Saturday, August 22, 2015

खेल सुरु भएको ९ सेकेन्डमै गोल


भदौ १ – जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगिता अन्तर्गत शनिबार राति भएको खेलमा खेल सुरु भएको नौ सेकेन्डमै गोल भएको छ । शनिबार राति भएको बार्यन म्युनिख र होफिनहायमबीचको खेलमा होफिनहायमका केभिन भोल्याण्डले खेल सुरु भएको नौ सेकेन्डमै गोल गरेका हुन् । भोल्याण्डले बुन्डेसलिगामा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमानमा बराबरी गरेका छन् । यसअघि गएको वर्ष बायर लेवरकुजनका करिम बेलरेबीले बोरुसिया डर्टमुण्ड विरुद्धको खेलमा नवौं सेकेन्डमा नै गोल गरेका थिए । शनिबार रातिको खेलमा सुरुवातमै १–० ले पछि परेपछि बायर्न म्युनिखले होफिनहायममाथि २–१ को जित दर्ता गरेको छ । बार्यनका लागि ४१ औं मिनेटमा थोमस मुलरले बराबरी गोल फर्काए । रोबर्ट लेवानडोस्कीले ९० औं मिनेटमा गोल गर्दै बार्यनलाई २–१ को जित दिलाए । बार्यनको यो लगातार दोस्रो जित हो । खेलको दोस्रो हाफमा जेरोम बोटेङग रातो कार्ड खाएर बाहिरिएपछि बार्यन म्युनिख १० खेलाडीमा सिमित भएको थियो ।



0 comments:

Post a Comment