Saturday, August 22, 2015

महिलालाई ठक्कर दिएको ट्रकका चालक पक्राउ


बाग्लुङ, भदौ ६ – महिलालाई ठक्कर दिएर फरार भएका ट्रक चालकलाई बाग्लुङ प्रहरीले पक्रेको छ । पोखरा–बाग्लुङ सडकखण्डको सहस्रधारामा महिलालाई ठक्कर दिई फरार भएका ना ५ ख ८४९५ नम्बरको ट्रक चालक २४ वर्षका राजकुमार थापालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गगांकुमारी पन्तले बताउनुभयो ।
गएको बिहीबार बाग्लुङ–१० की ५४ वर्षकी विष्णुकुमारी आचार्यलाई ट्रकले ठक्कर दिएको थियो । महिलालाई ठक्कर दिएपछि ट्रकका चालक थापा भागेका थिए । ट्रकको ठक्करबाट मानसिक अवस्था राम्रो नभएकी आचार्यको ज्यान गएको थियो ।

0 comments:

Post a Comment