Saturday, September 19, 2015

कति खर्च भयो संविधान बनाउन ?,


काठमाडौँ, ३ असोज । २ वटा निर्वाचन र झन्डै ८ वर्ष सञ्चालन हुँदा संविधानसभाबाट मात्रै ३२ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । यकिन खर्चको हिसाव संविधानसभा सचिवालयले पनि जोड्न भ्याइसकेको छैन । तर, सभाध्यक्ष, उपाध्यक्ष, विपक्षी दलका नेता, समिति सभापति र सभासद्हरुको तलबभत्ता , अरु सेवा सुविधा गरी संविधानसभामा वार्षिक करिब १ अर्ब रुपैयाँ खर्च हुने गरेको छ । ०६४ मा ६०१ सभासद्का लागि संविधानसभाले ८ अर्ब रुपैयाँ खर्चिएको थियो ।

०६४ मा निर्वाचनका लागि ८ अर्ब रुपैयाँ खर्च भएको थियो । ०७० मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचन गर्दा करिब १४ अर्ब रुपैयाँ खर्च भयो । २ पटक निर्वाचन गर्दामात्रै करिब २२ खर्ब र तलब , भत्ता, सेवा–सुविधामा १० अर्बभन्दा बढी रकम खर्च भएको सचिवालय स्रोत बताउँछ । अघिल्लो संविधानसभामा तलबभत्तासहित सञ्चार, घरभाडा, इन्धन, अनुगमन, सेवा र परामर्श, भ्रमण, औषधोपचारजस्ता शीर्षकमा करिब ८ अर्ब खर्च भएको आजको कारोबार दैनिकमा खबर छ ।

0 comments:

Post a Comment