Monday, August 31, 2015

सुनको भाउ बढ्यो


काठमाडौं, भदौ १४ । सोमबार पनि सुनको मूल्य सामान्य दरले उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको डेढ सय रुपैयाँले बढेर ५० हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य पनि ५ रुपैयाँले उकालो लागेर ६ सय ८० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस ११ सय ३० डलरको हाराहारीमा कारोबार भएको थियो ।

0 comments:

Post a Comment