Monday, August 31, 2015

१२ दिनपछि घैंटेको पोस्टमार्टम


काठमाडौं, भदौ १५ – प्रहरी मुठभेडमा मारिएका डन कुमार घैंटे भनिने कुमार श्रेष्ठको १२ दिनपछि सोमबार पोस्टमार्टम गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगमा प्रतिनिधिहरुको रोहवरमा त्रिवि शिक्षण अस्पतालमा घैंटेको पोस्टमार्टम गरिएको हो ।

डा. हरिहर वस्ती नेतृत्वको चिकित्सक टोलीले घैंटेको शवको पोस्टमार्टम गरेको थियो । पोस्टमार्टममा छातीमा गोली लागेर मृत्यु भएको उल्लेख छ । तर, कति गोली लाग्यो भन्ने प्रस्ट छैन ।
‘६ वटाभन्दा बढी गोली लागेको छ,’ डा. वस्तीले भने, ‘ठ्याक्कै कतिवटा लागेको हो भन्ने विश्लेषण हुनै बाँकी छ ।’ कति टाढाबाट गोली हानिएको भन्ने पनि प्रस्ट भएको छैन । एक मिटरभन्दा टाढाको दूरीबाट गोली लाग्दा प्रस्ट नहुने डा. वस्तीले बताए । पोस्टमार्टममा राष्ट्रिय मानवअघिकार आयोगका तीन अधिकृत उपस्थित थिए । कांग्रेसकै सभासद् तथा घैंटेका आफन्तले योजनाबद्द रुपमा प्रहरीले उनको हत्या गरेको भन्दै छानबिनका लागि आयोगमा उजुरी गरेका थिए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments:

Post a Comment