Tuesday, September 1, 2015

नेपाल वायुसेवा निगमले बैंग्लोरको लागि आज पहिलो उडान गर्दै,


१५ भदौ, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको बैंग्लोरको लागि उडान सुरु गर्ने भएको छ ।
निगमको एयरबस ए३२०-२०० जहाजले ९० यात्रु बोकेर दिउँसो १२ः४५ बजे बैंग्लोरतर्फ उड्दैछ ।
काठमाडौं-बैंग्लोर उडान निगमले २००६ मा बन्द गरेको थियो । जहाज अभावमा बन्द गरिएको उडान एयरबस आएसँगै सुरु
गरिएको हो । निगमले बैंग्लोर सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।
बैंग्लोरका लागि निगमले प्रवर्द्धनात्मक भाडादर करसहित १० हजार ९२ रुपैयाँ तोकिएको छ । विदेशी यात्रुले भने यो शूल्कमा थप १ हजार १ सय ३० रुपैयाँ तिर्नुपर्छ । बैंग्लोरबाट विदा मनाउन नेपाल आउने र नेपालबाट बैंग्लोर जाने यात्रुहरुलाई लक्षित गरि उडान सुरु गरेको निगमले जनाएको छ । निगमले पहिलो उडानमा बैंग्लोरबा ३३ यात्रु लिएर फर्किने छ ।
निगमले भदौ १८ गतेदेखि मुम्बई उडान सुरु गर्दै छ ।मुम्बइका लागि निगमले बुधबार, शुक्रबार र सोमबार उडान गर्ने तयारी
गरिरहेको बताएको छ। मुम्बई निगमका लागि मह्त्वपूर्ण गन्तव्य स्थल मानिन्छ।
निगमले यूरोपेली जहाज निर्माता कम्पनी एयरबससँग ए३२०-२०० सिरिजका दुईवटा जहाज खरिद गरेकाले उडान विस्तार
गरिरहेको छ । निगमले नयाँ जहाजबाट पहिलो उडान दिल्ली गरेको थियो ।
अन्तर्राष्ट्रिय उडान भर्ने जहाजको संख्या ४ भएपछी निगमले बैंग्लोर, मुम्बई उडान सुरु गर्न लागेको हो ।
यससँगै निगमले कलकत्ता पनि नियमति उडान भर्ने तयारी गरिरहेको छ ।
निगमले भारतपछि दुबई र चीनको ग्वञ्जाओमा आगामी अक्टोबर महिना देखि उडान भर्ने जानकारी दिएको छ ।

0 comments:

Post a Comment