Sunday, August 30, 2015

यसकारण बढे बालिका बलात्कारका घटना : महिला अधिकारकर्मी


नेपालगञ्ज , भदौ १४। बालिका बलात्कारको घटना बढ्दै गएपछि बाँकेका महिला अधिकारकर्मीहरुले चिन्ता ब्यक्त गरेका छन । हिजो  नेपालगन्जमा पत्रकार सम्मेलन गरेर उनिहरुले बलात्कार बिरुद्ध भएका कानुनहरु पनि फितलो भएकाले बलात्कारले प्रश्रय पाईरहेको दुखसो गरेका हुन ।

साथी सस्थाका सरितादेवी शर्माले कानुनको कडिकडाउ गर्नुपर्ने आवश्यकता औल्याउँदै दोषीलाई मृत्युदण्डको सजाय हुनुपर्नेमा जोड दिइन् । महिला अधिकारकर्मी पबित्रा बोहोराले बलात्कारपछि पीडितलाई न्याय दिनुभन्दा पनि प्रमाण जुटाउनमै समय लगाउने र प्रमाण जुटाउँदा पनि राजनीतिकरण हुने गरेको आरोप लगाइन् ।

नेपालगन्जका उद्योगी कुसुम बस्नेत, गंगा लम्साल, हीरा न्यौपाने लगायतले अब बन्ने संबिधानमा बलात्कार गर्नेलाई उन्मुक्ति दिने खालको कानुन आउन नहुने बताएका थिए ।


0 comments:

Post a Comment