Sunday, September 20, 2015

३ सय ५५ पेज लामो संविधानमा नेम्वाङका मात्रै ३५ सय सही


काठमाडौँ, असोज ३ । आइतबार राष्ट्रपतिले जारी गरेपछि आजबाट नै लागू हुने संविधान ३ सष् ५५ पृष्ठ लामो छ ।

संविधानसभाबाट पारित नेपालको संविधान २०७२ मा अहिलेसम्म ५३७ सभासदले हस्ताक्षर गरे जसमध्ये संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानका प्रत्येक पेजमा दुईवटा सही गरेका छन्।

पेजको शीर्षभाग र अन्तिममा उनले सही गरेका छन्। शनिबारसम्म संविधानका पाँचवटा प्रतिमा उनले ३५ सय पचासवटा सहि गरिसकेका छन्।

यसैबिच संविधान निर्माण प्रक्रियामा सहभागी भएर अगाडी बढ्न चाहाने सभासदले आज दिउसो ४ बजेसम्म हस्ताक्षर गर्न पाउने व्यबस्था गरिएको छ । आजै साँझ ५ बजे राष्ट्रपतिले संविधानलाई जारी गर्नेछन् ।

0 comments:

Post a Comment