनि दूध, फ्याट, उमेरमात्रै नभई रुपका कारणसमेत भैंसीलाई किसानले रुचाएका छन्। शहरनजिकै गाई पाल्नेहरुको संख्या बढी रहे पनि भने जिल्लाका अधिकांश गाउँमा भैंसी पाल्ने किसानको बाहुल्य छ,' उनको अनुभवले भन्छ। पछिल्लो समयमा भैंसीको मूल्य आकाशिएपछि कार्यालयले पाडा–पाडी हुकार्उने र थारो भैंसीलाई उत्पादनशील बनाउने किसानहरुलाई अनुदान दिन थालेको छ। भैंसीपालनमा आकांक्षीहरु धेरै भए पनि सीमित किसानले मात्रै सरकारी अनुदान पाउन थालेका छन्। यसरी सरकारी अनुदान पाएलगत्तै काभ्रेका दुई किसानले व्यावसायिक रुपमै पाडा–पाडी हुकार्उने र थारो भैंसीलाई उत्पादनशील बनाउनेे कार्यको थालनी गरेका छन्। ढुंखर्क–२, मा वेदप्रसाद तिमल्सिनाले थानी महांकाल नमूना पशुपालन उद्योग स्थापना गरेका छन्। वर्षको ५० वटा थारो भैंसी संकलन गर्दै तीनको पोषण, परजीवी नियन्त्रण र प्रजनन स्वास्थ्य सुधार गर्दै उत्पादनशील अवस्थामा पुर्याैउने काम गरिरहेका छन्। उनलाई सरकारले दुई पटक गरी १६ लाख रुपैंया अनुदान दिएको छ। उता, जिल्लाकै विकट कोशीपारिको नाग्रेगागर्चे–६ का दिनेश लामाले तामाखानी अर्गानिक भिलेजमा पाडापाडी हुर्काउन थालिसकेका छन्। सरकारले उनलाई ४ लाख रुपैंया अनुदान उपलब्ध गराएको छ। मासुका लागि एक लटमा १ सय वटा पाडा हुर्काएर बिक्री गरिसकेका छन्। यस पटकदेखि दूध उत्पादनका लागि पाडी हुर्काउने योजना बनाएका छन्। सरकारी सहयोगबाट मात्रै नभई बैंकको ऋण सहयोगमा समेत किसानले भैंसी जोगाउनकै लागि फार्म समेत स्थापना गरेका छन्। पनौती–२, नैकिन्टारमा चन्द्रप्रसाद न्यौपानेले चन्द्रतारा नमूना कृषि फार्ममा ३० वटा दुहुनो भैंसी पालिरहेका छन्। विदेशको भिसा त्यागेर १० वर्षअघि सुरु गरेको भैंसी फार्ममा हालसम्म ५० लाखभन्दा बढी लगानी गरिसकेका छन्। कृषि विकास बैंकले उनलाई ३० लाख ऋण लगानी गरेको छ। 'गाई थारो भएमा र बाच्छो जन्मिएमा चौरमा लगेर छाडनुबाहेक विकल्प थिएन तर भैंसीको हकमा दूध थाकेको अवस्थामा फेरि पालेर राख्ने या मासुका लागि पठाउने भन्नेमा किसानसँग विकल्प रहेकाले भैंसी फाइदाजनक देखिन्छ,' न्यौपानेले भने। उता, बिमा कम्पनीले साथ दिएकाले पशुबस्तुको मृत्यु भएमा क्षतिपूर्ति पाइने भएकाले भैंसीपालनमा ढुक्क हुने अवस्था रहेको समेत उनी बताउँछन्। केही वर्षयता भारतको बिहारमा भैंसीपालक किसानको संख्या बढेकाले नेपालमा भैंसीको अभाव र मूल्यवृद्धि भएको व्यवसायीहरुको भनाइ एकातिर रहँदा किसानहरुकै रवैयाले भैंसीको मोल बढेको तर्क न्यौपानेको छ। 'जनआन्दोलन २०६२/६३ मा १९ दिन बन्द हुँदा तराईबाट भैंसी आएन। काठमाडौं उपत्यकाबाट गाउँ–गाउँ छिरेका भैंसीका दलालहरुले दुहुनो भैंसीलाई मासुको प्रयोगलाई किन्दै लगेपछि भाउ एक्कासी बढेको हो,' न्यौपानेले भने, 'ढुंखर्क, कुशादेवी, कुन्ताबेसी, नालाजस्ता भैंसीको पकेटक्षेत्रमा बढी पैसा आउनसाथ किसानले समेत लोभमा दुहुनो भैंसी बेच्न थाले। त्यतिखेर दूध उत्पादन श्रृंखलामा पुगेको असरले यतिखेर भैंसीको मोल बढायो,' उनले थपे। यतिखेर कम्तीमा ६० हजारदेखि बढीमा १ लाख ३० हजार रुपैयाँसम्ममा भैंसीको किनबेच हुन थालेको छ। भैंसीको मूल्यलाई दूध उत्पादन क्षमता, बेत र रुपले समेत प्रभाव पार्ने उनको भनाइ छ। 'दूध दिइरहँदा जेनतेन लागत उठाउन सकिएपनि दूध थाकेर ब्याउने बेलाका चार–पाँच महिनाका लागि किसानलाई थप मद्दत आवश्यक पर्छ। त्यतिखेर आम्दानी नै हुँदैन। महँगो दाना, ढुटो र पराल खुवाएर भैंसी पालिराख्न किसानलाई हम्मेहम्मे पर्छ। यस्तोमा सरकारले राहत दिएर भए पनि भैंसीपालक किसानलाई टिकाउनु पर्छ,' न्यौपानले थपे। जिल्ला पशु सेवा कार्यालयले भैंसीपालनमा संलग्न किसानहरुलाई प्राविधिक सल्लाह, खोरेतको भ्याक्सिन, जुका नाम्लेको औषधि र पोषिलो घाँसको बीउहरु उपलब्ध गराउँदै आएको छ। काभ्रे जिल्लामा आर्थिक वर्ष ०७१/७२ मा कूल भैंसीको संख्या १ लाख ३६ हजार वटा रहेको छ। यिनमा ५० हजारको हाराहारीमा दूध उत्पादन हुने भैंसी रहेको कार्यालयको भनाइ छ। जिल्लामा मात्रै नभई केन्द्रीयतहमा समेत पशु उत्पादन निर्देशनालयअन्तर्गत खाद्य सुरक्षा प्रवर्द्धन आयोजनाले २०६७ फागुनदेखि देशैभरि भैंसीको नश्ल सुधार कार्यमार्फत दूध उत्पादन बढाउनमा मद्दत गर्दै आएको छ। कार्यक्रमले नश्लसुधार भएका प्रति भैंसीले ३ हजार ८ सयदेखि ४ हजार लिटरसम्म प्रतिबेत उत्पादन भएको जनाएको छ। यस्तै भैंसी आनुवांशिक सुधार कार्यक्रमअन्तर्गत १२ जिल्लाबाट प्राप्त दूधको परीक्षणका आधारमा नार्कमा तथ्यांक विश्लेषण भइरहेको पनि जनाएको छ। पशुपालनबाट कृषि ग्राहस्थ उत्पादनमा पुग्ने योगदानमध्ये भैंसीले ५३ प्रतिशत हिस्सा आगेटेको केन्द्रीय गाईभैंसी प्रवर्द्धन कार्यालयले जनाएको छ। यस्तै, एक अध्ययनले नेपालमा दूधालु भैंसीको मागलाई धान्न भारतबाट वर्षेनी ४ लाख वटा भैंसी ल्याइने गरिएको हुँदा ४० अर्बभन्दा बढी रकम उता जाने गरेको देखाएको छ।

यसकारण पनि दैनिक खानुपर्छ मेवा

काठमाडौँ । मेवा जो कोहीलाई पनि मन पर्छ । तर तपाई हामी मध्ये धेरैले यसको महत्व नै नबुझी प्रयोग गरिरहेका हुन्छौँ । मेवाका स्वादका कारण प्रभावीत बनेका तपाई हामीले जान्नै पर्ने र आफ्नो दैनिक आहारामा छुटाउँनै नहुने मेवाका विशेषताहरु यस्ता छन् । थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो फललाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरुले आहाराको रुपमा लिन सक्नुहुन्छ । कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ । टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । यदि मेवा सहि मात्रामा खाने गरेमा यसले मानिस शरिरको रोगविषहरुबाट छुटकारा दिन्छ । यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ । मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ ।

यसकारण विहेपछि मान्छे मोटाउँछन् !

नौ युरोपेली मुलुकमा गरिएको यो अध्ययनमा अनुसन्धानकर्ताले के पाए भने विवाहित दम्पती अविवाहितको दाँजोमा राम्रो खाना खान्छन् । तर, खेलकुद, व्यायामसम्बन्धी गतिविधि कम हुने भएकोले उनीहरुको तौलमा वृद्धि हुन्छ । अध्ययनअनुसार लामो समयसम्म सम्बन्धमा रहने व्यक्ति खानपानप्रति सजग हुन्छन् र यसै कारणले पहिलोको दाँजोमा स्वस्थसमेत हुन्छन् । विवाहित दम्पतीमा अविवाहितको दाँजोमा बडी मास इन्डेक्स बढी पनि हुनेगर्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

बोक्सी आरोपविरुद्ध आयो ऐन

काठमाडौ, श्रावण १६ - बोक्सी आरोप लगाएर शारीरिक र मानसिक यातना दिनेलाई कडा सजायको भागिदार बनाउने गरी कानुन आएको छ । संसद्ले बोक्सीसम्बन्धी (कसुर र सजाय) ऐन २०७१ पारित गरेको छ । राष्ट्रपतिले लालमोहर लगाएपछि यो कानुन कार्यान्वयनमा आउनेछ । कानुनअनुसार कसैले कसैलाई बोक्सी आरोपमा यातना दिएको प्रमाणित भएमा १० वर्षसम्म कैद र पचास हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । यसअघि मुलुकी ऐनअन्तर्गत दुव्र्यवहार गर्नेलाई ३ महिनादेखि २ वर्षसम्म कैद वा ५ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको थियो । बोक्सी आरोपमा महिलामाथि यातना दिने क्रम बढेपछि कडा कानुनी व्यवस्था गर्न चौतर्फी आवाज उठेको थियो । २०६७ मा राष्ट्रिय महिला आयोगले महिला तथा बालबालिका मन्त्रालयमा बोक्सीको आरोप लगाउनेलाई कानुनी कारबाहीको दायरामा ल्याउन ऐन प्रस्ताव गरेको थियो । पाँच वर्षपछि ऐन पास भएको हो । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले यो ऐन लागू भएसँगै महिलामाथि बोक्सीको नाममा हुने हिंसामा कमी आउने प्रतिक्रिया दिइन् । ‘सजाय धेरै भएपछि केही हदसम्म हच्किन्छन्,’ उनले भनिन्, ‘बढी सजाय भएपछि प्रहरी पनि त्यस्ता घटनाका पीडितलाई पक्राउ गर्न बाध्यकारी हुन्छ ।’ यसअघि यो अपराधमा थोरै सजाय थियो । कानुनत: ३ वर्षभन्दा कम सजाय भएको अपराध गर्ने व्यक्तिहरू धरौटीमा रिहा हुने गरेका थिए । कानुनले बोक्सी आरोपमा गाली बेइज्जती गर्ने तथा आरोप लागेको व्यक्तिको परिवारका सदस्यलाई अपमानजनक व्यवहार गर्नेलाई एक वर्षदेखी तीन वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । साथै १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । बोक्सी आरोपमा सामाजिक बहिष्कार गरेर पीडित बसेको स्थानबाट निकाला गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । धामीझाँक्री, टुनामुना, तन्त्रमन्त्र र झारफुकको माध्यमबाट बोक्सी आरोप लगाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुनेछ । कानुनअनुसार बोक्सी आरोप लगाएर कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासायनिक, विषालु वा जैविक पदार्थको प्रहार गरी वा अन्य कुनै किसिमले यातना दिन पाइने छैन । पीडितलाई मलमूत्र खुवाउने, चारपाटा मुड्ने प्रवृत्ति समाजमा मौलिँदो थियो । त्यस्ता अपराध गर्नेलाई १० वर्ष कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ । बोक्सी आरोपमा अंगभंग गर्नेलाई १० वर्ष कैदसँगै ज्यान मार्ने उद्योगअन्तर्गत थप सजाय हुनेछ । – यातना दिएको प्रमाणित भए १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना – अपमानजनक व्यवहार गर्नेलाई १ देखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना – निकाला गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना – धामीझाँक्रीको माध्यमबाट आरोप लगाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार जरिवाना – प्रहरी अनुसन्धानमा दख्खल दिन खोजे ३० हजार जरिवाना र ३ महिना कैद बोक्सीकै आरोपमा यातना दिने व्यक्तिलाई उक्साउनेलाई समेत सजायको व्यवस्था गरिएको छ । यस्तै प्रहरीको अनुसन्धानमा दख्खल दिन खोजे ३० हजार रुपैयाँ जरिवाना र तीन महिना कैद हुने व्यवस्था गरिएको छ । वरिष्ठ कानुन व्यवसायी मीरा ढुंगानाले ऐनमा कसुरअनुसार सजाय छुट्याउनु राम्रो भएको प्रतिक्रिया दिइन् । ‘बोक्सीको आरोपमा के गरेको हो भन्ने खुलेपछि त्यहीअनुसार सजाय गर्न सहज हुन्छ,’ उनले भनिन्, ‘पहिलाको कानुनमा बोक्सीको आरोप लगाएर गरिने सबै किसिमको कसुरका लागि एउटै सजाय थियो ।’ कानुनसँगै जनचेतना पनि फैलाउन आवश्यक भएको उनको भनाइ छ । बोक्सी आरोपमा यातना दिएका व्यक्तिलाई यातना दिने पीडक पक्षले मुद्दाको किनारा नलागेसम्म आपैंmले हेरचाह गर्नुपर्ने व्यवस्था कानुनमा गरिएको छ । त्यसअनुसार पीडकले पीडितलाई आफ्नै घरमा खानबस्न र लगाउने कपडा दिनुपर्नेछ । पीडितलाई शरीरिक वा मानसिक चोट पुगेको भए त्यसको उपचारसमेत पीडक पक्षले नै गराउनुपर्ने छ भने त्यसक्रममा लागेको सबै खर्च पीडक पक्षले भर्नुपर्ने छ । पीडितलाई थप पीडा हुने गरी गाली बेइज्जती, धम्की दिन नपाइने व्यवस्था गरेको छ । पीडक पक्षको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको या पीडकले रकम उपलब्ध गराउन नसक्ने अवस्था भए नेपाल सरकारले बेहोर्ने व्यवस्था राखिएको छ । पीडकको आर्थिक स्थितिको मूल्यांकन अदालतले ठहर्‍याउने छ । पीडकले तिर्न नसके सरकारले तीन महिनाभित्र लैंगिक हिंसा निवारण कोषबाट उपलब्ध गराइने व्यवस्था राखिएको छ । उपचारका क्रममा पीडितको मृत्यु भए क्षतिपूर्तिबापतको रकम पीडितका छोराछोरी र त्यो नभएको खण्डमा बाबुआमाले पाउने व्यवस्था छ ।

सेक्स मन मिलेर हुने कुरा ः सृजना

नेपाली फिल्म क्षेत्रमा भबिष्य खोज्दै लामो समय देखि नै सँर्घषगर्दै आइरहेकी नब नायिका सुजना ढकाल चर्चित हिरोईन बन्ने आफ्नो ईच्छा र सपना रहेको बताउँछिन् । हरु को सँख्या पनि थुप्रै छ । झापा स्थायि घर भएर काठमाडौ लाई कर्मथालो बनाइरहेकि १९ बर्षयि सुजनाले करिब ३६ वटा म्युजिक भिडियो र ३ बटा चलचित्रमा मा अभिनय गरिसकेकि छन् । सुजना ले ३ वटा चलचित्रमा पनि अभिनय गरिसकेकि छन् । सुजना को मुख्य भुमिका रहने पछिल्लो चलचित्र नालापानी छायांकन मा जादैछ । रिमेश अधिकारी को लगानि तथा शिबम् अधिकारी को निर्देशन ऐतिहासिक चलचित्र नालापानि शिबम अधिकारी को निर्देशन र रिमेश अधिकारी को लगानी मा बन्न लागेको हो । सुजना सँग कुराकानी :- यो क्षेत्रमा प्रवेश गर्नु भयो कहिले कसरी ? पन्ध्र बर्ष हुदाँ एसएलसि परिक्षा सकाए पछि,आकाँक्षा बस्यालको तिमिले त जे गरेपनी बोल को गित बाट यस क्षेत्रमा प्रबेश गरेकि हुँ। नव नायिका हरुको अवस्था कस्तो छ ? अहिले सम्म मेरो ठिक छ म सन्तुष्ट छु अरु को कस्तो छ थाहा भएन । नव नायिका हरु आफू चल्नका लागि बढि अङ्ग प्रदर्शन गर्छन भन्ने आरोप छ नि के भन्नू हुन्छ ? त्यो त आफुमा भर पर्ने कुरा हो ग्ल्यामर फिल्ड हो अलिकति त खुल्नै पर्छ तर कुन हद सम्म भन्ने कुरा हो । अँग प्रर्दशन नै गर्नुपर्छ भन्ने छैन । अङ्ग प्रदर्शन गर्ने , एक प्रतिस्पर्धि सुजना ढकाल पनि हुन् , हो कि होइन ? हाहाहा मलाई त्यस्तो लाग्दैन चलचित्रमा हिरोइन हुनको लागी के हुनुपर्छ ? हिरोईन हुनका लागी चाहिने प्रमुख भनेको अभिनय नृत्य साथै शारिरिक बनावट चाहिन्छ मेरो बनावट को कुरा गर्नुहोला म अहिले अलि मोटाएकि छु ।अहिले सम्म त राम्रो व्यानर को फिल्म गरेकि त छैन ।मैले गरेको फिल्म रिलिज पनि भएका छैनन् । तर अब चाहीँ व्यानर निर्देशक कथा हेरेर काम गर्छु . तपाईंलाई कोही ब्यक्तिको जीवन एक दिन जिउन दिईयो भने कस्को जीवन जिउन चाहनुहुन्छ ? मलाई मेरै जिबन पयारो छ मलाई मेरो परिवार ले मेरो सबै चाहाना हरु पुर्याइदिएको छ त अरुको जस्तो जिवन किन चाहियो सेक्स भनेको के हो र पहिलो अनुभव कस्तो थियो ? सेक्स भनेको मन मिलेर हुने कुरा हो अब यो अनुभब का बारे मा कुरा नर्गुहोस् । बिहे कहिले गर्नुहुन्छ,जिवन साथीको रुपमा कस्तो ब्यक्ति रोज्नुहुन्छ? अहिले बल्ल १९ बर्षकि भए बिहे त परै जाओस आफुले खोजे को जस्तो केटा समेत पाएकि छैन । मलाई माया गरोस मेरो ख्याल राखोस् त्यहि नै त होनि चाहिने । आफ्नो प्रोफेसन बाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? अहिले सम्म सन्तुष्ट छु पछि के हुन्छ कसलाई के थाहा अन्त्य मा के भन्नू हुन्छ? मलाइ आज सम्म सबै ले माया गरिदिनु भएको छ । यो माया र साथ सदैब रहिरहोस । तपाईं सगै सम्पूर्ण पत्रकार ज्यु हरुलाइ धन्यवाद दिन चाहन्छु ।

दाँत ५ मिनेट मै सेतो पार्ने घरेलु तरिका तपाई पनि हेर्नुस है त....

पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ | सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ | आज हामि तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ | १ तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ | यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ | तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ | २. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ | ३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् | दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस| सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ | ४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ | गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ | ५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ | यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो | दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ | ६. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ | ७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइने मालिक एसिड (Malic acid)ले दांत लाइ सेतो र चम्किलो बनाउछ | ८. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् |यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस | यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ | चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ |

बिहानै भूकम्पको धक्का

साउन १६ गते शनिबार बिहानै परकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर २२ मिनेट जाँदा ४.२ रेक्टर स्केलको परकम्पन गएको हो । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक जिल्ला रहेको छ ।यसअघि बिहीबार साँझ ८ बजेर १८ मिनेट जाँदा दोलखा केन्द्रविन्दु बनाएर ४.५ रेक्टर स्केलको परकम्पन गएको थियो ।

चाणक्यको चर्चित १० नीति जसले सफलता दिलाउछ

१ वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन त्यसैले आफुले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ । २ शिक्षा सबैभन्दा राम्रो मित्र हो । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछन् । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गर्ने गर्दछ । ३ मूर्खता जस्तै यौवन पनि दुखदायी हुने गर्दछ किनभने जवान हुँदा व्यक्तिले कामवासनाको आवेगमा कुनै पनि मूर्खतापूर्ण काम गर्न सक्छ । तर योभन्दा पनि अधिक कष्टप्रद भनेको अरु व्यक्तिमा आश्रित हुनु हो । ४ यदि सर्प विषालु छैन भने पनि उसले आफूलाई विषालु देखाउन आवश्यक छ । ५ ती आमाबुवा बच्चाहरुको लागि शत्रुजस्तै हुन्छन् जसले आफ्ना बच्चालाई राम्रो शिक्षादिक्षा दिएका हुँदैनन् । किनभने अनपढहरुको विद्वानको समूहमा निकै बेइज्जत हुने गर्दछ । ६ चाणक्यका अनुसार नदीको किनारामा रोपिएको जीवन अनिश्चित हुन्छ किनभने नदीमा आएको बाढीले किनारामा रहेको रुख उजाडिदिन्छ । यस्तै प्रकार अरुको घरमा बस्ने स्त्री पनि कुनै समय पतनको मार्गमा जान सक्छिन् । यस्तै, जुन राजासँग राम्रो सल्लाह दिने मन्त्री छैनन्, ती राजा धेरै समयसम्म सुरक्षित हुन सक्दैनन् । ७ जुन प्रकार यौनकर्मी सम्पत्ति सिद्धिएपछि परपुरुषको मुख पनि हेर्दिनन् त्यसरी नै जब राजा शक्तिहिन हुन्छन् तब प्रजाले उनको साथ छोडिदिन्छन् । यस्तै प्रकारले रुखमा बस्ने पंक्षी पनि त्यतिबेलासम्म मात्र त्यहाँ बास बस्ने गर्दछ जबसम्म त्यसले उक्त रुखबाट फल प्राप्त गर्छ । अतिथीलाई जब पुरा स्वागत सत्कार गरिन्छ भने उसले पनि त्यो घर छोडिदिन्छ । ८ जुन प्रकारले पत्नी वियोगको दुख, आफ्नो भाइ–नातागोताले प्राप्त गर्ने अपमानको दुख असह्य हुन्छ, त्यसरी नै ऋणले दबिएको व्यक्ति हरेक समय दुखी नै रहन्छ । दुष्ट राजाको सेवाका लागि बस्ने नोकर पनि दुखी नै रहन्छ । ९ जो व्यक्तिको छोरा उसको नियन्त्रणमा बस्ने गर्दछ, श्रीमती उनको आज्ञा अनुसार व्यवहार गर्दछिन् र जो व्यक्ति आफूले कमाएको धनमा पूर्ण सन्तुष्ट हुन्छन् भने यस्ता व्यक्तिहरुका लागि संसार एक स्वर्गजस्तै हुन्छ । १० खानाको लागि मिठो पदार्थ उपलब्ध हुनु, त्यसलाई पचाउने शक्ति हुनु, सुन्दर महिलासँग संसर्गको लागि कामशक्ति हुनु, प्रचुर धनका साथै धन दिने इच्छा हुनु, यी सबै सुख मानिसका लागि निकै कठिन रुपमा प्राप्त हुन्छ ।

रोजगारीका लागि मलेसिया पुगेका तीन युवा रित्तोहात फर्के

कञ्चनपुर–रोजगारीका लागि दुई महिनाअघि मलेसिया पुगेका कञ्चनपुरको बेलौरी नगरपालिकाका तीन जना युवा ठगिएका छन्। ठगिनेमा नगरपालिकाको वडा नं २ का २३ वर्षीय सुरेश चौधरी, वडा नं ४ का २१ वर्षीय अनिल राना र २२ वर्षीय अमर राना रहेका छन्। स्थानीय एजेन्ट मानबहादुर तामाङको सहयोगमा काठमाडौँस्थित स्मार्ट ओभरसिज प्रालि नामक मेनपावर कम्पनीलाई रु एक लाख ५० हजार रकम बुझाएर मलेसिया पुगेका युवालाई रोजगारदाता कम्पनीले भनेअनुसारको तलब र काम नदिएपछि उनीहरु रित्तो हात घर फर्केका हुन्। बैदेशिक रोजगार कम्पनीले मासिक एक हजार २०० मलेसियाली मुद्रा उपलब्ध गराउने सम्झौता अनुरुप युवा रोजगारीका लागि गएका थिए। सम्झौताअनुसार फुल प्याकिङ गर्ने काम उल्लेख गरिएको थियो,' पीडित युवा सुरेश चाैधरीले भने, 'मलेसिया पुगेपछि राहदानी खोसेर कम्पनीले निर्माण सामग्री ओसार्ने र तरकारीखेतीमा लगायो, आठघन्टा काम गर्ने भनिएकोमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म १२ घन्टाभन्दा बढी काममा लगाइन थालेपछि घर फिर्ता भएका छाैं।' 'कम्पनीले भनेअनुसारको तलबसमेत नदिने भएपछि फोनमार्फत अभिभावकलाई यसबारे जानकारी गराई राजनीतिक दलहरुको सहयोगमा घर फिर्ता हुन सकेका छाैं,' पीडित अनिल रानाले भने। मलेसिया पठाउने मेनपावर कम्पनीमाथि कारबाही र मेनपावर कम्पनीले असुलेको पैसा फिर्ता हुनुपर्ने माग युवाले गरेका छन्। रासस

सर्वाधिक कमाइ गर्ने बलिउडका १० फिल्म

सुपरस्टार सलमान खान र करिना कपुर अभिनीत बजरंगी भाइजानले रिलिजको दोस्रो हप्तासम्म वल्र्डवाइड बक्स अफिसमा साढे तीन सय करोड भारुको व्यापार गरिसकेको छ । यससँगै बजरंगी भाइजान विश्वभरबाट सर्वाधिक कमाइ गर्ने आठौँ बलिउड फिल्ममा दरिएको छ । विश्वभरमा सर्वाधिक कमाइ गर्ने बलिउड फिल्मको पहिलो र दोस्रो नम्बरमा आमिर खानका फिल्म परेका छन् । आमिरको पिके सर्वाधिक कमाइ गर्ने फिल्मको पहिलो नम्बरमा पर्छ भने उनकै धुम–३ दोस्रोमा । तेस्रो नम्बरमा भने शाहरुख खानको चेन्नाई एक्स्प्रेस परेको छ । भारतीय समाचार एजेन्सीले उल्लेख गरेअनुसार विश्वभरबाट सर्वाधिक कमाइ गर्ने बलिउड फिल्मको लेखाजोखा गर्दा सलमान आमिर र शाहरुखभन्दा निकै पछि परेका छन् । विश्वमा सर्वाधिक कमाइ गरेका टप टेन बलिउड फिल्मको हिसाब गर्दा सलमानका तीनवटा फिल्म मात्र परेका छन् । यी हुन् विश्वमा सर्वाधिक कमाइ गर्ने बलिउडका टप टेन फिल्म : पिके : सात सय ३५ करोड राजकुमार हिरानीको निर्देशनमा बनेको पिकेले विश्वभरबाट सात सय ३५ करोड भारु कमाइ गरेको छ । आमिर खान अभिनीत पिके सन् २०१४ मा रिलिज भएको थियो । फिल्मले भारतमा मात्रै चार सय ८९ करोड र ओभरसिजमा दुई सय ४६ करोड भारुको व्यापार गरेको बताइन्छ । पिकेमा आमिरका साथमा सुशान्तसिंह राजपुत, सञ्जय दत्त, अनुष्का शर्मा र ओमन इरानी प्रमुख भूमिकामा छन् । ह्याप्पी न्यु इयर : तीन सय ८३ करोड फराह खानको निर्देशनमा शाहरुख खानले निर्माण गरेको ह्याप्पी न्यु इयर सन् २०१४ को ब्लकबस्टर फिल्म हो । वल्र्डवाइड तीन सय ८३ करोड कमाइ गरेको फिल्मले भारतमा मात्र दुई सय ९३ करोड र ओभरसिजमा ९० करोड आर्जन गरेको थियो । ओभसिजको तुलनामा भारतमा धेरै आर्जन गरेको फिल्ममा शाहरुखका साथ ज्याकी श्राफ, दीपिका पादुकोण, अभिषेक बच्चन, ओमन इरानीलगायतले अभिनय गरेका छन् । किक : तीन सय ७७ करोड सलमान खान स्टारर किक वल्र्डवाइड कलेक्सन गर्ने टप टेन बलिउड फिल्मको नम्बर ६ मा परेको छ । सन् २०१४ मा रिलिज भएको किकले वल्र्डवाइड तीन सय ७७ करोड कमाएको बताइन्छ । साजिद नाडियावालको निर्देशनमा बनेको फिल्ममा सलमानका साथ ज्याक्लिन फर्नान्डिस र नवाजुद्धिन सिद्धिकी प्रमुख भूमिकामा छन् । फिल्मले भारतमा तीन सय नौ करोड र ओभरसिजमा ६७ करोड कमाएको थियो । क्रिस ३ : तीन सय ७४ करोड राकेश रोशनको निर्माण र निर्देशनमा बनेको क्रिस–३ ले वल्र्डवाइड तीन सय ७४ करोड कमाएको थियो । भारतमा मात्रै तीन सय २० करोड कमाएको फिल्मले ओभरसिजमा भने ५४ करोड व्यापार गरेको थियो । ऋतिकका साथमा प्रियंका चोपडा, कंगना रनवत, विवेक ओबरायलगायतले अभिनय गरेको फिल्म बालबालिकाले बेसी मन पराएका थिए । धुम–३ : पाँच सय ४२ करोड सन् २०१३ मा रिलिज भएको धुम–३ ले वल्र्डवाइड पाँच सय ४२ करोड भारु कमाइ गरेको थियो । आमिर खान दोहोरो भूमिकामा रहेको फिल्ममा कैटरिना कैफ, ज्याकी श्राफ र अभिषेक बच्चन पनि प्रमुख भूमिकामा छन् । विजयकृष्ण आचार्यको निर्देशनमा बनेको फिल्मले भारतमा भने तीन सय ७२ करोड र ओभरसिजमा एक सय ७० करोड कमाइ गरेको थियो । एक्सनबेस धुम–३ आमिरका कारण चलेको विश्लेषण गरिन्छ । बजरंगी भाइजान : तीन सय ५० करोड हाल प्रदर्शन भइरहेको सलमान खान स्टारर बजरंगी भाइजानले मंगलबारसम्म वल्र्डवाइड तीन सय ५० करोड भारु कमाइसकेको बताइन्छ । यसले भारतमा दुई सय ४१ करोड र ओभरसिजमा एक सय नौ करोड कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कबिर खान निर्देशित फिल्ममा सलमानका साथमा बालअभिनेत्री हर्षाली मल्होत्रा, करिना कपुर, नवाजुद्धिन सिद्धिकीलगायतले अभिनय गरेका छन् । फिल्मको व्यापार आक्रामक नै छ । चेन्नाई एक्सप्रेस : चार सय २२ करोड शाहरुख खानको फिल्म चेन्नाई एक्स्प्रेसले वल्र्डवाइड चार सय २२ करोड कमाइ गरेको छ । रोहित सेठ्ठीको निर्देशनमा बनेको फिल्मले भारतमा तीन सय एक करोड र ओभरसिजबाट एक सय २१ करोड रकम कमाइ गरेको बताइन्छ । सन् २०१३ मा रिलिज भएको फिल्ममा शाहरुखका साथ दीपिका पादुकोण प्रमुख भूमिकामा छिन् । एक्सन लभस्टोरीमा बनेको चेन्नाई एक्स्प्रेसले निर्देशक रोहितलाई निर्देशकका रूपमा पनि राम्रै उचाइ दियो । थ्री इडियट्स : तीन सय ९५ करोड राजकुमार हिरानी निर्देशित थ्री इडियट्स सन् २००९ को फिल्म हो । आमिर खान, आर माधवन, करिना कपुर, सरमन जोशी, बमन इरानीलगायतले अभिनय गरेको कमेडी बेसको फिल्मले वल्र्डवाइड तीन सय ९५ करोड भारु आर्जन गरेको थियो । जसमा भारतबाट दुई सय ६९ करोड र ओभसिजबाट एक सय २६ करोड कमाइ भएको बताइएको छ । कलेज पढ्ने युवाको कथामा निर्माण गरिएको फिल्ममा हास्यरसको प्रचुरता छ । निर्देशक इरानीलाई लगे रहो मुन्नाभाइपछि यो फिल्मले उचाइ दिलाएको हो । ब्याङब्याङ : तीन सय ४० करोड सिद्धार्थ आनन्द निर्देशित सन् २०१४ को एक्सन फिल्म ब्याङब्याङले वल्र्डवाइड तीन सय ४० करोड कमाएको थियो । भारतमा दुई सय ६१ करोड संकलन गरेको फिल्मले ओभरसिजमा ७९ करोड व्यापार गरेको थियो । ऋतिक रोशन र कैटरिना कैफ प्रमुख भूमिकामा रहेको ब्याङब्याङ सन् २०१० मा रिलिज भएको हलिउडको चर्चित फिल्म डे एन्ड नाइटको रिमेक हो । एक था टाइगर : तीन सय २० करोड सन् २०१२ मा रिलिज भएको सलमान खान अभिनीत एक था टाइगरले वल्र्डवाइड तीन सय २० करोड कमाइ गरेको थियो । भारतमा मात्र दुई सय ६३ करोड भारुको व्यापार गरेको फिल्मले ओभरसिजमा भने ५७ करोड कमाएको थियो । कबिर खानको निर्देशनमा बनेको फिल्ममा सलमानका साथमा कैटरिना कैफ प्रमुख भूमिकामा छिन् । एक्सन लभस्टोरी एक था टाइगरमा भारत र पाकिस्तानका जासुसको प्रेमकथा देखाइएको छ ।

मेरो छाला मेरो होइन

अनुहारबाहेक सबै शरीर जलेको छ, जलेको शरीर बेलाबेलामा चर्कंदा असह्य पीडामा पुग्छन् उनी। त्यही पीडाबीच पनि बाँच्न सफल आफ्नो शरीरतिर हेर्दै मुस्काउन थाल्छन्। उनको शरीरको छाला उनको हैन। कीर्तिपुर अस्पतालको स्किन बैंकमा पहिलोपटक स्टोर गरेर राखिएको मृत व्यक्तिको छालाले नयाँ जीवन पाएका उनी अब त बाँच्छु भन्नेमा विश्वस्त देखिन्छन्।वैशाख १२ गते गएको विनाशकारी भूकम्पले घर हल्लिँदा अगेनामाथि रहेको सल्लाको खोटो खसेपछि आगलागी भएर जलेका दैलेख चामुण्डाका टीकाराम चालिसेलाई उपचारका लागि नेपालगन्ज हुँदै लखनउ पुर्‍याइएको थियो। आजको अन्नपूर्णमा दीपा दाहालको समाचार छापीएको छ। दुई लाख रुपैयाँ खर्च गर्दा पनि निको नभएपछि उनको परिवारले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइपुराए। त्यहाँबाट पनि भूकम्पपीडित उनलाई जलेको बिरामीको निःशुल्क र राम्रो उपचार हुने भन्दै कीर्तिपुर अस्पताल रेफर गरियो। त्यहाँ पुग्दा जलेको छालाले संक्रमण फैलिएर जीवनमरणको दोसाँधमा चारवटा अस्पताल धाइसकेका चालिसे भाग्यमानी साबित भए। अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राई नेतृत्वको टोलीको १८ महिनाको अथक प्रयासपछि स्किन बैंकमा जम्मा गरिएको मृत व्यक्तिको छालाले उनलाई नयाँ जीवन दियो। त्यो छाला केही दिनअघि आत्महत्या गरेका एक न्यायाधीशको चाहनामा र परिवारको सहमतिमा उनको मृत शरीरबाट निकालेर स्टोर गरिएको थियो। ‘स्वर्गमा बास होस्, ती मान्छेको जसको छालाले मैले फेरि संसार देख्न पाएँ,’ यसो भन्दा उनको आँखामा हर्षका आँसु टिल्पिलाउँदै थियो। बुढ्यौलीले चाउरी परेका दुई हात जोड्दै डा. राईप्रति आफ्नो जीवन बचाएकोमा अनुग्रहित भए उनी। त्यस्तै मृत व्यक्तिकै छालालाई आफ्नो छाला बनाएर बाँच्न सफल अर्को एउटा शरीर विपरीत दिशामा रहेको शय्यामा तंग्रिँदै थियो। धादिङकी सरिता धिताललाई सायद १७ वर्षे जवानीमै यो ससार छोड्नुपर्ने हुन्थ्यो, उक्त अस्पतालको स्किन बैंकमा छाला स्टोर नगरेको भए। 'तिम्रो जीवन अर्काको छालाले बाँच्यो, थाहा छ? ' भन्ने प्रश्नमा पहिले अवाक् भइन् उनी, अनि थोरै घोत्लिएर भनिन्, ‘हो डाक्टरले पनि भन्नुभएको थियो।' कस्तो लाग्दैछ तिमीलाई भन्ने अर्को प्रश्नमा पोलिएर दागै दाग भएको अनुहार उज्यालो पार्दै उनले भनिन्, ‘अब त म जे पनि गर्न सक्छु।'चिया पकाउँदै गर्दा आगलागी भएर जलेकी उनलाई फेरि यसरी कुरा गर्न सक्छु भन्ने लागेकै थिएन। तत्कालका लागि जीवन बचाएको अर्काको छालालाई उनको आफ्नै छाला उम्रिएर विस्थापित गर्दैगर्दा चिलाइरहेको शरीर थोरै शान्त पार्दै जबाफ दिँदै थिइन् सरिता।

गौ हत्याका दोषीमाथि कारबाहीको माग गर्दै सुदूरपश्चिम बन्द आह्वान

कञ्चनपुर, १६ साउन । गौ हत्याका दोषीमाथि कारबाहीको माग गर्दै आज सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ । हिन्दूराष्ट्र संरक्षण सङ्घर्ष समितिले कैलालीका विभिन्न स्थानमा निर्ममरुपमा गाईको हत्या गर्ने कार्य हुन थालेकाले दोषीमाथि कारबाहीको माग गर्दै बन्द आह्वान गरेको जनाएको छ । बिहानै महेन्द्रनगर बसपार्कबाट छोटो दूरीका यातायातका साधन सञ्चालन भइरहेका भए पनि लामो दूरीका यात्रुबाहक बस सञ्चालन हुन सकेका छैनन् ।

मोदीखोलासँगै उर्लियो आँसु

कास्की, लुम्ले, श्रावण १६ - उर्लेको धमिलो मोदीखोला । किनारमा लहरै चिता । एकैछिनमा सबै शवमा दागबत्ती । गाउँलेको मन कसरी थामिन्थ्यो ! रुवावासी चल्यो । युवापुस्ता पनि आँखामा आँसु लिएर पिलपिल गर्दै थिए । शुक्रबारको दिउँसो बादल पनि हरायो । मौसम धुम्म थियो । मानौं बाढीपहिरोको विपत्तिले थोपरेको शोकमा परेकाहरूको आँसुले मोदीखोला उर्लिएको थियो । पोखराबाट ३२ किलोमिटर पश्चिममा पर्ने लुम्ले–६ को माझगाउँ बिहीबार बिहान पहिरोको पीडा भोगेर घाइते अस्पताल पुर्‍याउन र दबिएकाहरूलाई खोज्न व्यस्त थियो । शुक्रबार एकातिर सेना, सशस्त्र र नेपाल प्रहरीका टोली घरका भग्नावशेष खोतलिरहेको थिए, अर्कातिर गाउँले दिनभर दिवंगतमध्येका १८ जनाको अन्त्येष्टिका लागि मोदीखोलाकिनारमा थिए । बुधबार रातिको पहिरोले स्थानीय २७ जनाको ज्यान लियो । एकजना अझै बेपत्ता छन् । ट्रयाक्टर र गाडीमा शव लिएर गाउँले १० किलोमिटर दूरीको घाट पुगेका थिए । एकै वडाका यति धेरैको सामूहिक अन्त्येष्टि कल्पनासम्मको कुरा थिएन । ‘कसरी हेर्न सक्नु ?’ घरहरूमा अझै पुरिएकाको शव र गाउँलेका सामान भेटाइदिन खन्दै गरेका सुरक्षाकर्मीको साथमा रहेका गाविस सचिव हरिप्रसाद अधिकारीले भने, ‘यो कसैले सपनामा पनि नचिताएको कुरा भयो ।’ एउटा सिर्जनाको जमाना थियो । पोखरेली स्रष्टा विनोद गौचन थिए । पूर्वमा इलामको कन्याम, भेडेटार र राजधानी नजिकको नगरकोटको मौसमजस्तै लुम्ले सिर्जनशीलका मस्तिष्कमा ऊर्जा भथ्र्यो । २०६५ चैतमा यिनै गौचनको अगुवाइमा लुम्लेले ‘कविता गाउँ’ को उपमा पाएको थियो । शुक्रबार सामूहिक अन्त्येष्टिमा सहभागीमध्ये कसैका आँखा ओभाना थिएनन् । कविता गाउँको विरहको गीत गाउँलेका आँखाबाट बगिरहेको थियो । अन्त्येष्टिमा उल्लेख्य संख्यामा लुम्लेवासी सहभागी थिए । गाउँ नै रित्तै छाडेर घाटमा पुग्नेमा महिलादेखि वृद्धसम्म सबै उमेरकाहरू थिए । मृतकमध्ये १८ जनाको विरेठाँटी नजिकैको एकुहार घाटमा धार्मिक संस्कारअनुसार सामूहिक अन्त्येष्टि गरियो । शवसँगै दाउरा पनि ट्रयाक्टरमा लगिएको थियो । नदीको भेलछेउ किनारमा एउटै लामो चितामा राखिएका शवहरूमा आफन्तले दागबत्ती दिए । छिरिङ शेर्पा परिवारका चारजनाको गाउँ नजिकैको धोतीखोलामा बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिएको थियो भने माइती आएकी मञ्जु सुनार र उनकी ३ महिने छोरीको शव तनहुँ भीमाद लगिएको थियो । शेर्पाको घरलाई सबैभन्दा सुरुमा बगाएपछि पानीले सोहोर्दै अरू घरलाई गुटमुट्याएको थियो । माझगाउँमाथि बिलौनो खाल्डो भनिने पहाडको एउटा घरजत्रो ढुंगो खसेको थियो । त्यो ढुंगो गाउँ सिरानको खानेपानीको ट्यांकीमाथि बज्रियो । देउराली मुस खानेपानीको २० हजार लिटरको उक्त ट्यांकी फुटेर बाटामा पर्ने घरबारी सोहोर्दै मुन्तिर खसेको थियो । यसरी खस्दा त्यो पानीको वेगले गाउँका १४ घर बगाएको हो । ‘कल्पनै नगरेको स्थानमा आएको बाढीपहिरोले यति ठूलो जनधनको क्षति भयो । हामीले यो पीडा कहिल्यै बिर्सन सक्दैनौं,’ स्थानीय खिम क्षेत्रीले भने, ‘अहिले हामीसँग पीडा पोख्न शब्द छैन ।’ फेरि पनि अर्को विपत् आउने होकि भन्ने चिन्ता उनीहरूमा छ । ‘आकाशमा कालो बादल देख्नसाथ डर लाग्छ,’ उनले भने, ‘कल्पनै नगरेको घटना भएर अहिले गाउँको बीचमा ठूलो खोल्सो बनेको छ । पानी परेर त्यही खोल्सामा बाढी आएर अरू घर पनि बगाउने होकि भन्ने चिन्ता छ ।’ घटनामा त्यो रात जोगिए पनि खोल्सा आसपासका अन्य दर्जन घर जोखिममा छन् । ती घरमा सुत्न–बस्न छाडिएको छ । ‘रातिको समय के कसो हुने हो भनेर बिहीबार राति छिमेकीमा गएर सुत्यौं,’ घाटमा भेटिएका ६३ वर्षीय कृष्णप्रसाद देवकोटाले भने, ‘प्रहरीले पनि भदौ महिनासम्म घरमा राति नबस्न भनेका छन् । प्रहरीले नभनेको भए पनि बस्ने कुरै थिएन ।’ गाउँलेका अनुसार यसअघि माझगाउँ पहिरोको जोखिम भएको क्षेत्र मानिन्थेन । कहिलेकाहीँ स–साना ढुंगा खसे पनि डाँडा सुरक्षित रहेको गाउँलेको बुझाइ थियो । ‘ढुंगो खस्नु । आफ्नै लागि बनाएको खानेपानीको ट्यांकीले गाउँ बगाउनु कसले सोच्छ †,’ स्थानीय हरिकृष्ण देवकोटाले भने, ‘खै के भन्ने भन्ने भएको छ ।’ गाविस सहायक नारायण क्षेत्रीले भने, ‘यत्रो पीडामा पनि सबै गाउँले एक–अर्काको सहयोगमा जुटेका छौं । धैर्य टुट्न दिनु भएन भन्ने लागेको छ ।’ खानेपानीको ट्यांकी बगेकाले गाउँमा पिउने पानीको दु:ख सुरु भएको छ । धेरै ठाउँका पोल ढलेका छन् । बिजुली छैन । पुराना कुवा, खोल्सा खोज्नुपर्ने बाध्यता सुरु भएको छ । प्रहरीका अनुसार कास्कीको लुम्लेमा २७, भदौरेतामागीमा ५ र ढिकुरपोखरीमा २ जनाको मृत्यु भएको छ । घटनामा हराइरहेकाको संख्या ५ छ भने १४ जना घाइतेको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । लुम्लेमा मात्रै करिब ४० चौपाया मरेका छन् । सबै शक्ति बेपत्ता व्यक्तिको खोजीमा केन्द्रित भएकाले मरेका चौपायाको व्यवस्थापन हुन सकेको छैन । यसले दुर्गन्ध फैलिएर महामारी फैलने पो होकि भन्ने डर गाउँलेमा छ । अन्त्येष्टिमा भेटिएका एमाओवादी नेता खिमलाल देवकोटाले विस्थापितको पुन:स्थापनाको माग गरे । नेपालमै सबैभन्दा धेरै पानी पर्ने लुम्लेको यो घटनाले सरकारले पाठ सिकेर भौगोलिक अध्ययन गरी व्यवस्थित बसोबास मिलाउन उनले जोड दिए । पीडितलाई राहत माग सांसदहरूले बुधबार रातिको बाढीपहिरोमा परी जनधनको ठूलो क्षति भएको भन्दै पीडित परिवारलाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् । व्यवस्थापिका संसद्को शुक्रबारको बैठकमा उनीहरूले पछिल्ला दिनमा कास्की, म्याग्दी र बागलुङमा बाढीपहिरोले जनधनको क्षति भएको भन्दै गृह मन्त्रालयले तत्काल राहत वितरण र स्थलगत निरीक्षण गर्नुपर्नेमा जोड दिए । सांसद सीता गिरी ओलीले कास्कीका विभिन्न स्थानमा बाढीपहिरोले जनधनको क्षति भएकाले तत्काल पुन:स्थापनाको व्यवस्था गर्न माग गरिन् । सांसद कुमार खड्काले कास्कीमा गएको पहिरोले चारवटा पुल भत्काएको, पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको, स्थानीयवासीको अवस्था अत्यन्तै दर्दनाक रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले पोखरा विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर तयारी हालतमा राख्न र बाढी तथा पहिरोपीडितलाई तत्काल राहत दिन सरकारसँग माग गरे । सांसद रेशमबहादुर बानियाँले बाढी पहिरोपीडितलाई बिनाभेदभाव राहत प्रबन्ध गर्न माग गरे । सांसदद्वय डिलबहादुर नेपाली र विन्दादेवी आलेले घाइतेको नि:शुल्क उपचार र जोखिममा परेको घरलाई सुरक्षित स्थानमा सार्न माग गरे । सांसद नवराज शर्मा र तेजकुमारी पौडेलले कास्की र म्याग्दीका विभिन्न गाविस पहिरोको उच्च जोखिममा परेकाले तत्काल सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्न, घाइतेको नि:शुल्क उपचारको प्रबन्ध गर्न र मृतक परिवारलाई राहत प्रदान गर्न माग गरे । सांसद प्रकाश शर्मा पौडेलले बुधबारको बाढीपहिरोमा धौलागिरि अञ्चल बढी प्रभावित भएको, सडक अवरुद्ध तथा जनधनको क्षति भएको, दैनिक उपभोग्य वस्तुको अभाव र विभिन्न जलविद्युत् आयोजना क्षति भएको जानकारी दिए । सभामुख सुवास नेम्वाङले सांसदहरूले बाढीपहिरोका विषयमा गम्भीर ढंगले प्रश्न उठाएको उल्लेख गर्दै राहत तथा उद्धारमा भइरहेका प्रयासबारे व्यवस्थापिका–संसद्को अर्को बैठकमा जानकारी गराउन सरकारलाई रुलिङ गरे ।

बर्षाका कारण रोकिएको नेपाल र स्कटल्याण्ड बिचको हिजोको खेल आज हुने

काठमाडौं, श्रावण १६ । शुक्रबार बर्षाले प्रभावित भएर रोकिएको नेपाल र स्कटल्याण्डबीचको बाँकी खेल शनिबार हुँदैछ । रोकिएकै स्थितिबाट शनिबार फेरि खेल हुने छ । जस अनुसार स्कटल्याण्डले जितका लागि अब २० दशमलव २ ओभरमा ९५ रन बनाउनु पर्ने छ र उसको १० विकेट बाँकी छ ।पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै १० विकेट गुमाएर १ सय ६७ रन मात्र बनाएको थियो । जस अनुसार स्कटल्याण्डले १ सय ६८ रन बनाउनु पर्ने भएपनि वर्षाका कारण तत्काल खेल सुरु हुन सकेन । पछि पानी पर्न छाडेपछि खेल सुरु भयो र स्कटल्याण्डलाई डकवर्थ लुईस मेथड अनुसार २२ ओभरमा १ सय १० रन बनाउनु पर्ने लक्ष्य दिईयो । तर स्कटल्याण्डले १० बल मात्र खेलेर १५ रन बनाएपछि फेरि पानी पर्न थाल्यो र खेल आजका लागि सारियो ।

देउवालाई नरेन्द्र मोदीको यस्तो सुझाव

काठमाडौं, श्रावण १६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको अपनत्व हुने गरी संविधान जारी गरे नेपालको हित गर्ने सुझाव दिएका छन् । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवासँग शुक्रबार भएको भेटवार्तामा अधिकतम सहमति जुटाएर संविधान जारी गर्नु उपयुक्त हुने सुझाव मोदीले दिएका हुन । यसो गर्न सके नेपालमा दिगो शान्ति र समृद्धि हुने उनको सुझाव थियो । विनाशकारी भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका बारेमा चासो राख्दै मोदीले नेपालको विकास निर्माणमा भारतको सधै सहयोग र समर्थन रहने आश्वासन दिए । देउवाले नेपालमा सबैको सहमतिमा संविधान जारी गर्ने गरी छलफल भइरहेको भन्दै मधेसी दलहरुलाई समेत मिलाएर संविधान जारी गर्न लागि परेको जानकारी दिएका थिए । देउवाले आफू प्रधानमन्त्री हुँदा भाजपा नेता अटल बिहारी बाजपेयी नेतृत्वको भारतीय सरकारसँग गरेको एकीकृत महाकाली सन्धी कार्यान्वयनमा भारतीय सहयोगको अपेक्षा गरेका थिए । मोदीले सकारात्मक प्रतिक्रिया दिदै नेपालको जलविद्युत निर्माणमा भारतले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

विन्डाेज १० कसरी इन्स्टल गर्ने? विधि सहित

माइक्रोसफ्टले हालै आफ्नो नयाँ ओपरेटिङ सिस्टम ‘विन्डोज १०’ उपलब्ध गराएको छ । गत सेप्टेम्बरमा विन्डोज इनसाइडरमार्फत परीक्षणको रुपमा विन्डोज १० उपलब्ध गराएको माइक्रोसफ्टले त्यसमार्फत रजिष्टर गरेका ५० लाख प्रयोगकर्ताहरुलाई विन्डोज १० निस्शुल्क अपग्रेड गर्ने सुविधा दिएको छ । त्यस्तै यो सुविधा सबैलाई एकैपटक नदिइने भएकाले धेरै प्रयोगकर्ताहरु अझै यसको प्रयोगका लागि प्रतिक्षा गर्नुपर्ने भएको छ। उक्त विन्डोज इन्साइडरमा नाम दर्ता नगरेकाले पनि यो सफ्टवेयर डाउनलोड गर्न पाउने सुविधा रहेको छ। जेन्युन ओपरेटिङ सिस्टमहरु विन्डोज ७ वा ८ प्रयोग गरिरहेका प्रयोगकर्तालाई लक्षित गरेर माइक्रोसफ्टले विन्डोज १० आइएसओ फाइल सार्वजनिक गरेको छ। यसको प्रयोग गरी विन्डोज अपडेटबिना नै विन्डोज १० इन्स्टल र एक्टिभेट गर्न सकिन्छ। यो टुलबाट सिधै माइक्रोसफ्ट विन्डोज १० इन्स्टल गर्नअुघि केही प्रक्रिया पुरा गर्नुपर्नेछ। । आफ्नो सिस्टम ड्राइभमा पर्याप्त डिस्क स्पेस र सेटअप फाइल डाउनलोड गर्न इन्टरनेट स्पिड पनि हुनुपर्छ । त्यस्तै पिसी जेन्यसन जेन्युन विन्डोज ७ वा ८ बाट सञ्चालित भएको हुनुपर्छ । विन्डोज १० इन्स्टलको लागि माइक्रोसफ्टको यो साइट लगइन गरी मिडिया क्रिएसन टुल डाउनलोड गर्नुपर्छ। यसका लागि ३२ बिट वा ६४ बिट भर्सनको डाउनलोड टुल छनौट गर्नुपर्ने हुन्छ । विन्डोज १० मिडिया क्रिएसन टुल इन्स्टल गरेपछि इन्स्टल भएको फाइलमा क्लिक गर्ने। केही सेकेन्डपछि नयाँ विन्डो आउनेछ, जहाँ what do you want to do? भनेर सोध्छ र दुईवटा अप्सन दिन्छ । अपसन upgrade this PC now मा क्लिक गर्ने र Next गर्ने। इन्स्टलेसनका क्रममा प्रयोगकर्ताको पिसी रिस्टार्ट हुन्छ। अर्को पिसीका लागि फ्रेस इन्स्टल गर्नुपर्ने हो भने चाँही दोश्रो अप्सन Create installation media for another PC गर्ने। पहिलो अप्सन छानेपछि पिसीमा नयाँ विन्डो देखा पर्छ । जसले विन्डोज १० डाउनलोडको प्रक्रिया भएको संकेत दिन्छ । केही मिनेटपछि डाउनलोड सुरु हुन्छ र प्रोगेस इन्डिकेटर विस्तार बढेको देखिनेछ । डाउनलोड प्रोसेस सकिएपछि पिसीमा नयाँ विन्डोज देखापर्छ जहाँ Creating Windows 10 media भनेर म्यासेज आउँछ। प्रोग्रेसको काम भइरहँदा ब्याकग्राउन्डमा अन्य काम पनि गर्न सकिनेछ। यो क्रममा पिसी चारर्जमा जोड्ने । विन्डोज १० मिडिया टुल क्रिएट भएपछि पिसीमा एउटा नयाँ सानो विन्डो देखापर्छ जुन सेटअप पिसी विन्डोज १० को इँन्स्टलेसन प्रक्रियामा जान हो र यसका लागि केही समयसम्म कुर्नुपर्छ । यसपछि getting updates स्टेप आउनेछ जहाँ पिसीले सेटअपका लागि चाहिने अपडेटहरु डाउनलोड गर्छ । अब विन्डोज १० इन्स्टलेसनका लागि पिसीमा पर्याप्त स्पेस छ कि छैन भनेर नयाँ विन्डो देखापर्छ । स्पेस पर्याप्त छैन भने सेटअप नै एबोर्ट हुन्छ भने पर्याप्त छ भने विन्डोज १० सेटअप थप प्रोसेसमा बढ्छ । पिसी रिबुट पछि विन्डोज १० अपग्रेडका लागि इन्ष्टलमा क्लिक गर्ने। अब फेरि पिसी रिस्टार्ट हुन्छ । पुनः रिबुटपछि विन्डोज १० सेटअप पुनः सुचारु हुन्छ र इन्स्टलेसन प्रक्रिया अगाडि बढ्छ । इन्स्टलेसन प्रक्रिया सकिएपछि पिसी पुनः रिस्टार्ट हुन्छ र Upgrading Windows भन्ने म्यासेज आउँछ। यसमा तीन स्टेप हुन्छन्ः Copying files, Installing features and drivers, and Configuring Settings. विन्डोज १० अपग्रेड गर्ने यो अन्तिम स्टेप हो । यो क्रममा पिसी बारम्बार रिस्टार्ट हुन्छ । सबै स्टेप पुरा गरेपछि अब पिसी विन्डोज १० मा अपग्रेडेड हुन्छ। नयाँ अपरेटिङ सिस्टमका लागि लगइन गर्ने र नयाँ विन्डोका लागि कन्फिग्युरिङ सेटिङमा जानुपर्ने हुन्छ । यहाँ नयाँ विन्डो देखिन्छ जसमा विन्डोज १० का नयाँ एप्स पनि हुन्छन्, फोटो, माइक्रोसफ्ट एज, म्युजिक, मुभी र टिभी । अब Next क्लिक गरेपछि विन्डोज पिसी प्रयोग गर्न तयार हुन्छ। सबै सेटिङ, फाइल, र एप्स आफै इन्स्टल भइसकेका हुन्छन् र महत्वपूर्ण एप्सहरु टास्कबारमा पनि हुन्छन् ।

नेपाललाई हिन्दु राष्ट्र बनाउन मुस्लिम समुदायको माग

धरान, १४ साउन । संविधानमा हिन्दु राष्ट्र कायम गरिनुपर्ने माग राख्दै हिन्दुवादीहरुले छ दिनयता इटहरीमा गरीरहेको आन्दोलनमा मुस्लिम धर्मालम्वीहरुले समेत समर्थन जनाएका छन् । वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समितिले विहीबार इटहरीमा निकालेको र्याली, बन्द र कोणसभामा मुस्लिमहरुको समेत सहभागिता थियो । उनीहरुले ‘हिन्दु–मुस्लिम भाईभाई रक्षा गरौं गाईलाई’ लगायतका नारा लगाए । हिन्दु राष्ट्र हुनुपर्ने भन्दै आन्दोलनरत हिन्दुवादीहरुलाई आफ्नो पनि समर्थन रहेको नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य सहादत हुसैनले बताए । उनले नेपालमा हिन्दु र मुस्लिमबीच भाईभाईको सम्बन्ध रहेको बताउँदै सदियौंदेखि नेपाल हिन्दु राष्ट्र रहेकाले अबपनि हिन्दु राष्ट्र हुुनुपर्ने धारणा राखे । हिन्दुवादीहरुले आजपनि एक घण्टा इटहरीमा चक्काजाम गर्दै हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गरेका छन् । यसैबीच, नेपालका प्रथम जगत गुरु बालसन्तले समेत हिन्दु राष्ट्र मागगर्दै भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । उनले हिन्दुवादीहरुले इटहरीमा गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको आरोप लगाउदै दमनको भत्र्सना समेत गरे । आज इटहरीमा हिन्दुवादीहरुले गरेको प्रदर्शनमा ठूलो संख्यामा मुश्लिम समुदायका प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए । यसअघि नेपालको राष्ट्रिय झण्डा दुरुपयोग गर्दै आएका प्रदर्शनकारीहरुले हिजोदेखि भने हिन्दुहरुको पहेलो झण्डा मात्र प्रयोग गर्न थालेका छन् । झण्डा दुरुपयोगको समाचार प्रशारण भएपछि इलाका प्रहरी कार्यालयले त्यसलाई खोसेको थियो भने, प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले झण्डा दुरुपयोग नगर्ने शर्तमा फिर्ता दिएका थिए । सुनसरीका राजनीतिक दलहरुले समेत राष्ट्रिय झण्डालाई दुरुपायोग नगर्न आग्रह गरेका थिए ।

देश टुक्रयाउँछु भन्नेहरुको टाउको पनि टुक्रिन सक्छ : मन्त्री पण्डित

काठमाडौं, साउन १३: कुमाल समुदायले बुधबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कुमाल लाई बधाई तथा सम्मान गरेको छ । कुमाल समुदायको तर्फबाट इतिहासमै पहिलो पटक राज्यको उच्च तह मन्त्रिमण्डल पुग्न सफल भएकोमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कुमाललाई सम्मान गरेको हो । नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष नरेन्द्रमान मुखिया कुमालले मन्त्री पण्डितलाई सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नागरिकता लिदैमा कुनै पनि व्यक्ति देशको नागरिक हुन नसक्ने र नागरिक हुनको लागि देश भक्त हुनु पर्ने बताए । कुनै पनि नेता, कर्मचारीहरुमा देश भक्त छैन भने तिनीहरु नेपालका नागरिक होईनन् । भाषणकै क्रममा मन्त्री पण्डितले भने, ‘देश टुक्रयाउँछु भन्नेहरुको टाउको पनि टुक्रिन सक्छ ।’

खुसीको एउटा तस्बिर

तीन वर्ष भयो उनले पत्रकारिता थालेको। फोटोका सौखिन उनले विभिन्न विधाका हजारौं तस्बिर खिचे। कुनै नामका लागि कुनै दामका लागि। भक्तपुर झौखेल-८ का अमुल थापाले वैशाख १३ गते बिहान यस्तो तस्बिर खिचे- जसले उनलाई नेपालमा मात्रै होइन विश्वभर चिनायो। त्यही तस्बिरबाट उनले नाम र दाम दुबै कमाए । वैशाख १२ गते भूकम्प जाँदा बानेश्वर चोकस्थित आफू कार्यरत 'काठमान्डु टुडे डटकम'को तेस्रो तलामा थिए, उनी। अमिलो अचारसम्बन्धी फोटो स्टोरी तयार गर्दैगर्दा भूकम्पको पहिलो झ्टका महसुस गरेका उनी अत्तालिँदै बाहिर निस्किए। धन्न, क्यामेराचाहिँ बोक्न भ्याएका रहेछन्। मोटरसाइकल साथीले लगेका कारण कोटेश्वरबाट दौडँदै धरहरा पुगेका अमुलले त्यहाँ भयावह तस्बिर खिचे। वसन्तपुर क्षेत्रको क्षतिवक्षत दृश्यलाई पनि कैद गर्न भुलेनन्। अफिस फर्किएर फोटो अपलोड गर्दै थिए, उनी। 'यत्तिकैमा घर भत्केको खबर आयो,' उनले नागरिकसँग सुनाए, 'आफ्नै घर भत्किएको खबरले अर्को झट्का लाग्यो तर काम छाडिनँ।' काम सकेर घर फर्कंदै गर्दा ब्यासी चोकका स्थानीयहरू भक्तपुर मूलढोकामा चार महिने बालक पुरिएको कुरा गर्दै रहेछन्। अब भने आफ्नो भत्केको घरले होइन, पुरिएको बालकको समाचारले अमुललाई तानिसकेको थियो। मूलढोकाको भग्नावेशमा चार महिने बालक सोनिश अवाल पुरिएका थिए। सँगै पुरिएकी उनकी दिदीको उद्धार भए पनि यी दूधेबालकको अत्तोपत्तो थिएन। अमुल मूलढोका पुग्दा बेलुकीको ८ः३० बज्दै थियो। चारैतिर भग्नावशेष। रुवाबासी र कोलाहल। त्यहाँको हृदयविदारक दृश्यले एक छिन क्यामेरा झिक्नै बिर्सिए, उनले। नेपाली सेनाको टोली उद्धारमा खटिइसकेको थियो। तस्बिर खिच्न पुगेका उनले झोलाबाट क्यामेरा निकाल्न सकेनन्। 'मलिन अनुहारलाई लेन्सले होइन, आफ्नै आँखाले नियालेँ,' उनी भन्छन्। दुई घन्टा त्यहीँ बिताएका उनले रातको १०ः३० सम्म उद्धार कार्यमा सहयोग गरे। सेनाको टोलीले बालकको पत्तो लगाइसकेको थिएन। बाँकी उद्धारकार्य अर्को दिनलाई थाती राखेर सेनाको टोली हिँडेपछि अमुल पनि घर फर्किए। 'त्यो दृश्य देखेर आएपछि त रातभर सुत्नै सकिनँ,' उनी सम्भि्कन्छन्, 'आफ्नो घर भत्केकाले पालको सुताइ भयो तर मनचाहिँ रातभर मूलढोकातिर कुदिरह्यो।' बिहान उज्यालो हुन नपाउँदै उनी मूलढोकातिरै हान्निए। 'साढे पाँच बजे पुग्दा सोनिशका बा–आमामात्र थिए, अरू कोही नआएकाले एक राउन्ड भक्तपुर चक्कर मारेँ।' भूकम्पले खण्डहर बनाएको भक्तपुरको केही तस्बिर लिएर उनी मूलढोका फर्किंदा सेनाको टोली उद्धारमा खटिइसकेको थियो। 'सेनाले एकदमै संवेदनशील भएर काम गरिरहेको थियो,' अमुल भन्छन्, 'सेनालाई अनुरोध गरेर घेराभित्र छिरेँ र केही समय स्वयंसेवामा जुटे। किनकि यो मेरो लागि पनि संवेदनशील समय थियो।' उद्धारकार्यमा जुटेको सेनाको तस्बिर खिच्दै गर्दा साढे आठ बजेतिर बालक रोएको आवाज सुनियो। 'बालक जिउँदै छ भन्ने लागेपछि उद्धारमा अफ्ठ्यारो हुन सक्ने ठानेर बाहिर खबर गरिएन,' उनले सुनाए, 'मेरो अनुहार नियालिरहेका सोनिशका बुवातर्फ फर्केर बालक जिउँदै रहेको संकेत गरेँ, तर उनले बुझेनन्।' लामो प्रयासपछि बिहान १० बजेतिर बालकलाई सकुशल निकालियो। सोनिशको अनुहार धुलोले ढपक्कै ढाकेको थियो। एउटा हातको मुठ्ठी कसिएको थियो, अर्कोले मुहार छोपिरहेको। उद्धारमा खटिएका सेनाले फु... गर्दै धुलो झारे, र माथि उचाले। ठिक त्यही बेला अमुलले खिचेको तस्बिरले पछि देश–विदेशमा चर्चा पायो। २२ घन्टासम्म पुरिँदा पनि बालकको अनुहार गलेको थिएन। धुलोले छोपेको मात्रै, चमक उत्तिकै थियो। हजारौं घर भत्किएको र कैयौंको ज्यान गुमाएर शोकमा डुबेको भक्तपुर बालकले पुनर्जीवन पाएसँगै खुसीमा रमायो। स्वास्थ्य परीक्षणका लागि बालकलाई अस्पताल लगेपछि उनी अफिसतिर लागे। २२ घन्टापछि उद्धार गरिएको बालकको तस्बिर सम्पादकलाई देखाउनासाथ उनी निक्कै खुसी देखिए। 'निराशाको कालो बादलमाझ यो आशाको केन्द्र थियो,' उनी भन्छन्, 'जतिसक्दो चाँडो प्रकाशन गर्ने अभियानमा लाग्यौं।' स्टोरी लेखिसकेर फोटो अपलोड गर्दै थिए, तब बित्यास पर्योन। प्राविधिक कारण इन्टरनेट कनेक्सन हुन सकेन। खुसीको शृंखला टुट्यो। उनी निराश भएर पुनः काममै फर्र्किए। त्यो दिन फोटो छापिएन। 'आफूलाई अत्यधिक मन परेको फोटो प्रकाशन गर्न नपाउँदा निक्कै पीडा भयो,' उनले भने, '१४ गते बिहान सिन्धुपाल्चोक पुगेपछि मात्रै अफिसबाट फोटो अपलोड भएको जानकारी पाएँ। केही बेरमा त सबैतिर त्यसैको चर्चा भएको खबर आयो।' दुई सेनाले उचालिरहेको धुलोसरिको बालकको तस्बिर सामाजिक सञ्जालहरूमा भाइरल बनिसकेको थियो। तत्कालै कार्यलयमा फोन र मेल आउन थाले। बधाई दिनेहरूका कारण अमुलको मोबाइल दिनभरजसो व्यस्त हुन थाल्यो। 'फेसबुकमा फ्रेन्ड रिक्वेस्टको सख्ंया ह्वात्तै बढ्यो। इनबक्समा पनि बधाई सन्देशहरू निकै आएका थिए,' उनी खुसी हुँदै भन्छन्, 'देश–विदेशका नाम चलेका सञ्चारमाध्यमले अन्तर्वार्ताको लागि समय माग्न थालिसकेका थिए।' चारैतिर भूकम्पले तहसनहस बनाएको समयमा बालकको उक्त तस्बिरले खुसीको सञ्चार गर्योर। विभिन्न देशबाट आएका मानिसले अमुलसँगै बालक र उनका बुवा–आमालाई भेट्न थाले। कतिपयले बालकका परिवारलाई सहयोग प्रदान गरे। अमुलको उक्त तस्बिर छाप्न विदेशी सञ्चारमाध्यमहरूले अनुमति लिएका थिए। 'फोटो छापेबापत अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रकम दिए पनि भारतीय सञ्चारमाध्यममले त्यसो गरेन,' उनी सुनाउँछन्, 'कसैले क्रेडिट र रकम दिए, कसैले केही पनि दिएनन्।' अमुलको उक्त तस्बिरले अहिलेसम्म चार लाख रुपैयाँ कमाइसकेको छ। जसको केही भाग उनले पनि पाएका छन्। 'मलाई त्यही एउटा तस्बिरले नाम र दाम दुवै दिलायो,' उनी गर्वसाथ भन्छन्, 'त्योभन्दा बढी आत्मविश्वास र ऊर्जा मिलेको छ।' आफ्नो पेसाप्रति प्रतिबद्ध अमुललाई यो तस्बिरले कामप्रतिको लगाव बढाएको छ। उनी योभन्दा उत्कृष्ट तस्बिर खिच्न चाहन्छन्। सायद, त्यसकै लागि राम्रो क्वालिटीको क्यामेरा किन्दै छन्, यही मेहनतको कमाइले। साभार नागरिक न्युज

याकुबको फाँसीको बदला लिने दाउदको चेतावनी

एजेन्सी : अन्डर वर्ल्ड डन दाउद इब्राहिमले याकुब मेमनलार्इ भारतले फाँसीमा झुन्डाएको बदला लिने चेतावनी दिएका छन् । दाउद इब्राहिमका दाहिने हात मानिने छोटा शकिलले भारतमा जुनसुकै बेला हमला गर्ने चेतावनी दिएका हुन् । शकिलले याकुबको फाँसीलार्इ कानुनी हत्याको संज्ञा दिँदै यसको परिणाम भोग्न तयार हुन भारतलार्इ चेतावनी दिएका हुन् । शकिलले याकुबलार्इ भारतले नमार्ने शर्तमा झुक्याएर बोलाइ हत्या गरेको जनाउँदै त्यसको बदला लिएरै छाड्ने बताए । सन् १९९३ मा मुम्बईका दर्जन बढी ठाउँमा गरिएको धमाकामा दोषी ठहर्याएर याकुबलार्इ बिहीबार महाराष्ट्रको नागपुर सेन्ट्रल जेलमा फाँसी दिइएको थियो । छोटा शकिल पनि मुम्बर्इ बम आक्रमणका एक दोषी हुन् । ‘भारत सरकारले यो कस्तो सन्देश दियो ? तिमीहरुले एक निर्दोषलार्इ उसका भाइले गरेको अपराधमा सजाय दियो’, शकिलले एक अंग्रेजी पत्रिकासँग कुरा गर्दै भने, ‘डि कम्पनी यसको निन्दा गर्छ ।’ शकिलले यो फाँसीको परिणाम भोग्न तयार हुन समेत भारतलार्इ चेतावनी दिए । उनले भारतलार्इ धोकेबाजको संज्ञा दिँदै उनका प्रमुख दाउद र भारतबाट भागेका अन्य मान्छे अब फर्कने सम्भावना पनि समाप्त भएको जनाए । शकिलले मुम्बर्इ बम हमलाका दोषी याकुबका भाइ टाइगर भएको जिकिर गरे । शकिलले भने, ‘दाउद भाइको पनि यही हालत हुनेछ यदि उनी भारत फर्के भने उनलार्इ पनि झुन्डाउनेछन् ।’ दाउदका साथै चाँदीका तस्कर तथा याकुबका दाजु टाइगर मेमनले मुम्बर्इ बम हमलामा संलग्न भएर त्यसलार्इ सफल पारेको आरोप छ । ‘अबबाट कुनै पनि भारतीय एजेन्सीको भरोसा गर्न सकिन्न’, शकिलले भने, ‘चाहे उनीहरुले जति नै धेरै भरोसा किन नदिउन् ।’

नक्सा दर्ता भदौदेखि

महाभूकम्पपछि बन्द भएको घरको नक्सा दर्ता प्रक्रिया भदौदेखि खुल्ने भएको छ। नयाँ मापदण्ड अनुसार सरकारले नक्सा दर्ता खुलाउने तयारी गरेको खबर आजको अन्नपूर्णमा कृष्ण किसीले लेखेका छन्। यसअघि साउन १ गतेदेखि नै नक्सा दर्ता खुलाउने योजना थियो। नयाँ मापदण्ड नबन्दा ढिलाई भएको हो । सहरी विकास मन्त्रालयका प्रवक्ता पदम मैनालीले मापदण्ड संशोधन तथा परिमार्जन गर्ने काम सम्पन्न भएको बताए। यो मापदण्डबारे आइतबार विज्ञ समूहसँग छलफल गरिने बताए। ‘विज्ञ समूहको छलफलबाट कुनै थप परिमार्जन नभए सोमबार मापदण्ड मन्त्रिपरिषदमा पेस हुन्छ’, उनले भने,‘परिमार्जन गर्नुपर्ने विषय भए त्यसै अनुसार गरेर मन्त्रिपरिषदमा पठाइन्छ।’

फेसबुक बन्यो युनिटीका फरार सञ्चालक पक्राउको कारण

युनिटी लाइफ इन्टरनेसनलका नाममा करोडौं रुपैयाँ ठगी फरार भएका विष्णु क्षत्रीको केही दिनअघि ललितपुरको भैंसेपाटीमा गोली हानी हत्या गरेको फोटो फेसबुकमा ‘अपलोड’ भयो । फोटो अपलोड अरू कसैबाट नभई उनकै सहोदर दाजु कृष्णबहादुर क्षत्रीको फेसबुक एकाउन्टबाट भएको थियो ।आजको राजधानी दैनिकमाटपेन्द्र कार्कीले खबर लेख्नुभएको छ । विष्णुको हत्या भएको फोटो उनकै दाजुको फेसबुक एकाउन्टबाट अपलोड भएपछि प्रहरी गम्भीर बन्यो । गम्भीर नबनोस् पनि किन, क्षत्री दाजुभाइ दुवैलाई ‘रेडकर्नर’ सूचीमा राखी इन्टरपोलले लामो समयदेखि खोजी गरिरहेको थियो । अर्काे कुरा, लाखौं सर्वसाधारणको मोटो रकम असुलेका क्षत्री दाजुभाइलाई पक्राउ गर्न नसकेकोमा प्रहरी संगठन पनि आलोचित बन्दै गइरहेको थियो । फेसबुकमा विष्णुको हत्या भएको तस्बिर अपलोड भएपछि सूक्ष्म रूपमा अनुसन्धान थालेको प्रहरीले विष्णुलाई मृतक होइन, जीवित रूपमा फेला पारेको छ । विष्णु मात्र होइन, फोटो अपलोड गरिएका फेसबुक एकाउन्टका धनी कृष्णबहादुर पनि सँगै पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरिएको हो । क्षत्री दाजुभाइ तिनै व्यक्ति हुन्, जसलाई जिल्ला अदालत ललितपुरले १७ चैत २०७० मा जनही तिन वर्ष कैद र १ करोड ६ लाख २६ हजार २ सय ७६ रुपैयाँ जरिवाना सुनाएको थियो । साथै, जरिवानाबराबरकै रकम जाहेरवालालाई तिराउन भनेको थियो ।

फेरी पनि भासियो जमिन,बागलुङमा निमार्णधिन कभर्डहल सहित करिव २ रोपनी जमिन भासियो

बागलुङ नगरपालिका १ रामरेखा स्थिति निर्मामाधिन तेक्वान्डोको कभर्डहल सहितको बाङगेचौर खेल मैदान वरिपरिको जमिन भासिएको छ। लगातार आएको बर्षाको कारण विहिबार राति भासिएको स्थानियहरु बताउँछन।अविरल परिरहेको बर्षाको कारण सदरमुकामबाट बगेको पानी सोही स्थानबाट बग्ने गरेको थियो। तेक्वान्डोको निमार्णधिन भवनका ६ वटा पिल्लर ,पर्खाल र करिव २ रोपनी जमिन भासिएको छ। साथै उक्त स्थान वरपरिको जमित समेत चर्केको छ। जमिन चर्के सगै जुनसुकै समयमा पनि पहिरो जान सक्ने हुँदा पाच सय मिटर तल रहेको पोखरा बागलुङ सडक र नजिकै रहेका खेलकुद मैदान समेत जोखिममा परेको छ। सो स्थानमा बागलुङ नगरपालिकाको ४ लाख र खेलकुद बिकास समिति लगाएको १ लाख ५० हजार गरि ५ लाख ५० हजारमा तेक्वान्डोको कर्भडहल निमार्णाधिन अवस्थामा रहेको थियो। करोडै लाग्ने गरि निमार्ण थालिएको कर्भडहलको भवन निमार्ण कार्य भइरहेको समयमा भासिएपनि खेलाडी लगाएत अन्यलाई ठुलो क्षेती पुगेको खेलकुद समितिका पूर्वउपाध्यक्ष धर्मराज शर्माले बताए। जमिन भासिएकोले निमार्ण हुने वा नहुने अवस्थामा पुगेको र निमार्ण भएमा पुन लाखौ रकम खर्च लाग्ने उनले बताए। निरन्तर बर्ष भएपछि जमिन भासिएको र यसले भोलिका दिनमा ठुलो क्षेती पुर्‍याउन सक्ने स्थानीयले बताएका छन। जमिन भासिए पनि त्यहा हेर्ने मानिसको घुइचो लागेको थियो। बजार क्षेत्रको पानी बग्ने स्थान भएको र जमिन पनि भिरालो भएको अवस्थामा जमिन भासिएको हुन सक्ने स्थानीय अजुर्न खत्रीले बताए। बिगतका समयमा बागलुङमा आउने सडक खन्ने क्रममा बमहरुको प्रयोग गरिएको र त्यसले गर्दा जमिनमा असर पुगेको समेत खत्रीले बताउँछन । के कारणले जमिन भासिएको भनि बागलुङ नगरपालिका प्रमुख सहित इन्जिनियरहरुको टोली त्यहा पुगेर अध्ययन गरेको छ। अत्याधिक मात्रामा बगेको पानीले जमिन भासिनुका साथै चर्कीएको हुदा यहाँभन्दा तल जुनसुकै समयमा पनि पहिरो जानसक्ने अवस्थामा रहेको बागलुङ नगरपालिका कार्यकारी अधिकृत हरिदत्त कडेलले बताए सोही स्थानहुदै बग्ने पानीलाई अन्यत्र स्थानबाट बगाउने गरि तयारी थालिएको छ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध ६०औँ वर्षमा

काठमाडौँ, १६ साउन । नेपाल–चीन कूटनीतिक सम्बन्ध आजदेखि ६०औँ वर्षमा प्रवेश गरेको छ । कूटनीतिकस्तरमा द्विपक्षीय दौंत्य सम्बन्ध स्थापना भएको ६०औँ वर्ष प्रवेशका अवसरमा दुवै मुलुकका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले बेग्लाबेग्लै बधाई सन्देश जारी गरी एकआपसमा शुभकामना एवम् बधाई आदानप्रदान गर्नुभएको छ । राष्ट्रपति डा रामवरण यादवले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई बधाई सन्देश पठाउँदै पञ्चशीलका सिद्धान्तले द्विपक्षीय सम्बन्धमा शान्तिपूर्ण सहअस्तित्वका मजबुत आधार उपलब्ध गारएको बताउनुभएको छ । ‘एक चीन नीति’ प्रति नेपालको सम्मान रहेको बताउँदै सन्देशमा उहाँले नेपाली जनताले चिनियाँ नागरिकलाई सच्चा र विश्वसनीय मित्रका रुपमा उच्च सम्मान गरेका उल्लेख गर्नुभएको छ । हालैको भूकम्पका बेला चिनियाँ जनताबाट त्यस्तो मैत्रीको उत्कृष्ट प्रदर्शन भएको बताउँदै सन्देशमा राष्ट्रपति यादवले बितेका छ दशकमा चीनले हासिल गरेको प्रभावपूर्ण सामाजिक–आर्थिक प्रगतिप्रति हर्ष प्रकट गर्नुभएको छ । सन्देशमा उहाँले स्नेहशील चीनका जनताको निरन्तर प्रगति एवम् समृद्धिको कामना पनि गर्नुभएको छ । त्यसैगरी राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी डा यादवलाई आजै पठाउनुभएको बधाई सन्देशमा चीन र नेपाल–चीन र नेपाल असल छिमेकी, मित्र र साझेदार हुन् भन्दै बितेका ६० वर्षमा द्विपक्षीय सम्बन्ध निरन्तर परिपक्क भइरहेको बताउनुभएको छ । चीन र नेपालबीच विशिष्टिकृत विस्तृत सहयोगात्मक साझेदारीको सम्बन्ध अनन्तकालसम्म निरन्तर रहने गरी स्थापना भएको उल्लेख गर्दै सन्देशमा चिनियाँ राष्ट्रपतिले चीन–नेपाल सम्बन्धलाई आफूले अधिक महत्व दिएको बताउनुभएको छ । दुवै देश र जनतालाईं लाभ हुने अझ फलदायी परिणामका निम्ति राष्ट्रपति डा यादवसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्दै उहाँले चीन र नेपालबीचको चिरस्थायी सम्बन्धको शुभकामना व्यक्त गर्नुभएको छ । त्यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङलाई पठाउनुभएको बधाई सन्देशमा नेपाल–चीन सम्बन्ध आपसी लाभका निम्ति पारस्परिक सम्मान, समझदारी, विश्वास र मैत्रीबाट परिपोषित, सङ्गठित र सुदृढ भएको बताउनुभएको छ । प्रधानमन्त्री कोइरालाले नेपाल र चीन आदर्शवान छिमेकीका रुपमा रहेका तथा साझा चासोका विषयमा निकट रहेर क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्दै आएका बताउँदै चीन नेपालको विश्वसनीय छिमेकी, अन्तरङ्ग मित्र र भरपर्दो विकासको साझेदार भएको सन्देशमा उल्लेख गर्नुभएको छ । “एक चीन नीतिप्रति नेपाल सुस्पष्ट ढङ्गले प्रतिबद्ध छ र आफ्ना छिमेकीका विरुद्ध कुनै गतिविधि आफ्नो भूमिमा हुन दिने छैन” भन्दै प्रधानमन्त्रीले नेपालको विकास प्रयासका साथै भूकम्पपछि चीनले गरेको मानवीय सहायताको सराहना गर्नुभएको छ । साथै प्रधानमन्त्रीले नेपालको पुनर्निर्माणमा उल्लेख्य सहायता उपलब्ध गराउने चिनियाँ प्रतिबद्धताप्रति हार्दिक आभार प्रकट गर्दै चीनले हासिल गरेको असाधारण प्रगति एवम् समृद्धिबाट नेपालले लाभ लिने आशा व्यक्त गर्नुभएको छ । “राष्ट्रिय एकता र मेलमिलापको भावनाअनुसार शान्ति प्रक्रिया टुङ्ग्याउन तथा संविधानसभाबाटै नयाँ संविधान जारी गर्न राजनीतिक दलहरू लागिपरेका छन्” नेपालको पछिल्लो राजनीतिक विकासक्रमको सन्दर्भ जोड्दै प्रधानमन्त्री कोइरालाले सन्देशमा भन्नुभएको छ । उहाँले विशाल सम्भावना रहेका द्विपक्षीय सम्बन्धका क्षेत्रलाई उपयोग गर्न चिनियाँ समकक्षीसँग सहकार्य गर्न आफू तत्पर रहेको बताउनुभएको छ । त्यसैगरी चिनियाँ प्रधानमन्त्री लीले प्रधानमन्त्री कोइरालालाई पठाउनुभएको बधाई सन्देशमा चीन–नेपाल सम्बन्ध पञ्चशीलका सिद्धान्तमा आधारित रहेको तथा साना र ठूला छिमेकी मुलुकबीच समानस्तरको मैत्रीपूर्ण सम्बन्ध कायम गरेर असल दृष्टान्त प्रस्तुत गरेको बताउनुभएको छ । नेपाली जनताको स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता रक्षाका लागि चीनले निरन्तर सहयोग गरिरहेको बताउँदै उहाँले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको प्रशंसा गर्नुभएको छ । चीन र नेपालबीचको विस्तृत सहयोगात्मक साझेदारीलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता पनि चिनियाँ प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ । यसैगरी परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र उहाँका चिनियाँ समकक्षी याङ यीले पनि पारस्परिक सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै समस्यारहित दुई देशबीचको मैत्री, अझ आत्मीय एवम् सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

कास्की पहिरोमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

पोखरा, १६ साउन भारी वर्षापछि आएको पहिरोमा पुरिएर मृत्यु भएकाहरूको शुक्रबार सामूहिक अन्त्येष्टि गरिएको छ ।आजको नया पत्रिका दैनिकमा विष्णु गौतमले खबर लेख्नुभएको छ । बिहीबार आएको पहिरोमा पुरिएर लुम्ले, भदौरे तामागी र ढिकुरपोखरीमा २९ जनाको मृत्यु भएको थियो । शुक्रबार थप पाँचजनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार लुम्लेमा २७, भदौरे तामागीमा पाँच र ढिकुरपोखरीमा दुईजनाको मृत्यु भएको छ । भदौरे तामागीमा चार र लुम्लेमा तीन गरी सातजना बेपत्ता भएका छन् । १४ जना घाइेतको पोखरामा उपचार भइरहेको छ भने पाँचजना उपचारपछि शुक्रबार घर फर्किएका छन् । मृतक सबैको शुक्रबार दाहसंस्कार गरिएको छ । लुम्लेमा पुरिएकामध्ये पाँच वर्षीय कविता शेर्पाको अवस्था अझै अज्ञात छ भने पाहुनाका रूपमा आएका अन्य दुईजनाको अवस्था अज्ञात रहेको स्थानीय श्रीराम देवकोटाले जानकारी दिए । पहिरोमा परेर भदौरे तामागीमा बेपत्ता चारजनाको शुक्रबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए । भदौरे तामागीका पाँच वर्षीय विश्व पराजुली, सात वर्षीय समीर पराजुली, १० वर्षीय मनबहादुर सुनार र १० महिनाका बालक किस्मत सुनारको अवस्था अझै अज्ञात छ । बेपत्ता भएकाहरूको खोजीका लागि तीनवटै सुरक्षा निकायबाट डेढ सयको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी राउतले बताए ।

होसियार ! फेसबुक पासवर्ड चोरको बिगबिगी

काठमाडाैं— 'पुजा अर्जेन्ट छ एकपटक मलाई तेरो फेसबुक पासवर्ड दे न,' मिल्ने साथी सुष्माले फेसबुक च्याटमा हतारिँदै पासवर्ड मागिन्। 'अर्जेन्ट भनेपछि मैले पासवर्ड दिएँ,' नागरिकन्युजलाई पुजाले सुनाइन् 'म बर्बाद भएँ, साथी बनेर ह्याकरले पासवर्ड मागेको रहेछ।' राजधानीको टेकुस्थित महानगरीय अपराध महाशाखाको साइबर क्राइम सेलमा साथीहरुसँगै उजुरी दर्ता गर्न आएकी पुजाको अनुहार उदास थियो। 'मेरो फेसबुकबाट साथीहरु र आफन्तलाई अश्लिल म्यासेज र भिडियो पठाएको छ,' कलेज विद्यार्थी उनले मलिन स्वरमा भनिन् 'सबैले मलाई फोन गरेर छ्या के म्यासेज पठाएको भन्छन् ।' पूजाको फेसबुक प्रोफायलमा अहिले नग्न तस्विरसहित आपत्तिजनक पोस्ट देखिन्छन्। उसले उनलाई तनाब दिइरहेको छ। चोरले पासवर्ड परिवर्तन गरेर उनको प्रोफायल पिक्चरमा नग्न तस्विर अपलोड गरिदिएको हो। सामाजिक सञ्जाल फेसबुकका कारण नवलपरासी सुनवलकी पुजा, उनको परिवार र सथीहरु तनाबमा छन्। धेरैदिन भैसक्यो उनीहरु प्रहरीमा धाउन थालेको। उनको फेसबुक अकाउन्ट प्रयोग गरी १५ जनाभन्दा बढी साथीको पासवर्ड चोरले फुत्काएको छ। अरुको आईडिबाट पनि उस्तैगरी पासवर्ड मागेर कैयौंले यातना पाएका छन्। चौबिसै घण्टा अनलाइन देखिने अर्कैको कब्जामा रहेको आफ्नै आइडिमा पूजाले बुबाको फेसबुकबाट म्यासेज पठाइन्–'मेरो फेसबुक फिर्ता गर नत्र साइबर क्राइममा मुद्धा हाल्छु।' त्यसपछि के भो ? उनले भनिन् 'तुरुन्तै बुबाको फेसबुक नै ह्याक गरिदियो ।' 'ह्याकरले पासवर्ड पाएपछि च्याट हिस्ट्री हेरेर कोसँग कसरी कुरा गर्ने पत्तो पाउँदो रैछ,' अर्की पीडित रश्मी भन्छिन् 'साथीसँग तिमी, तँ भनेर कुरा गर्छ, आफन्त र अफूभन्दा ठूलासँग तपाँइ भनेर कुरा गर्दै पासवर्ड माग्दो रैछ ।' साथी र आफन्तका पासवर्ड कब्जा गरेर एकअर्कामा गोप्य कुराहरु शेयर गर्ने, अश्लिल र गालीगलौजका म्यासेज पठाउने गरेको पीडित युवतीको गुनासो छ। 'केटीहरुबीच कस्तो कुरा हुँदोरैछ जान्नलाई ह्याक गरेको हुँ भन्छ,' रश्मी भन्छिन्, 'च्याट हिस्ट्री हेरेर निजी कुरा सार्वजनिक गर्दिने धम्की दिन्छ।' पासवर्ड प्रसाद जस्तो नबाँड्नोस्: प्रहरी झुक्याएर पासवर्ड लिँदै दुरुपयोग गर्नेलाई अहिले महानगरीय अपराध महाशाखाले खोजी सुरु गरेको छ। 'लिखित उजुरी दर्ता गरेका छौं,' साइबर अपराध अनुसन्धान सेल प्रमुख प्रहरी निरीक्षक पशुपति रोयले नागरिकन्युजसँग भने 'पछिल्लो समय फेसबुकबाट पीडित भएका उजुरी बढेका छन्।' उनी भन्छन् 'पासवर्ड प्रसाद जस्तो हैन, अरुलाई बाँड्नै हुन्न ।' महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाश अधिकारी कतिपय घटना फेसबुक प्रयोगकर्ताको लापरवाहीले हुने गरेका बताउँछन्। 'मिल्ने साथी भन्दैमा पासवर्ड बाँड्ने र साझेदारीमा एउटै एकाउण्ट चलाउने गर्नु हुँदैन,' उनी भन्छन् 'सम्बन्ध बिग्रिएपछि सबै गोप्यताहरु भङ्ग गरेर आफन्त र साथीबाटै पीडित हुनेहरु धेरै छन् ।'

औषधिको खुद्रा मूल्य तोकियो

मन्त्रिपरिषद्ले औषधिको खुद्रा मूल्य तोकेको छ। तर, तीन साता पुगिसक्दा पनि औषधिको मूल्य लागू हुन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को २१ असारको बैठकले औषधिको खुद्रा मूल्य तोक्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित गर्न ढिलाइले निर्णय कार्यान्वयन ढिलाइ भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। मन्त्रिपरिषद्ले ९६ वटा औषधिको मूल्य तोक्ने निर्णय गरेको थियो। एउटै औषधिको मूल्य कम्पनीअनुसार फरक–फरक पर्ने समस्या समाधान गर्न भन्दै स्वास्थ्यमन्त्री नेतृत्वको औषधि परामर्श परिषद्ले औषधिको मूल्यसूची तयार गरेको थियो। मूल्य तोकिएका औषधिमा साधारण रुघाखोकीदेखि मुटु तथा क्यान्सर रोगमा प्रयोग हुने महँगासमेत छन्। नयाँ मूल्यसूची हालको बजारमूल्यभन्दा २० देखि ५० प्रतिशतसम्म कम रहेको मन्त्रालयले जनाएको छ। औषधि व्यवस्था विभागका अनुसार पहिलो चरणमा मूल्य तोकिएका औषधिमा क्यान्सर रोगमा प्रयोग हुने ४८, ब्लडप्रेसरका ११, सुगर रोगका सातवटा छन्। त्यस्तै, मानसिक समस्याका आठ, एन्टिबायोटिक १०, कोलेस्टेरोल तीन, ग्याष्ट्रिक तीन र गर्भपतन, आउँ, दुखाइ कम गर्ने, रुघाका एक–एकवटा औषधिको मूल्य तोकिएको छ। विभागका महानिर्देशक बालकृष्ण खकुरेलले नयाँ मूल्य लागू भएपछि जनताले २० देखि ५० प्रतिशतसम्म सहुलियत पाउने बताए। नयाँ मूल्यसूची तोकिएको मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्र लागू हुने उनको भनाइ छ।

विष्णु क्षेत्रीले भने- 'त्यो लासको फोटो मेरै हो हजुर'

काठमाडौं- 'अस्ति फेसबुकमा पोस्ट गरिएको लासको फोटो कसको हो?' कालो सुटमा रहेका एक व्यक्तिले जवाफ दिए, 'मैरै हो।' 'अनि ज्युँदै हुनुहुँदो रहेछ त, कसरी त्यस्तो फोटो आयो?' दोस्रो प्रश्नको उत्तर भने आएन। उनीसँगै उभिएका अर्का व्यक्ति भने मुसुमुसु हाँसिरहेका थिए। महानगरीय प्रहरी आयुक्तको कार्यालयमा शुक्रबार साँझ ५ बजे संवाद गर्ने यी दुई थिए– युनिटी इन्टरनेसनलका नाममा सर्वसाधारणबाट रकम उठाएर ३ अर्ब ७९ करोड ठगी गरी चार वर्षदेखि फरार विष्णुबहादुर क्षत्री र कृष्णबहादुर क्षत्री सहोदर। युनिटीमा प्रबन्धनिर्देशक र तालिम निर्देशकको हैसियतमा सर्वसाधारणलाई प्रलोभनमा पारेर रकम उठाउन सक्रिय यी सहोदर दाजुभाइ सरकारले कारबाही सुरु गरेलगत्तै २०६८ सालदेखि फरार थिए। नेपालमै लुकिछिपी बसेका यी दुईविरुद्ध भारत पुगेपछि नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको थियो। केही दिनअघि गोली हानेर मारिएको भन्दै दाइ कृष्णले फेसबुकमा राखेको भाइ विष्णुको रगतले लतपतिएको तस्बिरसहितको सन्देश उनीहरुलाई पक्राउ गर्न सहयोगी बन्यो। र, चार वर्षपछि शुक्रबार उनीहरू प्रहरीको फन्दामा परे। नीहरुले काशी गुरुङलगायतसँग मिलेर पिरामिड शैलीको नेटवर्किङ आवरणमा विभिन्न प्रलोभन दिँदै गैरकानुनी काम गरिरहेको समाचार नागरिक दैनिकमा सार्वजनिक भएपछि प्रहरी–प्रशासन तातेको थियो। अनुसन्धानमा उनीहरुले अनुमति नलिई बैंकिङ, बिमा, स्वास्थ्य संस्था चलाएको र ३ लाख ६६ हजार ३ सय ४२ जनाबाट ४ अर्ब रुपैयाँ संकलन गरेको खुलेपछि सरकारले कारबाही थालेको थियो। लगत्तै अध्यक्ष गुरुङसहित मुख्य योजनाकार विष्णु र कृष्ण फरार भएका थिए। भारतमै लुकेर बसेका अध्यक्ष गुरुङ २०६९ साउन १७ मा पक्राउ परे। उतैको नागरिकतासमेत लिएर सिक्किममा बसेका उनी पक्राउ परे पनि क्षत्री दाजुभाइ उम्किएका थिए। १५ दिनअगाडि कृष्णले आफ्नो फेसबुकमा भाइ विष्णुलाई ललितपुर, भैंसेपाटीमा कसैले गोली हानेर मारेको दाबी गर्दै रगतले लत्पतिएको र नाकमा कपास कोचिएको तस्बिर राखेका थिए। विष्णुको तस्बिर सार्वजनिक भएलगत्तै घटनाको तथ्य खुलाउन खटिएको प्रहरीले भैंसेपाटीमा गोली नचलेको र विष्णु भारतमै रहेको पुष्टि गर्यो । कृष्णले पुनः शव जलाएको तस्बिरसहित मलामी गएकाको नामसमेत सार्वजनिक गरेपछि यी दुवैको खोजीले तीव्रता पाएको थियो। खोजीमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार उनीहरूलाई भारतको सिमलाबाट नियन्त्रणमा लिई शुक्रबार नेपाल ल्याइपुर्याहयो। प्रहरीले तस्बिरको अफवाह के हो भन्ने जिज्ञासा राख्दा विष्णुले भने, 'पारिवारिक लफडाका कारण यस्तो गरिएको हो।' जिल्ला अदालत, ललितपुरले यी दुवैविरुद्ध तीन वर्ष कैद र १ करोड ६ लाख रुपैयाँ असुल्ने फैसला गरिसकेकाले प्रक्रिया पूरा गरी अदालतमा बुझाउने आयुक्त कार्यालयका प्रमुख विज्ञानराज शर्माले जानकारी दिए। क्षत्री दाजुभाइको पक्राउसँगै अब महेन्द्र केसीबाहेक युनिटीका सबै प्रमुख व्यक्ति पक्राउ परिसकेका छन्। संरक्षणमा मौलायो धन्दा २०६२ मा उद्योग वाणिज्य विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयमा युनिटी लाइफ इन्टरनेसनल र २०६४ मा उस्तै नामको एस्योरेन्स युनिटी इन्टरनेसनल दर्ता गरी सदस्य बनेबापत आर्थिक लाभ पाउने गरी पिरामिड शैलीको कारोबार सुरु भएको थियो। सुरुमा १५ हजार रुपैयाँ तिरेबापत सदस्य बन्न सकिने र सदस्यले नयाँ सदस्य बनाएबापत निश्चित प्रतिशत आर्थिक लाभ पाउने स्किम ल्याएर रकम संकलन गरेपछि उनीहरु बायो डिजेल, घ्युकुमारीलगायतको उत्पादनमा प्रवेश गरेका थिए। पिरामिड शैलीको कारोबार अवैध भए पनि आर्थिक प्रभावका आधारमा प्रमुख दल, प्रशासन र प्रहरीमा राम्रो पहुँच विस्तार गरेका उनीहरुको गतिविधिमाथि राज्यले वास्ता गरेन। पिरामिड शैलीको व्यवसाय सञ्चालन नै गैरकानुनी भए पनि उनीहरुको प्रभावकै आधारमा २०६४ मै गृह मन्त्रालयको योजना अनुगमन शाखाले युनिटीलाई सघाउन सबै जिल्ला प्रशासन कार्यालयमा र परराष्ट्र मन्त्रालयको पश्चिम एसिया तथा अफ्रिका हेर्ने शाखाले खाडी मुलुकका नेपाली दूतावासलाई पत्र पठाएको अनुसन्धानमा खुलेको थियो। आर्थिक हैसियत उकासिएसँगै उनीहरुले युनिटीको नाममा अस्पताल, बिमा र राष्ट्र बैंकसँग अनुमति नै नलिई बैंकिङ सेवाको आवरणमा सदस्यसँग उठाएको रकमको दुरुपयोग गरेपछि कालोधन्दा सार्वजनिक भएपछि प्रहरी र प्रशासन बल्ल तातेको थियो। आइटी निर्देशक नेत्र राजवंशी, अर्थ निर्देशक भीम गुरुङ, डिपार्टमेन्ट स्टार निर्देशक इन्› विक, भीम खत्री, महाप्रबन्धक शिशिर योगी र मध्यमाञ्चल ग्रामीण विकास बैंकका प्रबन्ध निर्देशक रामदेव यादवसहित ४२ जनालाई पक्राउ गरी प्रहरीले २०६७ असारबाट अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानमा सर्वसाधारणबाट संकलित अर्बौं रकम निजी स्वार्थमा प्रयोग गरी दुरुपयोग गरेको, स्वीकृति नै नलिइ हाउजिङ, बिमा, बैंकिङ क्षेत्रमा प्रवेश गरेको खुलेपछि उनीहरुमाथि ठगी, बैंकिङ कसुर र राजस्व छलीका मुद्दा चलेको थियो। जिल्ला अदालत ललितपुरले २०७० चैत १७ मा काशी, विष्णु, कृष्णलगायत १२ जनालाई दोषी ठहर गरेको थियो। आफ्नै अफवाहले टार्गेट अनुसन्धान प्रारम्भ गर्दा प्रसाद भनेर चिनिने काशी गुरुङ, विष्णु, कृष्णलगायत काठमाडौंमै बसेर अनुसन्धान प्रक्रियालाई प्रभावित गर्न सक्रिय थिए। युनिटीका अध्यक्ष प्रसाद भनिने काशी गुरुङ देखिए पनि मुख्य रणनीतिकार शुक्रबार सार्वजनिक गरिएका विष्णु नै हुन्। २०५५ मा नेपाल प्रहरीमा जवानको जागिर खाएका उनी रासन घोटालामा मुछिएपछि जागिर छाडेर २०५८ मा सुरक्षागार्डको काम गर्न दुबई गएका थिए। गोल्डक्वेस्टमा समेत काम गरिसकेका काशीसँग मिलेर विष्णुले युनिटी स्थापना गरेका थिए। नेपालमा रहेकाहरू पक्राउ परे पनि भागेर भारत पुगेका यी तीनजनाको खोजीमा खटिएको प्रहरी टोली उनीहरु सिक्किममा रहेको खुलेपछि पक्राउ गर्न उतै पुगेको थियो। दोस्रो प्रयासमा काशी पक्राउ परे पनि यी दुई फुत्किए। गम्भीर प्रकृतिका अरु अभियुक्तको खोजीमा प्रहरी निकाय केन्द्रित हुँदा क्षेत्री दाजुभाइको खोजी प्राथमिकतामा परेको थिएन। सामाजिक सन्जालमा कृष्णले विष्णुको लासझैँ रगत लत्पतिएको र जलाएको तस्बिरसँगै मलामीको नामसमेत सार्वजनिक गरेपछि प्रहरी पुनः तातेको थियो। 'उनीहरुको केस धेरै अगाडिबाटै महाशाखाले हेरिहेको थियो,' अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, 'ज्यूँदै भए पनि गोली हानेर मारिएको भन्दै तस्बिर सार्वजनिक भएपछि स्पिड बढाएका हौं।' कृष्णको फेसबुकमा विष्णु मरेको तस्बिर सार्वजनिक भइरहँदा यता विष्णुकी कान्छी श्रीमती र आमाबीचको घरझगडा महानगरीय प्रहरी परिसर, ललितपुर पुगेको थियो। क्षत्री दाजुभाइलाई पक्राउ गर्ने जिम्मेवारी पाएका माहाशाखाका प्रहरीले रेडकर्नर नोटिसधारी दाजुभाइ भारतको सिमला क्षेत्रमा रहेको सूचना पाएपछि पक्राउ योजना बुनेका थिए। अनुसन्धानमा यी दुवै सिमलामा ट्राउट माछाको व्यवसायमा संलग्न रहेको र भारतीय नागरिकको परिचयपत्र बनाइसकेको खुलेको थियो। प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिई कञ्चनपुरको गड्डाचौकी हुँदै नेपाल प्रवेश गराएर पक्राउ गरी शुक्रबार काठमाडौं ल्याएको थियो। दुवैसँग भारतीय रासनकार्ड जानकार स्रोतका अनुसार काशीको पक्राउपछि सिक्किममा बस्दै आएका खत्री दाजुभाइ सिमलातिर लागेका थिए। भारत बसाइकै क्रममा उनीहरुले आफ्नो नेपाली परिचय त्याग्दै भारतीय नागरिकको परिचय बनाइसकेका थिए। उनीहरु भारतको रासनकार्ड, भोटर कार्ड सबै बनाई परिचय फेरेर भारतमै स्थायी रूपमा बस्ने योजनामा रहेछन्। दाजु कृष्णले भारतीय नागरिक विनयकुमारको परिचय बनाइसकका थिए भने विष्णुले आफ्नै नाममा रासनकार्ड र भारतीय निर्वाचन आयोगको मतदाता परिचयपत्र बनाएका थिए। परिचयपत्र बनाउँदा कृष्ण श्यामकुमारको छोरा बने भने विष्णुको परिचयपत्रमा वास्तविक बाबु तेजकै नाम थियो।बिहीबार सिमलामा रहेको उनीहरुको ट्राउट फार्ममै पुगेर प्रहरीले नियन्त्रणमा लिन खोज्दा कृष्णले 'हम बिहारका भारतीय नागरिक है' भन्दै प्रतिरोध गर्ने प्रयास गरेका थिए। उनको भाइको परिचयपत्र हेर्दा वास्तविक नाम नै खुलेपछि दुवैलाई नियन्त्रणमा लिइएको थियो। तीन वर्षअगाडि काशी पक्राउ पर्दा पनि उनको साथबाट भारतीय रासनकार्ड फेला परेको थियो।

आफैले जन्माएको नवजात शिशु मारेर फाल्ने तिनी कस्ती आमा ?

आफैले जन्म दिएको शिशुलाई आफ्नै आमाले मारेकि छिन् । नवजात शिशु मारेर फाल्ने सोताङ–९ बस्ने २७ वर्षीया कमला वि.क.लाई प्रहरीले पक्राउ गरेको छ। विवाहित वि.क.ले साउन १० गते बिहान घर छेउको बारीमा छोरी जन्माई मारेर सोही ठाउँको लबुवा भिरमा लगेर फालेको प्रहरीको अनुसन्धान बाट खुल्न आएको छ। इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले विहिबार उनलाई पक्राउ गरेको थियो। शिशुको लास प्रहरीले पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको प्रहरीकाे केन्द्रीय समाचार कक्षलेजनाएको छ ।

आजको राशिफल

शुभप्रभात आज वि.सं. २०७२ श्रावण १६ गते शनिबार तदनुसार ई. सं. २०१५ अगस्ट ०१ तारिख श्रावण कृष्ण प्रतिपदा, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, आयुष्मान् योग, कौलव करण आजको व्रत/पर्व : द्विपुष्कर योग दिनको २ बजेर ४८ मिनेटपछि, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, भोलिको व्रत/पर्व : द्विपुष्कर योग बिहानको ८ बजेर ३२ मिनेट सम्म, भोलिको मूहुर्त : अग्निवास(होमादि), गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण, आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडासँगको सम्बन्धमा चिसोपन बढ्न सक्छ । पैतृक सम्पत्ति र अचल सम्पत्तिमा विवाद हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – संयमताका साथमा समय यापन गर्नु श्रेयस्कर हुनेछ, आजको दिन भाग्यमा रहेको चन्द्रमा कमजोर छ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खटिनु पर्नेछ, तर विवादबाट टाढा रहनु होला । साँझपख शुभ समाचार आउन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आज चोटपटकको भय हुनेछ । बिनापत्ताको आरोप व्यहोर्नु पर्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैका मित्रले समेत तपाईंको भावनालाई बुझ्न सक्दैनन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले ढिलो गरी कुनै काम बन्न सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाको रक्षाका लागि प्रयास हुनेछन् । घरायसी काममा समय र धन खर्च हुनेछ । आम्दानीमा कमी त हुने छैन, तर बन्दव्यापारको दौडधूपले पारिवारिक जीवनमा निरसता आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा हुनेछ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । वैदेशिक यात्राका लागि गरिएको प्रयास सार्थक हुनेछैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन् । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापबाट सन्तुष्टि प्राप्त हुनेछ । भाइबहिनी र सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ । स्वास्थ्यको ख्याल गर्नु होला, सानोतिनो समस्या आउन सक्छ । विद्वान् र प्राज्ञिक व्यक्तिहरूको सामीप्य टाढिने सम्भावना छ । लामो दूरीको यात्राबाट सोचेको फाइदा लिन सकिंदैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – अप्रिय र मन नमानेको काम वा घटनामा सरिक हुनु पर्नेछ । व्यापारिक वा दैनिक कामहरूबाट सामान्यतया लाभ हुने संकेत नै छ, तर सोचेजस्तो नहुन सक्छ । खानपिनको समयमा फेरबदल हुनसक्छ । रामरमाइलो र मनोरञ्जनात्मक क्षेत्रमा समय निकाल्न सकिंदैन, सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – खर्च बृद्धि हुने समय चल्दैछ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पर्ने हुन्छ । नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ, मनमा दोधारको अवस्था सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । काममा तल्लीनता दिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।