Friday, September 18, 2015

दाउराले हानेर सुत्केरी श्रीमतीको हत्या


धनकुटा, असोज १ – धनकुटा नगरपालिका वडा नंं ८ का रस्ताबहादुर राईले दाउराले हानेर श्रीमतीको हत्या गरेका छन् । १५ दिनको सुत्केरी श्रीमती शान्ति राईलाई टाउको र शरीरका अन्य भागमा कुटपिट गरि हत्या गरेको प्रहरीले बताएको छ । 
धनकुुटाको खुवाफोक गाविस माइती भएकी ३२ वर्षकी राईलाई कुटपिट गरि आँखा फुटाई दिएको र घरको आँगनमा पछारिएको अवस्थामा गाउँलेले फेला पारेका थिए । श्रीमतीको हत्यापछि रस्ताबहादुर फरार छन् । राती फरार भएपनि प्रहरीले उनको खोजी गरिरहेको छ । हत्या के कारण भएको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 
वैदेशिक रोजगारबाट फर्केका राईको जेठी छोरी ९ बर्षको, माहिली छोरी ११ महिनाको र कान्छी छोरी १५ दिनको रहेको प्रहरीले जानकारी दिएको छ ।  
फ़ोटो फ़ाइल

0 comments:

Post a Comment