काठमाडौं, भदौ ६ – विशेष अधिकारसहित कर्णाली प्रदेशको माग गर्दै भएको जुम्लामा भएको प्रदर्शनमा घाइते भएका एकजनाको ज्यान गएको छ । गएको साउन ३१ गते प्रदर्शनको क्रममा गम्भीर घाइते भएका जुम्ला ताम्ती–१ का हरिबहादुर कुँवरको ज्यान गएको हो । कुँवरको शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको थियो । एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराइले अस्पतालमा पुगेर कुँवरलाई सहिद घोषणा गर्नुपर्ने बताउनुभयो ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: News
0 comments:
Post a Comment