Monday, August 31, 2015

मामा घर लैदीन्छु भन्दै १४ वर्षिया बालिकालाई जवरजस्ती करणी गर्ने पक्राउ


कास्की प्रहरीले एक नाबालीकालाई मामाघर लगिदिन्छु भनी जवरजस्ती करणी गर्ने एक युवकलाई पक्राउ गरेको छ।

धादिङ जिल्लाको सलाङ गाविस वडा नं ८ घर भई हाल पोखरा उपमहानगर पालिका वडा नम्बर ८ बस्ने बर्ष २४ वर्षिय नारायण शाहलाई पक्राउ गरेका प्रहरीले जानकारी दिएको छ। साउन २९ गते मामाघर जान हिँडेकी १४ वर्षिया बालिकालाई पृथ्वीचोकस्थित एक होटलमा जवरजस्ती करणी गरेको अनुसन्धनले देखाएको कास्की प्रहरीका प्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए।

शाहलाई जवरजस्तीकरणी मुद्वामा म्याद थप गरी अनुसन्धान  भैरहेको अधिकारीले जानकारी दिए।

0 comments:

Post a Comment