Sunday, September 20, 2015

संविधान जारी भएको २ घण्टा नबित्दै सभासदको घरमा आगजनी


४ असोज
महोत्तरी : संविधान जारी भएको दुई घन्टा नबित्दै महोत्तरी क्षेत्र नं ६ का सभासद सीताराम भण्डारीको घरमा आगजनी भएको छ।

गएराती ८ बजेतिर आधा दर्जनभन्दा बढी मोटरसाइकलमा आएका नचिनेका मानिसहरुले भरतपुरमा रहेको भण्डारीको पुर्ख्यौली घरमा आगजनी गरेका हुन्। 

सो समूहले घरको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको स्थानीय दिनेश महतोले जानकारी दिए। समयमै आगोलाई नियन्त्रणमा लिएकाले धेरै क्षति हुनबाट जोगिएको उनले बताए।  

घरमा कोही नभएकाले छिमेकीले मूल ढोका फोरेर आगोलाई समयमै नियन्त्रणमा लिइएकाले कुनै भौतिक एवम् मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। 

घटनामा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले बताए। केही वर्ष अघिदेखि भण्डारीका परिवार राजधानीमा बस्दै आएकाले घर सुनसान रहँदै आएको थियो।

0 comments:

Post a Comment