Monday, August 31, 2015

श्रीमानको कुटाइबाट दुवै हात भाँचियो




श्रीमानले कोठामा बाँधेर दुवै हात भाँचिदिएकी पाँचथर नवमीडाँडा ५ की ४२ वर्षीया शान्तिमायाँ आङदेम्वेको आफन्तहरुले चारदिनपछि उद्वार गरेका छन्।
५३ वर्षीय श्रीमान मोतिबहादुर आङदेम्वेले भदौ ९ गते रातीदेखि कोठामा  वन्धक वनाएर यातना दिइएकी उनलाई शनिवार साँझ आफन्तहरुले उद्वार गरी उपचारार्थ पाँचथर अस्पताल ल्याएका हुन्।
मादक पदार्थ सेवन गरेर घर आएका श्रीमानले ‘तँलाई यो घरमा बस्ने अधिकार छैन,निस्की जा भन्दा कुटपिट पछि हात वाँधेर लाठी कुटपिट गर्नुका साथै दुवै कानमा सियोले छेडेर धागो छिराई दलिनमा वाँधे,’पीडितले भनिन्। यत्तिको यातना दिइएपछि आफू बेहोस् भएको उनी बताँउछिन्।
‘भोलिपल्ट बिहान होसमा आउँदा कानबाट डोरी छिराएर दलिनमा बाँधेका रहेछन,रूँदा कराउँदा पनि कसैले नसुनेपछि दिशापिसाब पनि थामिएन,’ उनले थपिन्। चारदिनसम्म दिसा पिसावसँगै रहेकी उनलाई शनिबार फिदिमवाट गएकी बहिनी मदनकुमारी राइले थाहा पाई प्रहरीलाई खबर गरेपछि उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिए।
थपलियाका अनुसार यातनाका कारण शान्तिमायाका दुईवटै हात भाँचिएका छन् भने शरीरका सबै भागमा निलडाम र चोटपटक लागेका छन्। उनलाई मोतिबहादुरले यसअघि पनि यातना दिएका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। घट्ना सार्वजनिक भएपछि मोतीबहादुरलाई प्रहरीले पक्राऊ गरी अनुसन्धान सुरु गरेको छ भने पीडित महिलाको पाँचथर अस्पतालको  लैगिक हिंसा एकद्वार संकट व्यवस्थापन केन्द्रमा उपचार भइरहेको छ। पीडकलाई कुटपिट तथा अंगभंग सम्वन्धि महल अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ।
पीडितलाई कुटपिट तथा केश मुण्डन समेत  गरी अत्यान्तै निकृष्ट यातना दिएको साथै पटक पटक कुटपिट हुँदा समेत स्थानीय प्रशासन र सम्वन्धित परिवारले मुद्दालाई सामान्य बनाएको कारण समस्या थप जटिल भएको अधिकार कर्मी विमला ढकाल बताउँछिन्।  दुवै हात भाँचिएका छन् शरिरका सवै अंगमा चोटपटक छ। केश मुण्डन गरिदिएको छ कानमा छेडेर यातना दिएको छ यस्तो हुँदा समेत घरेलु हिंसा भन्दै मेलमिलापको वातावरण तय गर्दा स्थिति थप जटिल भएको हो उनले भनिन्।

-सेतोपाटि बाट

0 comments:

Post a Comment