Saturday, August 22, 2015

पाइपलाइन विस्तार सम्झौता पछि १५ वर्ष सम्म नेपालले अरुदेशसँग तेल किन्न नपाउने


काठमाडौं, भदौ ६ । बहुप्रतिक्षित नेपाल भारत पाइपलाइन विस्तारको औपचारिक सम्झौता भोली हुदैँछ । जसका लागी भारतीय टोली आज साँझ काठमाडौँ आइपुग्ने छ । टोलीमा भारतका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान, इण्डियन आयल कर्पोरेसनका अध्यक्ष लगायत ११ हुनेछन् ।

नेपालले १८ बर्ष अघिदेखि अमलेखगञ्जदेखि रक्सौलसम्म पाइपलाइन विछ्याएर पेट्रोलियम पदार्थको ढुवानी गर्ने प्रस्ताव राख्दै आए पनि बल्ल भारत सकारात्मक बनेपछि हस्ताक्षर गर्न तयार देखिएको हो । अमलेखगञ्जदेखि रक्सौलसम्म ४१ किलोमिटरको दुरी छ । सोमध्ये ३९ किलोमिटर क्षेत्र नेपालमा पर्दछ ।

सो पाइपलाइन भारतले नै विछ्याइदिने छ । भारत सरकारले आफ्नो खर्चमा पाइपलाइन बनाइदिएपछि नेपालले १५ वर्षसम्म भारतबाटै पेट्रोलियम पदार्थ किन्नुपर्ने सम्झौतामा उल्लेख छ ।


0 comments:

Post a Comment