Sunday, August 30, 2015

पाकिस्तानको एक विमानस्थलमा हतियारधारीद्वारा आक्रमण, दुई इन्जिनियरको मृत्यु


इस्लामावाद, भदौ १३ । पाकिस्तानको हिंसाग्रस्त बलुचिस्तानमा आइतबार बन्दुकधारीहरुले एउटा विमानस्थलमा आक्रमण गरी कम्तीमा दुई इन्जिनियरको हत्या गरेका छन् भने विमानस्थलको राडार प्रणालीसमेत ध्वस्त बनाइदिएका छन् ।
मोटरसाइकलमा आएका हतियारधारी समूहले ग्वाडर जिल्लास्थित जिवानी विमानस्थलमा आक्रमण गरेका हुन् ।

१०–१२ जनाको संख्यामा आएका हतियारधारीले एक्कासी हमला गरेको बताइन्छ । आक्रमणमा एक इन्जिनियरको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक इन्जिनियरलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
त्यसैगरी एक इन्जिनियरलाई हतियारधारीले नै अपहरण गरी लगेका थिए । प्रहरीका अनुसार अपहृत इन्जिनियरको शव दिउँसो फेला परेको छ ।
उक्त हमलाको बारेमा कसैले पनि जिम्मेवारी लिएको छैन । (एजेन्सी)

0 comments:

Post a Comment