Friday, September 18, 2015

दुर्घटनामा एकको ज्यान गयो



पूर्व पश्चिम राजमार्गको माईधार सडक खण्डमा गएराति विपरित दिसाबाट आएका मोटर साईकल एक आपसमा जुद्दा एक जनाको घटनास्थलमै ज्यान गएको छ।

ईलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार दुर्घटनामा अन्य दुई घाईते भएका छन। शिवसताक्षी नगरपालीकाको माईधारमा शुक्रबार राति पौने १० बजे दुर्घटना हुँदा स्थानीय ९ नम्बर वडाका ३५ वर्षीय सीताराम कुर्मीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

कुर्मी मे ४ प २१६२ मा सवार थिए। सो दुर्घटनामा अर्को मे ६ प २१४५ नम्बरको मोटरसाईकलमा सवार सोहि ठाउँका मनोज बंगाली र मनोज कन्दङ्गवा घाईते छन्। घाईते मध्ये बंगालीको अवस्था गम्भीर छ।

0 comments:

Post a Comment