Monday, August 31, 2015

अस्पताल परिसरमै गोली चल्यो, थप दुई जना घाइते




वीरगन्जको विभिन्न स्थानमा आन्दोलनकारीले कर्फ्यू तोडदै प्रर्दशनमा उत्रेका छन्। बिहानैदेखि बाइपास, गण्डक, घण्टाघर, लक्षमणवा, मुर्लीलगायतका स्थानमा बाटो अवरुद्ध पार्दै टायर बालेर प्रर्दशन गरिरहेका छन्। प्रर्दशनको क्रममा सुरक्षाकर्मी र प्रहरीबीच दोहोरो झडप भइरहेको छ। प्रर्दशनकारीले सिक्टा, बन्जाडी र भिस्वामा प्रहरी चौकी तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। आन्दोलनकारीले विभिन्न गाउँमा रहेका तिनवटा खाली प्रहरी चौकीमासमेत आगजनी गरेका छन्। प्रर्दशनकारीले चौकीभित्र रहेका प्रहरीको लुगाकपडाहरु जलाइदिनुका साथै घरमासमेत आगजनी गरेको नारायणी अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी मनोज न्यौपानेले बताए। कर्फ्यू अवज्ञा गर्दै सद्‍भावनाका अध्यक्ष राजेन्द्र महतोले नारायणी उपक्षेत्रीय अस्पतालमा गोली लागेर मृत्यु भएका दिलीप चौरसियाको शवमाथि श्रद्धान्जली दिँदै मृतकलाई शहिद घोषण, क्षतिपुर्ति, घाइतेलाई उपचार खर्च सरकारले बेहोर्नुपर्ने बताएका छन्। आन्दोलनको क्रममा लाठी, ढुंगा र गोली लागेर घाइते भइ उपचार गराइरहेका घाइतेहरुको अवस्थाबारे जानकारी लिँदै सरकार अझै मधेसीको समस्या सम्बोधन नगरे अबको लडाइँ आरपारको हुने चेतावनी दिएका छन्।

अस्पतालमा गोली चल्यो

नारायणी उपक्षेत्रीय अस्पतालमा गोली चलेको छ। गोली लागेर अस्पतालका सहयोगी विनोद महतो र अस्पताल परिसरमा खटिएका नरेन्द्र चौधरी घाइते भएका छन्। महतोको पिठ्युँ र चौधरीको खुट्टामा गोली लागेको बताइएको छ।

0 comments:

Post a Comment