Sunday, August 30, 2015

राजधानीमा बाटो काटिरहेका दुईजनालाई टिपरले किचेपछि



काठमाडौँ, भदौ १४ ।  राजधानीको गैरीगाउँ पेट्रोलपम्प नजिकै मूल सडकमा बाटो काटिरहेका पैदलयात्रुलाई बा २ ख ८३२२ नम्बरको टिपरले किचेर गम्भीर घाइते बनाएको छ ।

बाटो काटिरहेको देख्दादेख्दै पनि जबरजस्ती पेलेर अगाडि बढेको टिपरले दुईजना पुरुपलाई किचेर सडकमै ढलाएको थियो । दुवैजनाको टाउकोबाट रगत बगेको थियो । प्रत्यक्षदर्शीले घाइते दुवैलाई उद्धार गरेर अस्पताल पुर्‍याएका छन् । टिपरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको खबर अन्नपुर्ण पोष्टमा छ।

प्रत्यक्षदर्शीका अनुसार चालकले दुवैको ज्यानै लिने गरी ट्रक अगाडि बढाएका थिए। सडक यात्रुहरुलाई किचेर भागेका चालकलाई प्रहरीले पक्राउ गरेको छ। यही ठाउँ यसअघि पनि टिपरले किचेर केहीको ज्यान लिइसकेको छ।


0 comments:

Post a Comment