Monday, August 31, 2015

मलेसियामा नेपालीको मृत्यु


बाँके, भदौ १४ – रोजगारीका लागि मलेसिया गएका बाँकेका एक युवाको ज्यान गएको छ । तीन वर्षअघि रोजगारीका लागि मलेसिया गएका रनियापुर गाविसको ठाकुरपुरका ३५ वर्षका टोपबहादुर रानाको ज्यान गएको हो ।
रानासँगै बस्दै आएका नेपालीले खाना खानेक्रममा मासु अड्किएर ज्यान गएको भन्दै परिवारलाई खबर गरेका थिए । राना यही भदौ २२ गते नेपाल फर्कने तयारीमा हुनुहुन्थ्यो ।
रानाको चार दिनअघि ज्यान गएको हो । रानाको ज्यान गएको खबर आएपछि परिवारमा रुवाबासी चलेको छ । रानाको शव शुक्रबार नेपाल आउने आफन्तले बताएका छन् ।

0 comments:

Post a Comment