Monday, August 31, 2015

टीकापुर घटनामा संलग्न भएको आरोपमा थप एक पक्राउ


गत भदौ ७ गते कैलालीको टीकापुरका घटनामा संलग्न भएको आरोपमा प्रहरीले राजापुर न.पा. ११ बाट एक जनालाई पक्राउ गरेको छ।
कैलाली टिकापुर न.पा.नुल्की निवासी ३२ बर्षिया रामनरेश चौधरीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको हो।
चौधरी राजापुर न.पा. २ स्थित कालिका मा.वि. का शिक्षक हुन्। बिहान ६ बजे चौधरीलाई पक्राउ गरेको हो। टीकापुरमा ८ जना प्रहरी र एक बालकको हत्या हुन गरि भएको घटनामा संलग्न भए वा नभएको बारे अनुसन्धान गर्नका लागि कैलालीस्थित जिल्ला प्रहरी कार्यालयको आग्रहमा रामकुमार चौधरीलाई पक्राउ गरि टीकापुरबाट आएको प्रहरीको टोलीलाई जिम्मा लगाईएको जानकारी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक गोविन्द राम परियारले बताए।

0 comments:

Post a Comment