बसुन्धरा काठमाण्डौमा बस्दै आएकी मोडल उरुषा पाण्डे मोडलिङ क्षेत्रमा संघर्षरत रहेकी छन् । केही सट मूभिमा अभिनय गर्दै मोडलिङमा अभिनय गरेकी उरुषा यो पेशालाई नै भबिष्य बनाउने दृढताका साथ संघर्ष गरिरहेकी छन् । उनी भन्छिन् – घरपरिवारको मलाई निकै साथ र सहयोग रहेको छ । विश्वास छ एकदिन अवश्यै सफल हुनेछु ।उरुषा सटमूभिमा अभिनय गर्न मात्र हैन लेखनमा समेत अब्बल रहेकी छन् । उनले भनिन् – मैले लेखेको केही सटमूभिहरु समेत छायाँकनको तयारीमा रहेको छ । बिबिएस पहिलो वर्षमा अध्यनरत रहेकी उरुषा अध्ययनलाई समेत असर नपर्नेगरि मोडलिङ क्षेत्रमा लागिरहने बताउँछिन् । अहिलेसम्म कसैको पनि प्रेममा नपरेकी उरुषा प्रेम भन्दा पनि आफ्नो करियर नै पहिलो महत्वपुर्ण रहेकी बताउँछिन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjk90sWq8LT_7WRV6vJf8KJsOqF-6mTasX3hth4xeCXa984MuNSSArL8c_yAHDKqX7J4WRs9mIFZVWUeqnzLC75iEmCJlgDEQ7s0DcfITV1pdxAdDSrxBkChPEx8VhT9FIxRV-7C4DJUh8/s320/yiytitity.jpg)
सेक्स राम्रो र नराम्रो दुबै भएको बताउँने उनी दुबैको मन मिलेमा र बिश्वास भएमा सेक्स हुन सक्ने उनको धारणा छ । उनी भन्छिन् – यो दुई प्रेमीको इच्छाले भयो भने राम्रो तर यही कुरा जर्बजस्ती हुन्छ भने त्यो नराम्रो हुने उनको ठहर छ । तर समाज अनुसार जानु पर्ने भएकाले बिवाहअघिको सेक्सलाई उचित नठान्ने उरुषा आफुलाई सेक्सप्रति त्यति इन्ट्रेस समेत नरहेको र अनुभव समेत नभएको बताउँछिन् ।
उनले जे कुराको पनि सही समय आउने बताउँदै अहिले आफ्नो समय राम्रोसँग पढ्ने र करियर बनाउने रहेको ठान्छिन् । राम्रो कथा र लेखन भएमा सटमूभि, म्युजिक भिडियो लगायतको अफर आएमा आफ्नो अभिनय अनुसार स्विकार गर्ने उनको विचार छ ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्
Posted in: enterintment
0 comments:
Post a Comment