Monday, August 31, 2015

१९ वर्ष मुनिको एसिसी क्रिकेटमा कुवेत विरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै


काठमाडौं, १५ भदौ - मलेसियामा जारी १९ वर्ष मुनिको एसिसी एलाइट कप क्रिकेट प्रतियोगिता अन्तर्गत कुवेत विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने  भएको छ।

केहि बेरमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यसअघि खेलेका ३ खेल मध्ये २ मा जित र १ हार बेहोरेको नेपाल ४ अंकका साथ दोश्रो स्थानमा रहेको छ। नेपालले आजको खेल जितेमा शीर्ष ३ मा रहँदै १९ वर्षमुनिको एसिया कपमा सहभागिता जनाउने संभावना बलियो हुनेछ।

यसअघिका खेलमा ओपनिङ ब्याटिङमा फितलो रहेको नेपालले त्यसलाई सुधार्दै अघि बढ्ने प्रयासमा हुनेछ। खेलेका ३ खेलमात्र जितेको कुवेत २ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ।

0 comments:

Post a Comment