Sunday, August 30, 2015

बालिका बलात्कारको आरोपमा जनजाति महासंघका पूर्वसचिव कुचबधिया पक्राउ




काठमाडौं, १३ भदौ– जनजाति महासंघका केन्द्रीय पूर्वसचिव बद्रि कुचबधिया बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

७ वर्षीया बालीकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीका अनुशार उनले नेपालगन्ज न्यूरोडको बौद्धचोकस्थित गुम्बामा खेल्न गएकी बालिकालाई बलात्कार गरेको पीडितका आफन्तले जाहेरी दिएका छन् ।

गत सोमवार दिउँसो बालिकामाथि दुर्व्यवहार भएको थियो । बालिका स्थानीय विद्यालयमा कक्षा १ मा पढ्छिन् । मंगलवार नेपालगन्ज शिक्षण अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रहरीले सरकारी अस्पतालको रिपोर्टलाई मात्र मान्यता दिने भनेपछि भेरी अन्चल अस्पतालमा जॉच गरिएको छ ।

बालिकाले दोषीलाई चिन्छु भनेपछि शंकास्पद व्यक्तिलाई देखाउन प्रहरीसहित गएको परिवारले जनाएको छ । कुचबधियालाई देख्नासाथ बालिकाले चिनेपछि उनलाई पक्राउ गरेको हो ।

पीडित बालिकाको आफन्तहरुले दोषिलाई कडा कार्बाहीको माग गरेको बॉके प्रहरी उपरीक्षक वसन्त पन्तले बताए । घटनाको बारे्मा थप अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ । तर अभियुक्त कुचबधियाले भने आरोपको खण्डन गरेका छन् ।

0 comments:

Post a Comment